Skip to main content

Posts

Showing posts from March 20, 2008

बल्ल बन्यो लक्ष्य

नेपाल हाउस कोतारायाको जालान सिलाङमा खोलिएपछि नेपाली रेष्टुरेन्ट तथा पसलहरुको ओइरो लाग्यो उही जालान सिलाङमा । पहिले पहिले बंगालीहरुको भीड लाग्ने उक्त ठाउँमा पछि नेपालीहरुले भराए । अझै पनि उक्त ठाउँमा नेपालीहरुको ठूलो हटियाजस्तै लाग्छ -प्रत्येक आइतबार । पछि नेपाल हाउसले सिर्जना गरेको सानो बजारलाई जालान सिलाङले धानेन । पुदुराया चाइना टाउन सेन्ट्रल मार्केट र मस्जिद जमेकभित्रको चारकिल्ला नेपाली बजारको रुपमा खिचियो । उही जालान सिलाङको भीडभित्र खुम्चिएको नेपाली बजारको चर्चित रेमिट्यान्स आइएमई जालान मेडान पासारमा सरेपछि नेपाली बजार विस्तारै उतैतिर मोडिन पुग्यो । प्रारम्भमा साइनो रेष्टुरेष्ट र चौतारी रेष्टुरेन्टले धानेको उक्त जालानमा विस्तारै हाम्रो रेष्टुरेन्ट तथा हिमाल रेमिट अनि प्रभु रेमिटको अभ्युदय हुँदै गयो । समय बग्दै बग्दै जानेरहेछ । जहाँ रहेपनि नेपालीहरुले आफ्नो रितिथिति नबिस्रने परम्परा भएर नै होला जालान सिलाङमै रहेको हाम्रो रेष्टुरेन्ट उक्त ठाउँमा पनि शाखा खोल्न पुग्यो । नेपाली रेष्टुरेन्टमा पाइने खुराकहरुभन्दा अलि बढि थपेर । एकतामा नेपालमा धेरैभन्दा धेरै चलेको दोहोरी रेष्टुरेन्ट तथा