Skip to main content

Posts

Showing posts from May, 2013

भाग्यको नियति र साहित्यमा नियति

देवेन्द्र सुर्केली मलेसियाको साहित्यमा अझै नेपालको जनजीवनको बारेमा कलम चलेको छैन । उही दुःख उही पीडा । मलेसियाबाट हामीले यो साहित्य ल्याएका छौ भन्नेहरुले 'त्यहीको परिवेशमा भिजेर श्रमिक जीवनको साँघुरो कुराहरुलाई उक्काएर लैजानसके राम्रो हुन्छु भन्ने तर्कना दिन्छन् दिलिप सगर । यो महिना मलेसियाका चर्चित साहित्यकारको नाममा सूचिकृत भएका दिलिप सगर राईले 'नियति' नामक लघुकथा संग्रह लिएर आएका छन् । नयन साहित्य समाज जोहोरका अध्यक्ष समेत रहेका उनलाई समाजद्वारा प्रकाशन हुनलागेको संयुक्त लघुकथा संग्रहलाई थाँति राखेर आफ्नो संग्रह ल्याएको आरोप पनि नलागेको होइन । तर मलेसिया जानुभन्दा अगाडि करिब १० वर्ष पुरानो संग्रहलाई नै ल्याएको मात्र भनेर स्पष्टीकरण दिन पनि हत्तु भइरहेका छन् । उनी आफ्नो पुरानो संग्रह ल्याउन त्यसै हतारिएका होइनन् विरामीबाट भर्खर तङ्ग्रिएका सगर भन्छन् -'यसपाला मैले ठूलो खड्गो काटँे । विश्वास गरेर संस्थाको लघुकथा संग्रह निकाल्ने रकम समाजका सहसचिव मित्रप्रसाद बाँसकोटालाई छोडेको थिएँ त्यो साथीसँग सम्पर्कविच्छेद भयो । त्यसैले संस्थाको लघुकथा संग्रह थाँति छ । विराम

महेश्वरको नेपाल भ्रमण

देवेन्द्र सुर्केली   जीवनमा पहिलोपल्ट महेश्वर विक नेपाल आइपुगे । मलेसियामा स्पष्ट नेपाली बोल्न सक्ने तथा नेपालीहरूसँग राम्ररी घुलमिल भएका महेश्वरले नेपालमा आफ्नो बुबाको जन्मघर त पुग्न सकेनन् । तर नेपालमा छँदा आपूmहरू उपाध्याय रहेको पछि बुबाको विवाहपछि विश्वकर्मा बनेको भन्नेचाहीँ बुझेर गए । कुरा ६२ वर्ष अगाडिको कुरा हो । कास्कीको कास्कीकोट पोखराका पशुपति उपाध्याय १५ वर्षका हुँदा मुग्लानिएर मलेसिया पुगे । जुनबेला दोश्रो विश्वयुद्ध चलिरहेको थियो । पहिलो विश्वयुद्धमा मलेसिया अड्किएका बाग्लुङका मोतीलाल विकको परिवारले मलेसियामै जन्मिएकी छोरी पोबे (Pobeh) बिकसँग विवाह गराइदियो । उनको सासुको जन्म पनि उतै नै भएको थियो । जसरी मोतीलाल बिक मलेसिया पुगेपछि त्यहाका नेपालीले ज्वाई बनायो, त्यसरी नै मोतिलालले पनि नेपालबाट पुगेका पशुपतिलाई ज्वाइँ बनाए । विश्ययुद्धताका धेरै नेपालीहरू ब्रिटिस सेनामा भर्ति भएका थिए । वीर गोर्खालीको उद्गार त्यतिखेरै देखि भिरेका हुन् । भारतमा रहेको ब्रिटिस सेना वर्माहुँदै थाइल्याण्ड र मलेसिया पुगेको देखिन्छ । उनै पशुपति र पोबेको कोखबाट १९५६ डिसेम्बरमा जोहोरबारुको