Skip to main content

Posts

Showing posts from December 26, 2007

सन्तोष नेपाली तारा

काठमाडौं, नेपाली तारा दोस्रो संस्करणको उपाधि धादिङका सन्तोष लामाले जितेका छन् । नेपाल प्रज्ञाप्रतिष्ठानमा शुक्रबार भएको अन्तिम प्रतिस्पर्धामा झापाका तारालक्सम लिम्बूले उपविजेतामा चित्त बुझाउनुपर्‍यो । मोरङका र्सर्ूयकिरण लामा तेस्रो स्थानमा रहे । \\\'आमाको सपना पूरा गरें,\\\' सन्तोषले उपाधि जितेपछि भने । उनले पुरस्कारस्वरूप २ लाख रुपैया“ र मोटरसाइकल तथा सिंगापुर र मलेसियाको भ्रमण अवसर प्राप्त गरे । रत्नराज्य लक्ष्मी क्याम्पसमा स्नातक तेस्रो वर्षा पढ्दै गरेका २२ वर्षोले एल्बम र म्युजिक भिडियो निर्माणको \\\'कन्ट्रयाक्ट\\\' पनि हात पारे । सन्तोषले पुरस्कार थापिरह“दा उनकी आमा कृष्णमाया दर्शकदर्ीघामा खुसीको आ“सु बगाइरहेकी थिइन् । छोराको जित-हार हर्ेन उनी शुक्रबारै धादिङबाट आएकी थिइन् । हास्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले हजारौं दर्शकमाझ \\\'नेपाली तारा-२\\\' को उद्घोष गर्न लाग्दा सन्तोष र अर्का प्रतिस्पर्धी २५ वषर्ीय तारालक्समका अनुहारमा कौतूहल र उमंग देखिन्थ्यो । फाइनल राउन्ड सुरु हुनुअघि दुवैलाई एउटै प्रश्न सोधिएको थियो- \\\'को बन्छ नेपाली तारा-

परिहास सुब्बाको गजल कृति सूत्र मंगल धुन प्रकाशित

साहित्य संवाददाता,ढिलोगरि प्राप्त समाचार अनुसार युवा गजलकार परिहास सुब्बाको गजल कृति सूत्र मंगल धुन भर्खरै प्रकाशित भएको छ । कुम्मायक कुस्सायक क्लब यासोक पाँचथरको प्रकाशन रहेको उक्त पुस्तकको ब्यावस्थापकमा दिला मुक्साम याक्थङबा र देबेन्द्र लाओती रहेका छन। कृतिमा जम्मा ६५ वटा गजलहरु समाबेश गरिएका छन । पुस्तकमा नेपाल गजल मञ्च २०५८ का राष्ट्रिय सचिव धिरज गिरी कल्पित को भूमिका रहेको छ भने कवि मञ्जुलको शुभकामना का साथै ससक्त युवा कवि स्व स्वप्निल स्मृतिका केहि शब्दहरु रहेका छन ।देश बाहिर बस्दै आएका गजलकार परिहासले पुस्तकको विमोचन केही हप्ताअघि सिङला होटल ललितपुरमा एक साहित्यिक भेटघाटको आयोजना गरेका थिए । उक्त कार्यक्रममा लेखक अमर नेम्वाङ, कवि नरेश शाक्य , राजन मुकारुङग, उपेन्द्र सुब्बा, धिरज गिरी, सनमान चेम्जोङ, प्रकाश विमिल, भद्रगोल किराती एवं अन्य धेरै साहित्यकार एवं साहित्यप्रमीहरुको उपस्थिती रहेको थियो।