Skip to main content

Posts

Showing posts from March 5, 2008

जिन्दगी, यात्रा र हिसाब किताब

साहित्य कसरी लेखिन्छ यो प्रश्नको उत्तर धेरैले धेरै कोणबाट दिन्छन् । कोही सिर्जनशील हुन्छन् -सानैदेखि त्यसकारण सिर्जना फुर्छ कसैको प्रेमवियोगबाट प्रभावित भएर साहित्य कोर्छन् भने कोही साहित्य बुझेपछि साहित्य कोर्छन् । समग्रमा भन्नुपर्दा हासो खुशी सबै साहित्यका श्रोत हुन् । तर महेन्द्र बजगाईको भने साहित्य लेखाईको प्रसँग केही फरक र रोचक रहेको छ । त्यसो त मिनी नेपाल रहेको कोतारायास्थित प्रभु रेमिटको भित्री कोठामा दैनिक हिसाब किताबमा व्यस्त रहेका हुन्छन् -महेन्द्र । कसरी साहित्यको कुरा भन्ने प्रश्न टड्कारो रुपमा आउन सक्छ । फेरि उनको सात पेज लामो व्यक्तिगत विवरणले पनि बताउँछ कि उनी कति व्यस्त र साहित्यभन्दा फरक धारका मान्छे हुन् भन्ने । तर पनि उनी राम्रा सर्जक हुन् । यात्रा साहित्यमा विशेष कलम चलाउने महेन्द्र बजगाईको यात्रा पनि अदभुत नै छ । उनी भन्छन् -मैले नेपालको ६२ जिल्ला पूरै घुमेको छु । व्यक्तिगत विवरणमा नसमेटिएको कुरा यहाँ उल्लेख गर्नुपर्दा उनको पूर्खा पश्चिम नेपालका हुन् । तर कालान्तरमा उनको स्थाई बसोबास पूर्व भयो । धनकुटाको लुम्फाजुङ डाँडाबजारमा जन्म लिन पुगे -२०२५ सालमा र पुनः चुलाचु