Skip to main content

Posts

Showing posts from April 4, 2008

संगतगुनाको फल

जब जाँडरक्सी अम्मल छोड भन्दा युवाहरु भन्छन् -ुबाउबाजेले खाइल्याएको कसरी छोड्न सकिन्छ ु ठीकै छ बाउबाजेको मानिल्याएको र खाइल्याएको हो भने । तर बाउबाजेले बजाई ल्याएको बाजचाही किन अलपत्र किन मादल खैजडीको ठाउँमा ड्रम र गीतारहरु । रात निकै छिप्पिसकेको थियो । मलेसियाको शान्त रात्रीको समयमा क्रमश च्याटिङ गर्ने क्रममा रुबेन पुनले अनायस यी शब्द फुत्काए । खाँदा खाँदै गाँस हातैमा अड्किने र बग्दाबग्दैको खोला अचानक रोकिएजस्तै किवोर्डमा पुगेको औंलाहरु एकछिन रोकिए । सुस्तरी सुस्तरी उक्त भनाईलाई माथिबाट पढँे तलबाट पढेँ । चारैतिरबाट पढेँ । अकाट्य वाणी झै लाग्ने यि शब्दभित्रका रुबेन पुन यतै कतै रोइरहेजस्तो लाग्यो । उनीसँगको वार्ता त्यतिले पुगेन । र फेरि फेरि पनि हुन थाल्यो च्याटिङ । त्यसमा उनी साहित्य र संगीत भनेपछि हुरुक्कै हुने । त्यो सम्बन्धी चर्चा चलायो कि कान ठाडा ठाडा पारेर उत्सुकता जनाइहाल्थे । उनको यथार्थता बुझेर नै हाम्रो च्याटिङहरुमा उनै गीत संगीत र साहित्यको कुरा हुन्थ्यो । हुँदा हुँदा कुराकानीको लामै फेहरिस्त बनिसकेछ । च्याटिङ गरेको कुरालाई सेभ गरेर अध्ययन गर्दा पत्ता लाग्यो । अनि कुराकानीकै