Skip to main content

Posts

Showing posts from January 3, 2008

फोटोहरू

नेपाल तमु समाजको कार्यक्रम

नेपाल तमु समाज मलेसिया ले च्यु लोछार मनायो

जनवरी १ तारिखका दिन मलेसियामा रहेका तमुहरुले क्वालालम्पुर, कोताराया कम्प्लेक्सको छैटौ तलामा शुभकामना साँस्कृतिक कार्यक्रमका साथ च्यू ल्होछार सम्पन्न गरेका छन्। कार्यक्रमको सभापति नेपाल तमु समाज मलेसियाका अध्यक्ष बल लमु हुनुहुन्थ्यो भने प्रमुख अतिथि मलेसियास्थित नेपाल दुतावा हरिकुमार श्रेष्ठले ग्रहण गर्नु भएको थियो। त्यस्तै गरि जनजाति आवाज साप्ताहिक तथा अनलाईन मिडियाबाट रुसाहाङ चेम्जोङ, अनेसास च्याप्टरबाट जीवन देवन गाउँले, देवेन्द्र सुर्केली, नेपाल मगर संघ मलेसियाबाट खुम राना मगर, सुन्दर आले मगर, जन पृष्ठभूमि साप्ताहिकबाट सुनिल चालीसे, नेपाल तामाङ्ग संघ मलेसियाबाट विनु लामा “दुखीया” नेपाल सन्देशबाट बिचारी चाम्लिङ्ग, प्रवासी नेपाली एकता समाजबाट जय पाख्रीन, किरात राई यायोख्खाबाट तेजकुमार राई, तथा मलेसियास्थित व्यावसायीहरु र स्थानीय कलाकारहरु उक्त कार्यक्रममा उपस्थित थिए। कार्यक्रम प्रमुख अतिथि हरीकुमार श्रेष्ठको हातबाट समुद्घाटन गरिएको थियो, भने कार्यक्रमको स्वागत मन्तव्य छबि तमुबाट राखिएको थियो। कार्यक्रममा अध्यक्ष बल तमुबाट फल्होलाई बिदाई गर्दै च्यूल्होलाई स्वागत गरिएको थियो। कार्यक्रमम

साहित्यकार वैरागी काइला र लिम्बू भाषाको महाकाब्य लेखक अमर तुम्याहाँङ पुरस्कृत

साहित्य संवाददाता,इतिहासकार इमानसिं चेम्जोङको जन्म जयन्तिको अवसरमा आयोजित एक कार्यक्रमको अवसरमा यस वर्ष इमानसिं पुरस्कार इमानसिं चोत्लुङ नामक लिम्बू भाषाको महाकाब्य लेखक अमर तुम्याहाँङ र यस बर्षको सिरिजङा पुरस्कार साहित्यकार वैरागी काँइलालाई प्रदान गरियो । किरात याक्थङ चुम्लुङ केन्द्रिय कार्य समितिद्धारा काठमाडौमा आयोजित सो कार्यक्रममा सभामुख सुवास नेवाङको वाहूलीबाट उक्त परस्कार प्रदान गरिएको थियो । दुवै पुरस्कारको रासी नगद रु १० हजार र प्रमाण-पत्र रहेको छ । हाम्रो पनि बधाई छ पुरस्कृत दुवै स्रष्टाहरुलाई ।