Feb 2, 2010

केही छेस्काहरु


जीवनको न मुल्य पाउँछु
न मान्यता
न नाता भेट्छु न सम्बन्ध
खाली हिजोअस्तिदेखि
एउटा रोएको गीत लेख्न गइरहेको छु
किन हो कुन्नी
म आफै पनि धरधरी रुन थालीसकेको छु ।


ऋण मैले तिर्नु छ
तिर्दिनँ भन्दा पनि तिनैै्रपर्छ
म के गरौ साथीलौ के गरौ…
जसरी हजुर मलाई समात्न आइरहनुभएको छ
त्यसैगरी मैले पनि
मेरा ऋण खानेहरुलाई दिनदिनै समात्न गइरहेको छु ।


जीवन यसरी पनि बाँच्दो रहेछ
देश मेरो ठान्छु
देशमा भएको बाटो पुल घर…।
मेरो जस्तै लाग्छ मेरै
तापनि किन
म लुकी लुकी झोडीहरुबाट
गन्तव्यमा गइरहेछु ।