Skip to main content

नेपाल तमु समाज मलेसिया ले च्यु लोछार मनायो

जनवरी १ तारिखका दिन मलेसियामा रहेका तमुहरुले क्वालालम्पुर, कोताराया कम्प्लेक्सको छैटौ तलामा शुभकामना साँस्कृतिक कार्यक्रमका साथ च्यू ल्होछार सम्पन्न गरेका छन्।
कार्यक्रमको सभापति नेपाल तमु समाज मलेसियाका अध्यक्ष बल लमु हुनुहुन्थ्यो भने प्रमुख अतिथि मलेसियास्थित नेपाल दुतावा हरिकुमार श्रेष्ठले ग्रहण गर्नु भएको थियो। त्यस्तै गरि जनजाति आवाज साप्ताहिक तथा अनलाईन मिडियाबाट रुसाहाङ चेम्जोङ, अनेसास च्याप्टरबाट जीवन देवन गाउँले, देवेन्द्र सुर्केली, नेपाल मगर संघ मलेसियाबाट खुम राना मगर, सुन्दर आले मगर, जन पृष्ठभूमि साप्ताहिकबाट सुनिल चालीसे, नेपाल तामाङ्ग संघ मलेसियाबाट विनु लामा “दुखीया” नेपाल सन्देशबाट बिचारी चाम्लिङ्ग, प्रवासी नेपाली एकता समाजबाट जय पाख्रीन, किरात राई यायोख्खाबाट तेजकुमार राई, तथा मलेसियास्थित व्यावसायीहरु र स्थानीय कलाकारहरु उक्त कार्यक्रममा उपस्थित थिए।
कार्यक्रम प्रमुख अतिथि हरीकुमार श्रेष्ठको हातबाट समुद्घाटन गरिएको थियो, भने कार्यक्रमको स्वागत मन्तव्य छबि तमुबाट राखिएको थियो। कार्यक्रममा अध्यक्ष बल तमुबाट फल्होलाई बिदाई गर्दै च्यूल्होलाई स्वागत गरिएको थियो। कार्यक्रममा विभिन्न जाति बिशेषता सांस्कृतिक गीत, नृत्य, तथा मनोरञ्नात्मक कुराहरुले सम्पन्न गरिएको थियो। तमु सामाजले गुरुङ गीत तथा नृत्य, र्राईहरुको साकेला नृत्य तथा मगरहरुको चुड्का कौडा गाउदै “ढाका टोपी शिरैमा साटौन शिरको रिबन” भन्दै ढाकाटोपी र रिबन समेत साटेका थिए। उक्त कार्यक्रममा सहयोग स्वरुप न्यूजरल्याण्डबाट सूर्यमान तमुले ५०० आर.एम तमु समाज मलेसियालाई हस्तान्तरण गरेका थिए। त्यस्तै गरी कार्यक्रमको अन्तयमा चिठ्ठा कार्यक्रम खोलिएको थियो। प्रथम पुरस्कार २१ इन्चको सामसुङ कलर टि.भि. वेद तमुलाई, दोस्रो हाइफाई भि.सि.डि. प्लेयर रामुलाई र तेस्रो नोकिया मोबाईल फोन मनबहादुर तामाङलाई परेको छ।
कार्यक्रमलाई विसर्जन गर्दै पुनः सम्पूर्ण प्रवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रम सञ्चालिका हेम तमुस्योle शुभकामना व्यक्त गर्नुभएको थियो।

Comments

Popular posts from this blog

Khabar dinu..... (खबर दिनु......) || Kumari Yonghang || Ft. Laxmi Yongha...

भाग्यको नियति र साहित्यमा नियति

देवेन्द्र सुर्केली मलेसियाको साहित्यमा अझै नेपालको जनजीवनको बारेमा कलम चलेको छैन । उही दुःख उही पीडा । मलेसियाबाट हामीले यो साहित्य ल्याएका छौ भन्नेहरुले 'त्यहीको परिवेशमा भिजेर श्रमिक जीवनको साँघुरो कुराहरुलाई उक्काएर लैजानसके राम्रो हुन्छु भन्ने तर्कना दिन्छन् दिलिप सगर । यो महिना मलेसियाका चर्चित साहित्यकारको नाममा सूचिकृत भएका दिलिप सगर राईले 'नियति' नामक लघुकथा संग्रह लिएर आएका छन् । नयन साहित्य समाज जोहोरका अध्यक्ष समेत रहेका उनलाई समाजद्वारा प्रकाशन हुनलागेको संयुक्त लघुकथा संग्रहलाई थाँति राखेर आफ्नो संग्रह ल्याएको आरोप पनि नलागेको होइन । तर मलेसिया जानुभन्दा अगाडि करिब १० वर्ष पुरानो संग्रहलाई नै ल्याएको मात्र भनेर स्पष्टीकरण दिन पनि हत्तु भइरहेका छन् । उनी आफ्नो पुरानो संग्रह ल्याउन त्यसै हतारिएका होइनन् विरामीबाट भर्खर तङ्ग्रिएका सगर भन्छन् -'यसपाला मैले ठूलो खड्गो काटँे । विश्वास गरेर संस्थाको लघुकथा संग्रह निकाल्ने रकम समाजका सहसचिव मित्रप्रसाद बाँसकोटालाई छोडेको थिएँ त्यो साथीसँग सम्पर्कविच्छेद भयो । त्यसैले संस्थाको लघुकथा संग्रह थाँति छ । विराम