Skip to main content

सधेप्रवासको निम्ती


राजा महेन्द्रको पालाको कुरा । जुन समयमा मनाङ्गेहरुलाई विदेश जाने सुविधा पाएका थिए । त्यसैले विभिन्न मुलुकहरुमा मनाङ्गेहरुले हैसियत बढाएर बसेका छन् । यो त्यहीबेलाको देन हो । तिनै मनाङ्गेहरुमध्ये मलेसियाको लागि भागमा परेका छन् कर्मा गुरुङ । जसको इतिहास पच्चिस वर्ष लामो छ ।


विदेशमोह नेपालीको सानैदेखि हुनेरहेछ अर्थात बनाइदोरहेछ । कर्मा गुरुङको आत्मकथा सुनेपछि यो लेख्न बाध्य बनायो । १९६२ साल मनाङमा बुबा फचो गुरुङ र आमा फुलाक्मा पाल्मा गुरुङको कोखबाट जन्म लिनुभएका कर्माले ७ वर्षसम्म गाउँमै हुर्के । त्यसपछि नवगिरी -तिव्वतीयन स्कुल मा पठन पाठन शुरु गरेर ७ कक्षासम्म मात्रै के पढेका थिए राजा महेन्द्रले मनाङेलाई लाइसेन्स दिन थालिहाले । उनको उमेर १२ वर्षमात्र पुगेको थियो । तै पनि उनले उमेर बढाए १८ वर्षको बनाएर पासपोर्ट बनाए ।


त्यो समय विक्रम सम्बत २०२४ साल हुनुपर्छ । उनी थाइल्याण्ड आएर १ महिना १० दिन बस्न भ्याए । त्यसपछि नेपाल फर्केका उनलाई पढ्न मन लागेन । भनुँ न एककिसिमको बानी लाग्यो बाहिरफेर हिड्ने ।


उनको मन विस्तारै व्यापारतिर खिचियो । उनी भन्छन् -त्यही समयदेखि नेपालमा विदेशबाट आएका कपडाहरु लगाइन थालेको । विदेशी कपडाको माग बढ्न थालेपछि उनी पनि वर्षको एकपटक विदेश शयरको योजना बनाउन थाले । किनभने पाएको लाइसेन्सअनुसार वर्षको एकचोटी मात्र विदेश जान सकिन्थ्यो त्योबेला ।


थाइल्याण्ड आउने जाने क्रममा उनी १८ वर्षको उमेर पहिलोचोटी मलेसिया आइपुग्न सफल भए । अनि ताइपिङमा व्यापार गर्न थाले । उनको व्यापार भनेको सिकि्र औंठी मनिपस्र बेल्ट हुन्थ्यो । दिनमा १ सयको विक्री हुँदा यति रमाउथे कि संसारै जितेजस्तो लाग्थ्यो उनी अतीतका कुरा सम्झन्छन् ।


१ वर्षसम्म मलेसियामा व्यापार गरेपछि उनी काठमाडौ फर्के र उद्योग चलाउन शुरु गरे । त्योबेलाको निकै चल्ती रहेको बुद्ध साबुन -हाल बन्द को प्रोपाइटर थिए उनी । स्वयम्भू छेउमा रहेको डल्लुमा १२ १३ जनासम्मको कामदारहरु राखेर उक्त व्यापारलाई अगाडि बढाएका थिए । िसंगापूरबाट त्यो समयको अत्याधुनिक मेसिन झिकाएर सो उद्योग साचालन गरेको बताउँछन् ।


उमेर त्यस्तै थियो । अल्लारिने उमेर हो त्यहिकारण सानो भनेर हेप्ने साथीभाईहरुले जिस्क्याउने र पार्टनरहरुबीचको खिचातानीले उक्त उद्योग छोडेछन् । त्यसपछि यता उता रल्लिएर जीवन बिताउन थाले । र २५ वर्षको उमेर टेकेपछि साङ्मा गुरुङसँग वैवाहिक नाता गाँसे । हाल २ छोरी कमला र आलिसा र एक छोरा पंगेल उनका सन्तानका रुपमा रहेका छन् ।


त्यसो त लामिछाने गुरुङ समुदायका कर्मा । जसलाई गुरुङ समुदायभित्र लामा -पूरोहित को रुपमा लिइन्छ । सुखी परिवार थियो उनको । उनी र उनकी बहिनी अनि बाआमामात्र थिए परिवारमा । तर उनमा धार्मिकपन बढि थियो । आफ्नो लागि आफै गर्नुपर्छ बाआमाबाट अंश लिनुहुन्न विचार त्यहीबेला देखि पलायो । उनले पूख्यौंली सम्पतिको कुनै हिस्सा पनि लिएका छैनन हुर्किाजेलबाहेकका ।


त्यसपछि १९८७ देखि उनी हङकङमा गएर कपडा ल्याउने लाने काममा तल्लिन हुन थाले । त्यो समयमा एकहप्ताको लागि हङकङ जाने र फर्कदा १६ १७ वटासम्म पाइन्ट सर्ट लगाएर आउने गरेको बताउँछन् । किनभने लगाएका बाहेक झोलामा भेटिएका अन्य कपडाहरु भन्सारले रोक्ने गर्दथ्यो । त्यसबेला भएको एउटा अनौठो कुरा सुनेर अहिले पनि हासो उठ्ने गरेको बताउँछन -जुनबेला प्लेनले नेपाल ल्याण्ड गर्ने कुरा थाहा हुनपुग्थ्यो । त्यसबेला उनीहरु हतार हतार कपडा खापको खाप लगाउने गर्दथे । त्यही समयमा विदेशबाट नेपाल घुम्न आएका पर्यटकहरुले नेपाल अत्यन्तै जाडो हुन्छ भन्ने सुनेका कारण उनीहरुले पनि त्यसरी नै कपडा लगाउन पुगेका रहेछन् ।


त्यो कामबाट करिब ५ ७ हजारसम्म आर्जन गर्दथे । हङकङ मात्र नभएर िसंगापूर कोरियासम्म पुगेर व्यापार गर्ने कार्य पनि गरे । पुग्नकै लागि त उनी अन्य थुप्रै देश पुगे । इण्डिया बंगलादेश यूरोपको इटाली र प्रुान्स । तर युरोप पुग्दा चाही पुगेजस्तो भएन रे । खाना एकदम महँगो भएको कारण प्रुान्समा तीन छाक हाम्वर्ग र इटालीमा पिज्जा खाएर दिन बिताएको अनुभव रहेछ । धनी देश सबैको सपना भएको देश युरोपमा कसरी दिन काट्न सकिन्छ होला भन्ने पीर लाग्छ उनलाई ।


जसो तसो मलेसिया नै उनको लागि कर्मथलो बन्न पुगेछ । उनीसँग ताइपिङमा व्यापार गरेको अनुभव थियो । त्यसैकारण नेपाली सामानहरु थाङ्का सिक्री माला नेपालका अन्य ट्रेडिसनल सामानहरु ल्याउने र यहाँदेखि मलेसियामा बन्ने सामानहरु लाने काममा तल्लिन हुन थाले -सन् १९९१ तिरबाट ।
मलेसियामा त पहिलेदेखि नै नेपालीहरुको आवत जावत थियो । तर त्यो समयको अवस्थामा वैधानिकता थिए । अवैधानिकहरुलाई जेल चलान हुन्थ्यो । उनले आफ्नो व्यापारको साथसाथै जेलपरेकाहरुलाई पनि उद्धार गर्दै नेपाल लाने समाजसेवी काम पनि थाले ।


ुनेपालीहरुलाई जति गरे पनि नहुने !ु उनी आक्रोस पोख्छन् । किनभने जेल पुगेको बेला दाई जसरी हुन्छ लैजानुस् । हामी तपाईको खर्च दिन्छौ भन्थे तर नेपाल पुगेपछि भाग्ने गरेको प्रशस्त उदाहरण छन् उनीसँग अझैपनि सुरक्षित रहेछन् -त्यो बेला गरेका कागजहरु ।


अझैपनि कोतारायाको चाइनाटाउनभित्र मनाङ्गे नेपालीहरुको नेपाली ट्रेडिशनल सामान पाउने बजार रहेको छ । उनको संघर्षयात्रा पनि त्यही थियो । जति मनाङ्गेहरु छन् -बाहिर निस्केर वा अन्य व्यापार गर्न नसक्नेहरु छन् कर्मा गुरुङको शब्द सापटी लिएर भन्नुपर्दा । तर उनी भने फुत्त बाहिर आए ।


हाल हिमालयन रेष्टुरेन्टका साचालक भएर बसेका छन् ।


कसरी रेष्टुरेन्ट व्यवसायमा हात हाल्नुभयो भन्ने प्रश्न तेस्र्याउँदा उनी भन्छन् - कोतारायामा नेपाल हाउस खोलियो । त्यहाँ छिर्नसमेत पैसा तिर्नुपथ्र्यो । रेष्टुरेन्टमा छिर्न र निस्कनमात्र एक घण्टा लाग्थ्यो । त्यही मौका छोपेर उनले हिमालयन खोल्न पुगे । जुन मलेसियाको नेपाली रेष्टुरेन्टको इतिहासमा दोश्रोको रुपमा भएर आयो ।


हुन पनि रेष्टुरेन्ट खोलेपछि कम्ता दुःख पाएका छैनन् उनले । जेलको चिसो हावा पनि खानुपर् यो । नेपालीहरुको उद्धारमा लाग्दा कहिले काँही घाटा पनि वेहोर्नु पर् यो । कैयौ धम्की र गालीसमेत खानुपर् यो । तर उनी भन्छन् -म इमान्दार छु इमानदारीको कारण मलाई सबैकेा अगुवा बनाउँछन् । भन्नैपर्दा एनआरएन मलेसिया र नेप्लीज विजनेश अफ मलेसियाका अध्यक्ष पनि हुन् ।


राजनीति आउँदैन रे उनलाई । तैपनि जिम्मेवारी उनैमा थोपरिन्छ । थोपिरिएको जिम्मेवारी पूरा गर्छन् पनि । त्यसैकारण नेप्लीज विजनेश अफ मलेसियाको नयाँ नयाँ कार्यक्रमको निमित्त लागिपरेका छन् ।


माथि नै भनियो उनमा धर्म कर्ममा ज्यादा रुचि छ तमू जातिहरुको सामाजिक संस्था नेपाल तमू समाजको संस्थापक सल्लाहकार हुन् उनी । अनि स्वयम्भूको अगाडि हालै सम्पन्न भएको बुद्धको ठूलो मुर्तिमा उनको सहयोग छ । मलेसियामा वर्षैपिच्छ ल्होछार मनाउनपर्छ मान्यता राखेका छन् । कतिपय गुठीहरु पनि साचालन गरेका छन् रे जुनकुरा आफ्नै श्रीमतीहरुलाई समेत थाहा छैन भन्छन् ।


यो रह्यो उनको धार्मिक प्रवृतिका कुरा । लामो जीवन बिताउनु सम्पूर्ण जीवन प्रवासलाई दिदैहुनुहुन्छ । कुनै अविश्मरणीय क्षणहरु छन् कि भन्ने प्रश्न राख्दा उनी भन्छन् -एकचोटी थाइल्याण्डमा ९ जनामान्छेलाई बु्रनाई लानको ल्याएको थिए । सबैबाट २ लाख रुपैया उठाएको थिए । जुन कुरा थाहा पाएर पाकिस्तानी र अन्य एजेन्टहरुले कर्मालाई विष ख्वाई मारेर पैसा धुत्ने चाल चालेछन् । उनी सँधै बुद्धको माला जपेर लगाएर हिड्ने मान्छे त्यो दिन उनलाई खानामा रुचि लागेनछ र तसर्थ उनी बाँचे । पैसा त कसरी कसरी धुतेर लगेछन् । अनि उनले नेपालमा रहेको झिटिझिम्टा बेचेर १६ लाख ऋण तिर्न पुगेको उजागर गर्छन् ।

Comments

Popular posts from this blog

Khabar dinu..... (खबर दिनु......) || Kumari Yonghang || Ft. Laxmi Yongha...

भाग्यको नियति र साहित्यमा नियति

देवेन्द्र सुर्केली मलेसियाको साहित्यमा अझै नेपालको जनजीवनको बारेमा कलम चलेको छैन । उही दुःख उही पीडा । मलेसियाबाट हामीले यो साहित्य ल्याएका छौ भन्नेहरुले 'त्यहीको परिवेशमा भिजेर श्रमिक जीवनको साँघुरो कुराहरुलाई उक्काएर लैजानसके राम्रो हुन्छु भन्ने तर्कना दिन्छन् दिलिप सगर । यो महिना मलेसियाका चर्चित साहित्यकारको नाममा सूचिकृत भएका दिलिप सगर राईले 'नियति' नामक लघुकथा संग्रह लिएर आएका छन् । नयन साहित्य समाज जोहोरका अध्यक्ष समेत रहेका उनलाई समाजद्वारा प्रकाशन हुनलागेको संयुक्त लघुकथा संग्रहलाई थाँति राखेर आफ्नो संग्रह ल्याएको आरोप पनि नलागेको होइन । तर मलेसिया जानुभन्दा अगाडि करिब १० वर्ष पुरानो संग्रहलाई नै ल्याएको मात्र भनेर स्पष्टीकरण दिन पनि हत्तु भइरहेका छन् । उनी आफ्नो पुरानो संग्रह ल्याउन त्यसै हतारिएका होइनन् विरामीबाट भर्खर तङ्ग्रिएका सगर भन्छन् -'यसपाला मैले ठूलो खड्गो काटँे । विश्वास गरेर संस्थाको लघुकथा संग्रह निकाल्ने रकम समाजका सहसचिव मित्रप्रसाद बाँसकोटालाई छोडेको थिएँ त्यो साथीसँग सम्पर्कविच्छेद भयो । त्यसैले संस्थाको लघुकथा संग्रह थाँति छ । विराम