Skip to main content

Posts

Showing posts from March 6, 2008

सधेप्रवासको निम्ती

राजा महेन्द्रको पालाको कुरा । जुन समयमा मनाङ्गेहरुलाई विदेश जाने सुविधा पाएका थिए । त्यसैले विभिन्न मुलुकहरुमा मनाङ्गेहरुले हैसियत बढाएर बसेका छन् । यो त्यहीबेलाको देन हो । तिनै मनाङ्गेहरुमध्ये मलेसियाको लागि भागमा परेका छन् कर्मा गुरुङ । जसको इतिहास पच्चिस वर्ष लामो छ । विदेशमोह नेपालीको सानैदेखि हुनेरहेछ अर्थात बनाइदोरहेछ । कर्मा गुरुङको आत्मकथा सुनेपछि यो लेख्न बाध्य बनायो । १९६२ साल मनाङमा बुबा फचो गुरुङ र आमा फुलाक्मा पाल्मा गुरुङको कोखबाट जन्म लिनुभएका कर्माले ७ वर्षसम्म गाउँमै हुर्के । त्यसपछि नवगिरी -तिव्वतीयन स्कुल मा पठन पाठन शुरु गरेर ७ कक्षासम्म मात्रै के पढेका थिए राजा महेन्द्रले मनाङेलाई लाइसेन्स दिन थालिहाले । उनको उमेर १२ वर्षमात्र पुगेको थियो । तै पनि उनले उमेर बढाए १८ वर्षको बनाएर पासपोर्ट बनाए । त्यो समय विक्रम सम्बत २०२४ साल हुनुपर्छ । उनी थाइल्याण्ड आएर १ महिना १० दिन बस्न भ्याए । त्यसपछि नेपाल फर्केका उनलाई पढ्न मन लागेन । भनुँ न एककिसिमको बानी लाग्यो बाहिरफेर हिड्ने । उनको मन विस्तारै व्यापारतिर खिचियो । उनी भन्छन् -त्यही समयदेखि नेपालमा विदेशबाट आएका कपडाहरु लगा