साहित्य कसरी लेखिन्छ
यो प्रश्नको उत्तर धेरैले धेरै कोणबाट दिन्छन् । कोही सिर्जनशील हुन्छन् -सानैदेखि त्यसकारण सिर्जना फुर्छ कसैको प्रेमवियोगबाट प्रभावित भएर साहित्य कोर्छन् भने कोही साहित्य बुझेपछि साहित्य कोर्छन् । समग्रमा भन्नुपर्दा हासो खुशी सबै साहित्यका श्रोत हुन् । तर महेन्द्र बजगाईको भने साहित्य लेखाईको प्रसँग केही फरक र रोचक रहेको छ ।
त्यसो त मिनी नेपाल रहेको कोतारायास्थित प्रभु रेमिटको भित्री कोठामा दैनिक हिसाब किताबमा व्यस्त रहेका हुन्छन् -महेन्द्र । कसरी साहित्यको कुरा भन्ने प्रश्न टड्कारो रुपमा आउन सक्छ । फेरि उनको सात पेज लामो व्यक्तिगत विवरणले पनि बताउँछ कि उनी कति व्यस्त र साहित्यभन्दा फरक धारका मान्छे हुन् भन्ने । तर पनि उनी राम्रा सर्जक हुन् । यात्रा साहित्यमा विशेष कलम चलाउने महेन्द्र बजगाईको यात्रा पनि अदभुत नै छ । उनी भन्छन् -मैले नेपालको ६२ जिल्ला पूरै घुमेको छु ।
व्यक्तिगत विवरणमा नसमेटिएको कुरा यहाँ उल्लेख गर्नुपर्दा उनको पूर्खा पश्चिम नेपालका हुन् । तर कालान्तरमा उनको स्थाई बसोबास पूर्व भयो । धनकुटाको लुम्फाजुङ डाँडाबजारमा जन्म लिन पुगे -२०२५ सालमा र पुनः चुलाचुली इलाममा बसाई सर्न पुगे । भने व्यक्तिगत विवरणमा समेटिएको कुरा उल्लेख गर्नुपर्दा उनको प्रारम्भिक शिक्षा चुलचुलीको श्री जनता मावि बाह्रकोठेबाट शुरु गरी त्यहाँबाट निमावीस्तरको शिक्षा हासिलपश्चात खसा्रङको एच्ज्क् बाट सन् १९८६ मा म्याटि्रक र १९८८ मा टेन प्लस टु गरे । डिप्लोमा ल्यचतज द्यभलनबि ग्लष्खभचकष्तथ खसा्रङबाट १९९२ मा पूरा गरेपछि स्नातकोत्तर चाहि त्रिभूवन विश्वविद्यालय कीर्तिपूरबाट १९९५ पूरा गरे ।
त्यो समय गुजार्नको निम्ति डिल्लिबजारस्थीत पिपलबोट छेउमा फे_िन्स पसल चलाए भक्तपुर काठमाडौका केही बोडिङ स्कुलमा पढाउने काम गरे । जसले पढाई सिध्याउनमा ठूलो मद्दत पुर् यायो ।
पढाई पुरा गरेपश्चात पहिलो नम्बरमा जागिरको कुरा आउँछ ।
हो महेन्द्रले पनि जागिर नै खोजे र पाए । दार्जिलिङमा पढेका विभिन्न विधामा तालिम लिएर पोख्त भएका व्यक्तिलाई सामाजिक कार्यकर्ताको रुपमा धेरै सुहाउँछ ठीक त्यस्तै नै भयो । उनले २०५५ सालतिर राष्ट्रिय योजना आयोगमा जागिर पाए र नेपालको अति दुर्गम अाचल कर्णालीको कालिकोट जिल्लामा कार्यक्षेत्र बनाउन पाए । सुगम जिल्लाहरुमा हाइहाई गर्दै जिएका महेन्द्रलाई उक्त ठाउँले धेरै नै प्रभाव पर् यो -देखिन्छ नि तराईको एउटा जिल्लाको अफिसमा बिहानदेखि कामको लागि मान्छे लाइनमा बसेका हुन्छन् । कैयौं तछाडमछाड ठेलामठेल हुँदा सम्म पनि कसैको काम बन्न समय लागिरहेको हुन्छ व्यस्तताको कारण । तर कालिकोट -धेरै टाढा टाढा सम्मका मानववस्तीबाट सिलासाङ्लो गर्दै बटुल्नुपर्ने अवस्था भएको कारण दिनको एकदुई बजेतिर केही भीड लागेपनि केहीछिनमै साम्य भइहाल्ने गर्दछ । बाँकी समयमा डाँडामा निस्कियो क्षितिज नियाल्यो उराठलाग्दो भीर पाखा र धुलो हेर् यो अनि कता कता मन पोखिएर आउने रहेछ । हो त्यसरी नै उनी पनि साहित्यमा पोखिएछन् ।
दिनमा एकदुई घण्टा मात्र व्यस्त रहनुपर्ने भएकोले धेरै भन्दा धेरै समय खाली हुने नै भयो । मनको व्यथा मात्र कति कोरिरहनु । पूरै समय सिर्जनामा तल्लिन गराउन पनि सकिन्न त्यसकारण शरीरलाई अल्छि बनाइयो होला
उनकेा अब्जेक्सन छ -म पि्रपेयर थिएँ त्यसको लागि । हामीले नयाँ खालको कार्यक्रम तर्जुमा गर् यौ -कर्णाली लोकल डेभलोप्मेन्ट प्रोगाम प्ीम्ए । जसको लागि गाउँ गाउँमा घुम्ने तालिम दिने जनताहरुलाई सवल र सक्षम बनाउने कार्यमा हामी रमाउन थाल्यौ ।
प्रायः जिल्लातिर रहँदा कर्मचारी मिलन केन्द्र नामक संस्था संगठीत भई कार्यक्रम गर्ने गर्दछ । तर उनले त्यो संस्था भेटाएनछन् । तसर्थ उनीजस्ता जागरुक कर्मचारीले अन्य कर्मचारीलाई संगठीत गरी नयाँ कार्यक्रम तर्जुमा गर्नु कुनै गाह्रो भएन । त्यसैगरी स्थानीय स्वायत्त शासन कार्यक्रम अन्र्तगत जिल्लाका सम्पूर्ण गाविसको चिनारीको साथै जिल्लाको गतिविधिलाई समेटेर प्रकाशन गरिएको स्मारिका उनको लागि संस्मरणीय रहेको छ ।
कथाकार परशु प्रधानले आफ्नो पुस्तक रचनागर्भमा उल्लेख गरेका छन -कर्णालीको जिल्लाहरुमा सिडियो बनेर जाँदा बाटोमा रहेका जनतालाई विकास के चाहियो भन्ने प्रश्न राखेका रहेछन् । जनताहरुले विकास होइन हामीले सिस्नु खान पाइएन यो सिस्नु खाइदिने किरा मार्ने औषधी चाहियो ।
यो प्रसँग कोट्याउँदा महेन्द्रको आफ्नै भोगाई रहेछ -गाउँको भ्रमणमा रहँदा गाउँलेहरुले कति सम्मान गर्न खोज्थे तर हामीले बुझ्थ्यौ उनीहरुसँग खाने कुरा केही हुन्नथ्यो । अनि हामीले बोकेका चाउचाउ उनीहरुलाई दिन्थ्यौ । वर्षौवर्षदेखिका विरामी भेटिन्थे । लामो यात्रा गर्ने भएकोले हामीले केही औषधीहरु बोकेका हुन्थ्यौ । त्यो बाड्थ्यौ कुन औषधीले कुन विराम निको पार्छ भन्ने हेक्का नराखी उनीहरुले प्रयोग गर्ने गर्दा हामीलाई कस्तो कस्तो लागेर आउँथ्यो ।
अवस्था गम्भीर नै थियो । उनीहरुले गम्भीरताका साथ जनताहरुलाई जागरुक बनाउने कार्य गरिरहेका नै थिए । तर देशको अवस्थाले नै फड्का मारिरहेको थियो । उनीहरुले लामो समयसम्म जनताको सेवा गर्ने पाएनन् ।
पुनः ल्भध भ्चब नामक संस्थामा काम गर्न पुगे । डा। हर्क गुरुङद्धारा साचालित उक्त संस्थाले नै हो उनलाई देशको ६२ जिल्लामा भ्रमण गराएको । शिक्षा स्वास्थ्य महिला जनजाति प्रमुख हुन्थ्यो विषय । उनको प्रोफाइल हेर्दा थाहा हुन्छ -त्यसकार्यक्रम अन्तर्गत धेरैभन्दा धेरै जिल्लाहरुमा विभिन्न कार्यक्रमको सुपरभाईजर तथा असिस्टेन्ट रिसर्चर भएर गएका छन् ।
उनले एकाउन्टसम्बन्धी प्रशस्त तालिमहरु लिएका थिए । तालिमको यात्रा हङकङहुँदै मलेसियासम्म पुगेको थियो । धेरैभन्दा धेरै सेमिनारहरुमा प्रपोजलदेखि कार्यपत्रसम्म पेश गरेका छन् र त्यसले आपुूलाई सक्षम बनाउनमा सघाउ पुर् यायो भन्छन् उनी । त्यसैले उनलाई कुनै काम छुटेपनि तत्काल अर्को काममा भर्ना हुन समय लागेन । यतिसम्म कि हाइहिमालयन गोर्खा सर्भिस र राज इस्न्टिच्यूटको हिसाब किताबसमेत मिलाईदिन भ्याए ।
पढाई उनको आर्टस् तर सम्पूर्ण जीवन कमर्शसम्बन्धी काममा र प्रोजेक्टको जागिरले मलाई दक्ष बनायो ।
त्यसपछि उनी प्रभु मनी ट्रान्सफरमा छिरे । जो नेपालभित्रकै डोमेस्टिक मनी ट्रान्सफरमा धेरै राम्रो मानिन्छ । विस्तारै यो प्रभू मनि ट्रान्सफरले उनलाई मलेसिया ल्याईपुर् यायो । मलेसियामा प्रभू रेमिटको पब्लिक रिलेशन र एकाउन्टसम्बन्धी विभागमा कार्यरत छन् ।
रेमिटमा आएका कारण कम्पनीमा काम गर्न आउनेहरुको जस्तो जिन्दगी भएन उनको । त्यसकारण त्यतातिर सोधिएन पनि । सिधै सोधियो -अर्थतन्त्र र देशको विकाससम्बन्धी । नेपालको अर्थतन्त्र रेमिट्यान्सले धानेको कुराले स्वीकार गरे उनले । यद्यपि कुनै दिन कुनै पनि विदेशबाट नेपाली कामदारहरुलाई फिर्ता पठायो र विदेशको ढोकै बन्द गर् यो भनेको स्थिति कस्तो आउँला भन्ने प्रश्नमा केही मौन नै रहे ।
रेमिट्यान्स त भित्रिन्छ तर गास बास कपासको निमित्त उक्त पैसा पुन विदेशमै पुग्छ । नेपालमा राम्रो कपडा बन्दैन कुनै पनिआवश्यक सामाग्री बन्दैन । जसलाई पूर्ति गर्न विदेशबाटै मगाउनुपर्छ । हात लाग्यो सुन्य । अनि फेरि विदेश नै जानुपर्ने अवस्था । यो अवस्था कहिलेसम्म
उनले राजनीतिक अस्थिरतालाई देाष दिए । अस्थिर राजनीतिको कारण देशमा कुनै पनि विकास फस्टाउन सक्दैन । कलकारखाना बन्नुभन्दा धेरै विनासतर्फ धकेलिएको छ । तसर्थ देशको पुनसंरचना हुनुपर्छ भन्नेमा जोडसमेत दिए ।
कस्तो खालको पुनसंरचना संघीयता क्षेत्रीयता
उनले पूरै देश घुमेका छन् । तसर्थ देशलाई सुहाँउदो तरिकाले पुनसंरचनाको खाका हुनुपर्छ भन्ने धारणा राखे संघीयता होस् वा क्षेत्रीयता तर ठाउँ परिवेश र भाषाअनुसार शिक्षा त्यही अनुरुपको क्षेत्रको ढाँचा कोर्दा असल हुन्छ ।
कस्तो लागिरहेछ त मलेसियाको बसाई भन्ने प्रश्न पनि राखियो बजगाईलाई । उनले भने- म पब्लिकसँग भिजेको मान्छे नेपालको धेरै भुभाग घुमेको मान्छे । त्यसैकारण यहाँको नेपालीहरुको पि्रय भएको छु । उनीहरुले आफ्नो ठेगाना बताइदिदा त्यहाँको रहनसहनसमेत बताउन सक्छु । जसले गर्दा उनीहरुमा आत्मियता बढ्छ ।
यो लोकपि्रयता यात्राले गराएको हो । धेरै यात्रासंस्मरणहरु विभिन्न पत्रिकाहरुमा प्रकाशित भएका छन् । अब पक्कै पनि एउटा यात्रा संस्मरण निकाल्ने सोच छ कि
उनले भने अहिलेसमय त्यति छैन । तर मैले लेखेका प्रत्येक कुराहरु दुरुस्तै राखेको छु । अवश्य प्रकाशन गर्नेनै छु ।
Comments