Skip to main content

म मलेसियाको माया लिएर फर्कदैछु


पूख्यौली कहाँ हो भन्ने प्रश्नमा धरान भनिन् जमुना राईले । तर वान्तवा राईहरुको पुख्यौली धरान हुन सक्दैन । धरान १०० वर्ष अगाडि मात्र बनेको बस्ती हो । त्यसैले धरानका सबै मानिसहरु बेग्लै ठाउँबाट आएर बसेका हुन् । जमुनाको परिवारमा निकै लामै बसाईसराई हुन पुगेको रहेछ भन्ने अनुमान भयो । किनभने उनी धरानसमेत पुगेकी रहेनछिन् ।

शायद धनकुटा भोजपुर संखुवासभा कतैबाट रामबहादुर राई जीवन चलाउनको निम्ति धरान झरे । धरान एउटा ठूलो व्यापारिक केन्द्र हो । जहाँबाट पूर्वी पहाडी जिल्लाको निम्ति सम्पूर्ण सामानहरु र बसहरु लाग्ने गर्दछ । सुगम जिल्ला भएको र त्यहाँबाट केही अवसरहरु पाइने भएकोले नै होला रामबहादुर राई बसको पछाडि लागे । र बसबाट उनको जीवनमा धेरै परिवर्तन ल्याइदियो । विस्तारै काठमाडौमा नै बसाई सर्न पुगे ।

हो त्यही काठमाडौको बानेश्वरमा जमुना राईको जन्म हुन पुग्यो २०४४ सालमा । उनीभन्दा पहिले दाजु ठाकुर राईको जन्म भईसकेको थियो । र उनीपछि बहिनी यमुना राई । आमा चुनमाया राई मगर को साथमा ५ जनाको परिवार थियो उनको । उनले बानेश्वरकै रत्नराज्य माविमा अध्ययन गर्न थालिन् । त्यहीबाटै एसएलसीसम्मको अध्ययन सिध्याईन् ।

त्यसपछि उनलाई पढ्न मन लागेन । किन पढ्न मन लागेन भन्ने कुराको उत्तर त्यहीबेला फुरेन । तर अहिले उनले बुझन् थालेकी छिन कि -नेपालको शिक्षापद्दति ठीक थिएन । व्यवाहारिक शिक्षा थिएन । जतिसुकै पढेपनि कुनै सीप नसिकीकन जिविकोपार्जन गर्न कठीन हुन्छ । त्यसैले पनि केही गर्न पर्छ भनेर पढाईको बिचबिचमा व्यूटिपार्लरसम्बन्धी सीप सिकिसकेको कुरा बताइन् ।

समयले फड्को मारिसकेको थियो उनको बुबा पनि कोरियामा रोजगाररत छन् । उनीहरुले स्थाई रुपमा नेपालटारमा बसोबास गर्न थालिसकेका थिए । माध्यमिक शिक्षा मात्र पार गरेकी जमुना भर्खर १८ वर्ष मात्र पुग्दै थिइन् तर साथीहरु सबै विदेश जाने सल्लाह गरेकोले उनमा पनि विदेशमोह जाग्यो । र धोविघाटस्थित पिज्म ओभरसिजबाट मलेसियाको लागि करिब १४ जना युवतीहरु छानिए ।

त्यसरी आजभन्दा अढाईवर्ष अगाडी एसएफ म्यानुफ्याक्चस्रमा कामको निमित्त आइपुगिन जमुना । १४ जना नेपाली महिला रहेको र ३८ जना नेपाली पुरुष रहेको कम्पनीमा अन्य देशका धेरै महिला तथा पुरुषहरु रहेका छन् । अन्य देशका महिलाहरुलाई कुनै पनि पुरुषहरुले त्यति वास्ता गरेको पाइँदैन । तर नेपाली पुरुषहरुले एउटी महिलाप्रतिको दृष्टिकोण र धारणा बेग्लै रहेको कुराले दुखित बनाएको क्षण रहेछ उनमा ।

उनको ग्रुपका साथीहरुबाट नेपाल तमू समाजसँग निकट हुने मौका जुरायो । मलेसियाको लागि महिला कलाकारहरुको खाँचो भइरहेको बेला उनीहरुबाट त्यो कुराको पूर्ति होला कि भन्ने प्रस्ताव आयो । सिके पछि के हुँदैन र ! उनीहरुले कम्पनीको केही समय उबारेर नाच्न सिके अनि तयार भए नेपाल तमू समाजद्धारा आयोजित फो ल्होछार कार्यक्रममा । उक्त कार्यक्रम एउटा कोशेढुंगो सावित भयो किनभने त्यस कार्यक्रमबाट धेरैले आफ्ना प्रतिभाहरु पस्कन पाए र त्यही पस्केका प्रतिभाहरुले मलेसियामा नयाँ र नौलो कार्यक्रमहरु दिन सक्षम पनि भए -धेरै कलाकारहरुले ।

त्यहीबेलादेखि नै जमुना राई भनेर मलेसियाको नेपाली बजारमा एउटा नाम आयो -नृत्याङ्गानाको रुपमा । स्कुलको प्यारेन्टस् डेहरुमा बाहेक अन्य कतै नृत्यको कार्यक्रममा भाग लिएकी थिइनन् -जमुनाले । नृत्यको कुनै प्रारम्भिक ज्ञानहरुसमेत लिएकी छैनन् । धेरै प्रभाव त चलचित्रहरुबाट हुने गर्छ । चलचित्र हेरेपछि त्यहाँ भएका हाउभाउबाट नृत्य गर्ने सक्ने खुबी पलाउँछ तर नृत्यको शास्त्रीय ढाँचाहरुको ज्ञान भने हुँदैन । त्यस्तै हो जमुनाको लागि पनि । राई भएको कारण केही साकेलाका सिलीहरुमा ताल मिलाएको अनुभव छ । अनि लोकदोहोरी घन्केको बेला अनायस अंगहरु चलेको अनुभूति छ । तर पनि पछिल्लो चरणहरुमा जमुनाले शसक्त नृत्य प्रस्तुत गरेर सबैलाई माथ ख्वाईन् । यसको श्रेय आफ्नो आत्मविश्वास र नृत्यकार उत्तम लामाको ठूलो सहयोग छ भनेर नाम तोक्न चुकाउँदिनन् ।

मलेसिया आएर नै यो प्रगति हुन सकेको हो । मलेसियामा हुने विभिन्न सांस्कृतिक कार्यक्रमहरुमा नृत्य गर्दा गर्दै नयाँ लहर चल्यो -युगल नृत्यको । हो त्यही युगल नृत्यको पाटोमा उनले उत्तम लामाको जोडी तहल्का मच्चाउन सफल छिन् । केही समयअगाडि द पृष्ठभूमि पत्रिकाकै पानामा युगल कलाकारको चर्चा भएको थियो । जोहोरका धिरज आले-ममता विक केएलका रविन्द्र गुरुङ-रेखा राई केएलकै केश गुरुङ-हेमा गुरुङको लहरमा उनीहरुले आफ्नो नाम लेखाएका थिए ।

यो जोडी कहिलेसम्म रहला त भन्ने प्रश्न राख्दा जमुनाले सटिक उत्तर दिइन् -मेरो लक्ष्य भनेको व्यूटीपार्लर खेाल्नु थियो । मलेसियाबाट नृत्यङ्गानासमेत बनेकी छु । नेपालमा आफ्नो सोचाईलाई अगाडि बढाउनका साथै मौका पाएसम्म नृत्यलाई पनि साथ दिनेछु । हेरौ उत्तम लामा दाईहरुसँग नेपालमा फेरि पनि संयोग जुटेछ भने पुनः जोडीको रुपमा नाच्नेछु । यथार्थमा हाम्रो सम्बन्ध भने दाजुबहिनीको छ ।

विवाह अनिवार्य हो भन्ने विचार छ जमुनाको । तर कहिले गर्ने भन्ने यकिन छैन । जीवनसाथी छानियो कि भन्दा अहिलेसम्म छैन भन्ने जवाफ दिइन् । दाजु पिपल्स क्याम्पसमा अध्ययनरत छ भने बहिनी मनमैजु क्याम्पसमा । बुबा कोरियामा कार्यरत रहेका छन् । बाबुछोरीको कमाईले कुनै नयाँ योजना गर्दैहुनुहुन्छ कि भन्ने प्रश्न राख्दा भनिन् -त्यस्तो छैन । शायद म छोरा भएको भए हुन्थ्यो कि मैले जति कमाए त्यो मेरो पेवाजस्तै हुनेछ ।

मलेसियाको बसाईलाई छोटो टिप्पणी गर्दै भनिन् -मैले लत्गभग तीनवर्षको अवधीमा आपुूलाई एउटी सक्षम महिलाको रुपमा पाएकी छु । मैले धेरै सिकेको छु । तर त्यो सबै खेर जाँदैछ । किनभने नेपालमा त्यस्ता फ्याक्ट्रीहरु छैनन् । तसर्थ मैले कमाएको केही पैसाले नयाँ योजना बनाउनुबाहेक विकल्प छैनन् । नेपाल गएपछि पुनः शुन्यबाट नै शुरु गर्नुपर्छ ।

चाचले उमेर अहिलेको उनको उमेर भनेको क्याम्पसमा साथीभाईहरुसँग होहल्ला गर्दै पढ्नुपर्ने उमेर तर परिस्थितिले उनलाई भविष्यको लामो यात्राबारे सोच्न बाध्य बनाएको छ सिकाएको छ । व्यवहारिक बनेकी छिन् त्यसैले त छुट्ने बेलामा भनिन् -परदेशमा पनि मैले परिवार पाएको छु । बल तमू नेपाल तमू समाज मलेसियाका अध्यक्ष जस्तो अविभावक पाएको छु । उत्तम लामाजस्तो गुरुहरु पाएको छु । अनि तपाईहरुको माया पाएको छु । यो नै मेरो अविश्मरणीय क्षण हो । म तपाईहरुलाई कहिलै भुल्ने छैन ।

प्रस्तुति ः देवेन्द्र सुर्केली





Comments

Popular posts from this blog

Khabar dinu..... (खबर दिनु......) || Kumari Yonghang || Ft. Laxmi Yongha...

भाग्यको नियति र साहित्यमा नियति

देवेन्द्र सुर्केली मलेसियाको साहित्यमा अझै नेपालको जनजीवनको बारेमा कलम चलेको छैन । उही दुःख उही पीडा । मलेसियाबाट हामीले यो साहित्य ल्याएका छौ भन्नेहरुले 'त्यहीको परिवेशमा भिजेर श्रमिक जीवनको साँघुरो कुराहरुलाई उक्काएर लैजानसके राम्रो हुन्छु भन्ने तर्कना दिन्छन् दिलिप सगर । यो महिना मलेसियाका चर्चित साहित्यकारको नाममा सूचिकृत भएका दिलिप सगर राईले 'नियति' नामक लघुकथा संग्रह लिएर आएका छन् । नयन साहित्य समाज जोहोरका अध्यक्ष समेत रहेका उनलाई समाजद्वारा प्रकाशन हुनलागेको संयुक्त लघुकथा संग्रहलाई थाँति राखेर आफ्नो संग्रह ल्याएको आरोप पनि नलागेको होइन । तर मलेसिया जानुभन्दा अगाडि करिब १० वर्ष पुरानो संग्रहलाई नै ल्याएको मात्र भनेर स्पष्टीकरण दिन पनि हत्तु भइरहेका छन् । उनी आफ्नो पुरानो संग्रह ल्याउन त्यसै हतारिएका होइनन् विरामीबाट भर्खर तङ्ग्रिएका सगर भन्छन् -'यसपाला मैले ठूलो खड्गो काटँे । विश्वास गरेर संस्थाको लघुकथा संग्रह निकाल्ने रकम समाजका सहसचिव मित्रप्रसाद बाँसकोटालाई छोडेको थिएँ त्यो साथीसँग सम्पर्कविच्छेद भयो । त्यसैले संस्थाको लघुकथा संग्रह थाँति छ । विराम