Skip to main content

Posts

Showing posts from April 11, 2008

अभिव्यक्ति

आपुू भलो त जगतै भलो भर्खरै हो जगत वेघा पनि मलेसियाको नेपाली समुदायमा केही सकि्रय भएर लागे । व्यवसायी बने । सकि्रयताकै कारण उहाँलाई केही कार्यक्रममा डाकिए जब बोल्नको लागि माचमा बोलाइयो तब मात्र थाहा पाए कि बोल्न कति गाह्रो हुनेरहेछ । बोल्न त एउटा फर्मालिटि हो । फर्मालिटी पुर् याएर बोल्न धेरै गाह्रो हुन्छ । सुकन्या वाइवाले उहाँको श्रीमान निर्मल लामाको स्मृतिग्रन्थमा लेखेकी छिन् -श्रीमानको शोकसभामा मलाई पनि बोल्न लगाइयो बाबा ! मैले कहिले पनि माचमा उक्लेर बोलेकी थिइन । कसरी बोलौ भन्ने भईरहेको थियो । नबोलौ कि भन्दै थिएँ तर पनि बोल्नैपर्ने भयो । जब म माचमा उक्लेर बोल्न थाले मलाई आफै थाहा भएन कि कति धेरै बोले पीडा पोखाउन भाषणवाज नै हुननपर्ने रहेछ । एउटै हो सुकन्या वाइवा र जगत वेघाको व्यथा पनि । किनभने कार्यक्रमको लागि जगत वेघाले उपयुक्त शब्द जुटाउन सकेनन् । त्यसकारण आपुूलाई असफल सावित गर्दै माच छोडे । तर मनभरी व्यथा बोकेका जगतलाई आपुू बोल्न नसकेको पत्याउन सकेनन् । त्यही रात एउटा लेखसमेत लेखे । अनि आपुूमा रहेको जीवनका महत्वपूर्ण घटनालाई कृतिको रुपमा ल्याउने प्रतिवद्धता नै गरे । हुनपनि परदेशी ज