Skip to main content

Posts

Showing posts from March, 2008

बल्ल बन्यो लक्ष्य

नेपाल हाउस कोतारायाको जालान सिलाङमा खोलिएपछि नेपाली रेष्टुरेन्ट तथा पसलहरुको ओइरो लाग्यो उही जालान सिलाङमा । पहिले पहिले बंगालीहरुको भीड लाग्ने उक्त ठाउँमा पछि नेपालीहरुले भराए । अझै पनि उक्त ठाउँमा नेपालीहरुको ठूलो हटियाजस्तै लाग्छ -प्रत्येक आइतबार । पछि नेपाल हाउसले सिर्जना गरेको सानो बजारलाई जालान सिलाङले धानेन । पुदुराया चाइना टाउन सेन्ट्रल मार्केट र मस्जिद जमेकभित्रको चारकिल्ला नेपाली बजारको रुपमा खिचियो । उही जालान सिलाङको भीडभित्र खुम्चिएको नेपाली बजारको चर्चित रेमिट्यान्स आइएमई जालान मेडान पासारमा सरेपछि नेपाली बजार विस्तारै उतैतिर मोडिन पुग्यो । प्रारम्भमा साइनो रेष्टुरेष्ट र चौतारी रेष्टुरेन्टले धानेको उक्त जालानमा विस्तारै हाम्रो रेष्टुरेन्ट तथा हिमाल रेमिट अनि प्रभु रेमिटको अभ्युदय हुँदै गयो । समय बग्दै बग्दै जानेरहेछ । जहाँ रहेपनि नेपालीहरुले आफ्नो रितिथिति नबिस्रने परम्परा भएर नै होला जालान सिलाङमै रहेको हाम्रो रेष्टुरेन्ट उक्त ठाउँमा पनि शाखा खोल्न पुग्यो । नेपाली रेष्टुरेन्टमा पाइने खुराकहरुभन्दा अलि बढि थपेर । एकतामा नेपालमा धेरैभन्दा धेरै चलेको दोहोरी रेष्टुरेन्ट तथा ...

सधेप्रवासको निम्ती

राजा महेन्द्रको पालाको कुरा । जुन समयमा मनाङ्गेहरुलाई विदेश जाने सुविधा पाएका थिए । त्यसैले विभिन्न मुलुकहरुमा मनाङ्गेहरुले हैसियत बढाएर बसेका छन् । यो त्यहीबेलाको देन हो । तिनै मनाङ्गेहरुमध्ये मलेसियाको लागि भागमा परेका छन् कर्मा गुरुङ । जसको इतिहास पच्चिस वर्ष लामो छ । विदेशमोह नेपालीको सानैदेखि हुनेरहेछ अर्थात बनाइदोरहेछ । कर्मा गुरुङको आत्मकथा सुनेपछि यो लेख्न बाध्य बनायो । १९६२ साल मनाङमा बुबा फचो गुरुङ र आमा फुलाक्मा पाल्मा गुरुङको कोखबाट जन्म लिनुभएका कर्माले ७ वर्षसम्म गाउँमै हुर्के । त्यसपछि नवगिरी -तिव्वतीयन स्कुल मा पठन पाठन शुरु गरेर ७ कक्षासम्म मात्रै के पढेका थिए राजा महेन्द्रले मनाङेलाई लाइसेन्स दिन थालिहाले । उनको उमेर १२ वर्षमात्र पुगेको थियो । तै पनि उनले उमेर बढाए १८ वर्षको बनाएर पासपोर्ट बनाए । त्यो समय विक्रम सम्बत २०२४ साल हुनुपर्छ । उनी थाइल्याण्ड आएर १ महिना १० दिन बस्न भ्याए । त्यसपछि नेपाल फर्केका उनलाई पढ्न मन लागेन । भनुँ न एककिसिमको बानी लाग्यो बाहिरफेर हिड्ने । उनको मन विस्तारै व्यापारतिर खिचियो । उनी भन्छन् -त्यही समयदेखि नेपालमा विदेशबाट आएका कपडाहरु लगा...

जिन्दगी, यात्रा र हिसाब किताब

साहित्य कसरी लेखिन्छ यो प्रश्नको उत्तर धेरैले धेरै कोणबाट दिन्छन् । कोही सिर्जनशील हुन्छन् -सानैदेखि त्यसकारण सिर्जना फुर्छ कसैको प्रेमवियोगबाट प्रभावित भएर साहित्य कोर्छन् भने कोही साहित्य बुझेपछि साहित्य कोर्छन् । समग्रमा भन्नुपर्दा हासो खुशी सबै साहित्यका श्रोत हुन् । तर महेन्द्र बजगाईको भने साहित्य लेखाईको प्रसँग केही फरक र रोचक रहेको छ । त्यसो त मिनी नेपाल रहेको कोतारायास्थित प्रभु रेमिटको भित्री कोठामा दैनिक हिसाब किताबमा व्यस्त रहेका हुन्छन् -महेन्द्र । कसरी साहित्यको कुरा भन्ने प्रश्न टड्कारो रुपमा आउन सक्छ । फेरि उनको सात पेज लामो व्यक्तिगत विवरणले पनि बताउँछ कि उनी कति व्यस्त र साहित्यभन्दा फरक धारका मान्छे हुन् भन्ने । तर पनि उनी राम्रा सर्जक हुन् । यात्रा साहित्यमा विशेष कलम चलाउने महेन्द्र बजगाईको यात्रा पनि अदभुत नै छ । उनी भन्छन् -मैले नेपालको ६२ जिल्ला पूरै घुमेको छु । व्यक्तिगत विवरणमा नसमेटिएको कुरा यहाँ उल्लेख गर्नुपर्दा उनको पूर्खा पश्चिम नेपालका हुन् । तर कालान्तरमा उनको स्थाई बसोबास पूर्व भयो । धनकुटाको लुम्फाजुङ डाँडाबजारमा जन्म लिन पुगे -२०२५ सालमा र पुनः चुलाचु...

म मलेसियाको माया लिएर फर्कदैछु

पूख्यौली कहाँ हो भन्ने प्रश्नमा धरान भनिन् जमुना राईले । तर वान्तवा राईहरुको पुख्यौली धरान हुन सक्दैन । धरान १०० वर्ष अगाडि मात्र बनेको बस्ती हो । त्यसैले धरानका सबै मानिसहरु बेग्लै ठाउँबाट आएर बसेका हुन् । जमुनाको परिवारमा निकै लामै बसाईसराई हुन पुगेको रहेछ भन्ने अनुमान भयो । किनभने उनी धरानसमेत पुगेकी रहेनछिन् । शायद धनकुटा भोजपुर संखुवासभा कतैबाट रामबहादुर राई जीवन चलाउनको निम्ति धरान झरे । धरान एउटा ठूलो व्यापारिक केन्द्र हो । जहाँबाट पूर्वी पहाडी जिल्लाको निम्ति सम्पूर्ण सामानहरु र बसहरु लाग्ने गर्दछ । सुगम जिल्ला भएको र त्यहाँबाट केही अवसरहरु पाइने भएकोले नै होला रामबहादुर राई बसको पछाडि लागे । र बसबाट उनको जीवनमा धेरै परिवर्तन ल्याइदियो । विस्तारै काठमाडौमा नै बसाई सर्न पुगे । हो त्यही काठमाडौको बानेश्वरमा जमुना राईको जन्म हुन पुग्यो २०४४ सालमा । उनीभन्दा पहिले दाजु ठाकुर राईको जन्म भईसकेको थियो । र उनीपछि बहिनी यमुना राई । आमा चुनमाया राई मगर को साथमा ५ जनाको परिवार थियो उनको । उनले बानेश्वरकै रत्नराज्य माविमा अध्ययन गर्न थालिन् । त्यहीबाटै एसएलसीसम्मको अध्ययन सिध्याईन् । त्यसप...

साहित्यिक आइडल

आफ्नै धनमा हामी आफ्नै उमेर बेच्न आएका छौ हाँसो के हो थाहा छैन आँशुमात्र पाएका छौ । मलेसियाबाट प्रकाशित हुने पत्रिकाका हरेक अंकहरुमा भरसक श्रीजन श्री छुट्दैनन् । पत्रिकाका कार्यलयहरुमा उनको रचना अझै थाकको थाक रहेको छ भनेर पत्रिकासँग सम्बन्धित व्यक्तिहरुले बताएका छन् । हरेक हप्ताको आइतबार उनी कोताराया आउनुपर् यो भने उनीसँग एकभारी सिर्जना नै हुने गर्छ । अनि प्रत्येक पत्रिकालाई भागवण्डा लगाएर बाड्छन् -ति सिर्जनाहरु । मानौ उनी सिर्जनाका फ्याक्ट्री हुन् । उनका सिर्जनाहरु खेर गएनन् । उनको संघर्षको वावजुद नै हालै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मलेसिया शाखाले आयोजना गरेको मलेसियाव्यापी वृहद कविता प्रतियोगीतामा उनी प्रथम हुन पुगे । र यो वर्षको लागि मलेसियाको नेपाली समुदायमा उनी साहित्यिक आइडल बन्न पुगे । साहित्यसँग भावना लुकेको हुन्छ संवेदना लुकेको हुन्छ । साहित्य पढाउँदा र पढ्दा पढिने कुरा हुन् । तर साहित्यको साथमा गरिबी अभाव लुकेको छ भनेर चाही साहित्कारको जीवनी पढ्दा मात्र थाहा हुन्छ । भलै श्रीजनश्रीको जीवनीसँग नमिलोस् । २०३७ असार ७ आमा नन्दादेवी पाल र बाबा मानबहादुर पालको कोखबाट धाप ७ नि...