Skip to main content

Posts

Showing posts from January 22, 2009

मेरो अन्तर्बार्ता

साहित्य र जीवन एकअर्काका परिपुरक हुन् ।-युबा साहित्यकार देबेन्द्र सुर्केली खापुङ ♣ तपाईलाई चिन्न बाँकी रहेकाहरुमाझ आफूलाई कसरी चिनाउनुहुन्छ ?सर्बप्रथम त मलाई चिन्न सक्ने कुनै पहिचान नै बनाएको छैन मैले । कुनैबेला राजनीति गरेँ त्योबेलाका साथीहरुले मलाई त्यही रुपमा चिन्छन् । पत्रकारिता पनि गरेँ र साहित्य पनि कोरेँ । अहिले मलेसियामा रहेर पनि विभिन्न संघसंस्थामा आवद्ध छु । मलेसियामा पत्रकारिताको साथ बढि चाही ग्राफिक डिजाइनर पेशा अपनाएको छु । अनि यसै वर्षदेखि मलेसियाको एक निजी कम्पनी डिजी मोवाइलमा नेपाली समाचार सम्पादन तथा वाचनसमेत गरिरहेको छु । जुन मोवाइल लाइन १ लाख भन्दा बढि नेपालीहरुले प्रयोग गर्छन् । मलेसियाबाट अपडेट हुने www.malayanepal.com मा दैनिक समाचार अपडेट गर्ने गर्छु । तसर्थ मेरो कुनै स्पष्ट चिनाउने खालको पहिचान छैन । ♣ तपाईको सिर्जनात्मक हिडाई कतातिर जाँदैछ यतिबेला ?मेरो सिर्जनात्मक हिडाइ पनि पहिचानजस्तै अस्पष्ट नै छ । साच्ची मलेसिया भित्रिएपछि सिर्जनातर्फ धेरै कम हिडाई भएको छ मेरो । बिस्तृत हेर्नु होला - http://sahityasagar.blogspot.com/2009/01/blog-post_8555.html माँ