साहित्य संवाददाता,ढिलोगरि प्राप्त समाचार अनुसार युवा गजलकार परिहास सुब्बाको गजल कृति सूत्र मंगल धुन भर्खरै प्रकाशित भएको छ । कुम्मायक कुस्सायक क्लब यासोक पाँचथरको प्रकाशन रहेको उक्त पुस्तकको ब्यावस्थापकमा दिला मुक्साम याक्थङबा र देबेन्द्र लाओती रहेका छन। कृतिमा जम्मा ६५ वटा गजलहरु समाबेश गरिएका छन । पुस्तकमा नेपाल गजल मञ्च २०५८ का राष्ट्रिय सचिव धिरज गिरी कल्पित को भूमिका रहेको छ भने कवि मञ्जुलको शुभकामना का साथै ससक्त युवा कवि स्व स्वप्निल स्मृतिका केहि शब्दहरु रहेका छन ।देश बाहिर बस्दै आएका गजलकार परिहासले पुस्तकको विमोचन केही हप्ताअघि सिङला होटल ललितपुरमा एक साहित्यिक भेटघाटको आयोजना गरेका थिए । उक्त कार्यक्रममा लेखक अमर नेम्वाङ, कवि नरेश शाक्य , राजन मुकारुङग, उपेन्द्र सुब्बा, धिरज गिरी, सनमान चेम्जोङ, प्रकाश विमिल, भद्रगोल किराती एवं अन्य धेरै साहित्यकार एवं साहित्यप्रमीहरुको उपस्थिती रहेको थियो।
देवेन्द्र सुर्केली मलेसियाका आशालाग्दा नेपाली साहित्यकार भीम स्नेही नेपालबाट कोही रोजगारीको लागि मलेसिया आउँदैछन् भन्ने थाहा पाए भने हरतरहबाट पुस्तक मगाउने गर्दछन् । मलेसियामा प्रकाशित हुने नेपाली पत्रिका तथा अनलाइनहरुमार्फत नयाँ पुस्तक प्रकाशित भएको कुरा थाहा पाउँदछन् । नयाँ पुस्तकको सूचि बनाएर बस्छन् अनि कोही मलेसिया आउने थाहा पायो कि उक्त पुस्तकहरु ल्याइदिन आग्रह गर्दछन् । उनीजस्तै पुस्तक मगाएर पढ्नेहरुमा जीवन देवान गाउँले जीतमान राई सविन दिलदुःखी जन्तरे श्रीजनश्री मौलश्री लिम्बू दीपदर्शन आदि छन् । उनीहरुले पुस्तकको लागि आपुनो कमाईबाट छुट्याएर नेपाल पठाउने गरेका छन् । काठमाडौंमा सबै पुस्तक पाउन सकिने भएकोले काठमाडौंमा रहेका आफन्त या साथीभाईको मद्दत उनीहरुले लिने गरेका छन् । मलेसियाबाट नेपाली साहित्यका भण्डारमा हालसम्म १६ वटा उपन्यास ११ वटा गजल संग्रह ५ वटा कविता संग्रह २ वटा गीत संग्रह आइसकेका छन् । त्यसैगरी कथा लघुकथा नाटक संस्मरण संग्रह पनि १/१ वटा प्रकाशन भएका छन् । यो मोटामोटी अध्ययन मात्र हो । यतिमात्र नभएर मगर गुरुङ तामाङ याख्खालगायत जातीय संस्था र खोटाङ ताप्लेजुङ इलाम ...
Comments