आफ्नै धनमा हामी आफ्नै उमेर बेच्न आएका छौ
हाँसो के हो थाहा छैन आँशुमात्र पाएका छौ ।
मलेसियाबाट प्रकाशित हुने पत्रिकाका हरेक अंकहरुमा भरसक श्रीजन श्री छुट्दैनन् । पत्रिकाका कार्यलयहरुमा उनको रचना अझै थाकको थाक रहेको छ भनेर पत्रिकासँग सम्बन्धित व्यक्तिहरुले बताएका छन् । हरेक हप्ताको आइतबार उनी कोताराया आउनुपर् यो भने उनीसँग एकभारी सिर्जना नै हुने गर्छ । अनि प्रत्येक पत्रिकालाई भागवण्डा लगाएर बाड्छन् -ति सिर्जनाहरु । मानौ उनी सिर्जनाका फ्याक्ट्री हुन् ।
उनका सिर्जनाहरु खेर गएनन् । उनको संघर्षको वावजुद नै हालै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मलेसिया शाखाले आयोजना गरेको मलेसियाव्यापी वृहद कविता प्रतियोगीतामा उनी प्रथम हुन पुगे । र यो वर्षको लागि मलेसियाको नेपाली समुदायमा उनी साहित्यिक आइडल बन्न पुगे ।
साहित्यसँग भावना लुकेको हुन्छ संवेदना लुकेको हुन्छ । साहित्य पढाउँदा र पढ्दा पढिने कुरा हुन् । तर साहित्यको साथमा गरिबी अभाव लुकेको छ भनेर चाही साहित्कारको जीवनी पढ्दा मात्र थाहा हुन्छ । भलै श्रीजनश्रीको जीवनीसँग नमिलोस् ।
२०३७ असार ७ आमा नन्दादेवी पाल र बाबा मानबहादुर पालको कोखबाट धाप ७ निसिल दार्चुलामा जन्मेका हुन् उनले । खलंगा भगवती र आगरले घेरिएको धाप गाविस वास्तवमै धापभित्रै रहेको रहेछ । दिनमा जम्मा जम्मी ४ घण्टामात्र घाम देख्न पाइन्छ उनको गाउँमा । कुनै दिन धुम्मियो भने त दिन कतिखेर आयो र कतिखेर गयो भन्ने कि त घडी हेर्नु पर् यो कि त रेडियो सुन्न पर् यो । कतिपय अवस्थामा त रेडियोले टावर पनि टिप्दैन । खोँचले भरिएको निसिल गाउँमा उनको बाल्यकाल बितेको थियो । भन्छन् -धुवाँ र धुलोमा बित्यो मेरो बाल्यकाल । फेरि उनको पुख्यौंली िकंवदन्ती पनि कम्ति चाखलाग्दो छैन । जातीय विभदले जरो गाडेको उनको त्यो गाउँमा उनका पूर्खाहरु राजा थिए रे । अझैसम्म पनि शाही खानदानसँग उनीहरुको कुटुम्बेरी चल्दैन रे । भाईभाईको सम्बन्ध छ रे इत्यादी ।
शाही परिवार भित्रको सन्तानलाई त्यो ठाउँमा लगी पालेर राजा बनाइएको कारण उनीहरु पाल बन्न पुगेको हुन् । त्यो खोँचमा राजश्री चलन पहिलेदेखि नै थियो । त्यहाँका राजा प्रतापी थिए । त्यहीकारण त्यहाँका जनताहरुले दिनैपिच्छे जंगलमा गई शिकार गरेर ख्वाउँथे । एकदिन जनताहरुले शिकार पाएनन् । आखिर शिकार दिनैपर्ने भएपछि उनीहरुले मरेको मान्छे लगेर ख्वाएछन् । सो मासु अत्यन्तै मिठो लागी राजाले के को मासु हो भनेर सोधेछन् । जनताहरुले डराई डराई मान्छे भनिदिए । त्यसपछि राजाले सँधै मान्छेको मासु खान इच्छा गरेछन् ।
एकदिन भीमनाथ योगी श्रीजनश्रीको खानदानबाट योगी भएका व्यक्ति को साथमा अभयराज पाण्डे भन्ने एकजना पण्डित र शुभदाश औजी घुम्दै फिर्दै त्यो ठाउँमा आइपुगे । जहाँ दीपावलीको हर्षोल्लास थियो । तर सबै मानिसहरु भने शोकमग्न थिए । उनीहरुलाई अचम्म माने र सोधे -जताततै दिपावली छ तर किन सबै शोकमग्न
मानिसहरुले सबै यथार्थ बताएर आज हाम्रो छोरालाई राजाले मारेर खाने दिन भनेर बताए । उनीहरुले थमथमाए । छोरालाई बलिमा चढ्न भन्दा पहिले के गर्नुपर्छ आउँदैन भनेर सिकाइमाग्न अनुरोध गर्नु भने र जब राजाले सिकाउनका लागि घोप्टिन्छन् । त्यहीबेला तरबारले हानेर राजालाई मारिदिनु ।
तर जनतालाई राजा चाहिने । त्यसको पनि उपाय निकाले योगीहरुले । उत्तर प्रदेश भारतको कत्यूर भन्ने ठाउँमा यहीको शासकहरु रहेका छन् । उनैको छोरालाई यहाँ ल्याएर राजा बनाउँला ।
यति भनेर योगीहरु हिडे । भनेमुताविक राजाको वध पनि भयो । योगीहरुले कत्युर पुगी राजाको दर्शन गर्न दूवो पठाए । दूतले दूवो राजालाई नदिइकन दैलोमाथि टाँगिदियो । तत्काल त्यो दूवो मौलियो । झाँगियो । राजा खुशी भएर दूवो ल्याइदिने व्यक्तिको खोजी गरे । तत्पश्चात योगीले राजाजाई भेटी विन्ति चढाए । राजाले छोरा दिने भए तर रानीले एउटा सर्त राखे । भारदारका सबै छोराहरुसँग आफ्नो छोरा सुताए त्यहाँबाट छानेर लैजान भने ।
भनिन्छ भाग्यमानी वा ठूलो खानदानको मान्छे सुत्दा सँधै माथि सर्छ । सिरानी कटेर गएको नै युवराज हुन् भन्ने किटेर उनीहरुले लगे र धापको राजा बनाए ।
त्यही राजाका सन्तान श्रीजनश्री हाल मलेसियामा रोजगारी गर्दै साहित्यको लागि मरिमेटेका छन् । उनी भन्छन् -बाबाको पालासम्म सम्पन्न नै थियो परिवार । तर बाबा ठेकेदारीमा फसे । जहाँबाट कहिले पनि फाइदा भएन । त्यसैकारण उनीहरु वि।सं २०४९ कृष्णपूर २ महेन्द्रनगर काचनपूरमा बसाइँ सर्न पुगे ।
उनको प्रारम्भिक शिक्षा मालिकार्जुन प्रावी निसिलबाट भएको थियो भने माध्यमिक शिक्षा मालिकार्जुन मावि धापबाट । आधाघण्टा ओह्रालो जानुपर्ने स्कुल बाबाको ठेकेदारी बिगि्रएकोले गर्दा माध्यमिक शिक्षाभन्दा माथि पढ्न सकेनन् उनले । तर स्कुले जीवनमै साहित्यमा भने होमाएका थिएछन् । कविता लेखेर शिक्षकलाई देखाउनेदेखि साहित्य कोरेर पत्रपत्रिकामा दिने काम समेत गर्न थाले त्यहीबेलादेखि ।
उनी भन्छन् -बाबाले कुनै काममा रोक्न दिन भएन । जे सोच्यो बाबालाई भनेपछि हुन्छ गर भन्नुहुन्थ्यो रे । गर्न त के पो सकिन्छ र ! त्यहाँका जनताहरु भारत भारतमै आश्रीत छन् । दुइघण्टा हिडेपछि भारतको धार्चुला भन्ने ठाउँमा पुगिन्छ । काठमाडौ जान आउन पनि टनकपुरहुँदै जानुपर्ने बाध्यता छ । केही फड्को मारिहाल्ने स्थिति नै थिएन फड्को मारे उनले त क्रान्तिकारी भएर मारे ।
उनी भन्छन् -कमैलाई मात्र थाहा होला म दीप उपनामले साहित्य कोर्थे । कैंयौ साथीहरु मसँग दीपको चर्चा गर्थे । मैले म आफैलाई लुकाउनु बाध्यता थियो ।
क्रान्तिकारी विचारसँग नजिक पत्रिकाहरुमा उनको रचनाहरु प्रकाशित हुन्थे । त्यो बेलाको अप्ठ्यारोपनले गर्दा कतिपय रचनाहरु संकलित हुन सकेका छैनन् र आफ्नै संकलन गर्ने बानी नभएको भनेर आफैलाई गाली पनि गर्छन् ।
धेरै रचनाहरु साथीहरुले च्यातेर फालिदिएको कतिपय रचनाहरु हराएको गायव भएको तीतो यथार्थहरु छन् उनीसँग । त्यसो त भूमिगत जीवनले दिने महत्वपूर्ण चिजहरु नै यिनै हुन् । भूमिगत रहने सर्जकहरुको सिर्जना कि त गायब पारिन्छ कि दुनियाँको सामू जलाइन्छ । किन भने उनकै शब्द सापटी लिनुपर्दा -त्यसताका त्यस्ता सिर्जना कोर्नु बाघलाई जिस्क्याउनु बराबर थियो । कुनै दिन आफ्नै सिर्जना आफैमाथि बम बनेर पड्किन के बेर तसर्थ मणी हराएको सर्प र पानीबिनाको माछाजस्तै अधकल्चो जिन्दगी बाच्दै आए श्रीजनले ।
पचासको दशकमा क्रान्तिकारी धार अंगालेका श्रीजनले ६० को दशकदेखि गजलप्रति उन्मुख हुन थाले । भूमिगत जीवनलाई बिसाउँन विदेशको शिलशिलामा काठमाडौ आएका थिए उनी । काठमाडौको चहलपहलले उनलाई गजलको शेर बनाउनतर्फ धकेलिदियो । किनभने दुई चार शेरहरुमा सबै जीवन अटाउँछ भन्ने उनको जिकिर छ । दुइचार शेरमा सम्पूर्ण जीवन अटाउँछ भन्ने श्रीजनले चाही आफैले पुर्ने गरी गजल लेखेका रहेछन् । सोचौ कतिको जीवन अटाएको होला उनको गजलमा । तर गजल स्वच्छन्द हुन्न नियममा बाधिएर लेख्नुपर्छ पूरा पूरा । बाक्य वाक्यमा अर्थ हुन्छ नियम हुन्छ । उनले त्यो नियम पुर् याए पुर् याएनन् तर उनले लेखेका पाण्डुलिपि एक नामी गजलकारको हातमा पुर् याएछन् ।
गजलको बारेमा फहरिस्त बताए भविष्य राम्रो रहेको बताएछन् ती गजलकारले । तर उनको पाण्डुलिपिमाथि यस्तो लेखेर छाडेका रहेछन् - ुभावना हो भावनामा जताततै बहकिनु हुन्न माटोको गन्ध र मुटुको ढुकढुकी छैन भने यदि अब आइन्दा यस्ता सिर्जना कहि कतै लेखिनु हुन्न ।ु
खै कसरी आयो त्यो शब्द । उनी भन्न सक्दैनन् । तर धेरै दुःखित भने तुल्याएको रहेछ त्यस शब्दले । अनि उनमा गजलप्रतिको माया झन् झन् बढेर आएछ ।
तत्कालै सगरमाथा एफएमबाट प्रसारण हुने बुलबुल कार्यक्रममा गजल प्रतियोगिता हुने कुरा सुन्न पुगेछन् श्रीजनले । वि।सं। २०६१ साल पौष ४ गते सो प्रतियोगिता हुने भने पछि उनले सहभागिता जनाउने निर्णय गरे । मंसिर ३१ मा गजल बुझाइसक्नुपर्ने उनी त्यही दिन गए र पौष ४ गतेको लागि तयारी भएर बसे । धेरै सहभागी भएकोमा ८४ जनाको छानिएका रहेछन् । उनी आफ्नो नाम आउँला या नआउँला भन्ने छुकछुकले एक छेउमा रहेका थिए । हुन पनि ८४ औं पालोमा उनको नाम आयो । अब अन्तिममा छानिएको गजलको के अर्थ होला र भन्ने उनलाई नभएको पनि होइन । तर उनै नामी गजलकार निर्णायक मण्डलीमा रहेका रहेछन् । उनैले श्रीजनको नाम पुकारेर गजल उत्कृष्ठ रहेको कुरा मन्तव्यमा बताएछन् ।
काठमाडौको साहित्यिक यात्रामा लामो समयसम्म उभ्याइरहन सकेनन् । ऋणमाथि ऋण थपिइरहेको थियो । त्यसैले २००५ मा मलेसिया भित्रिन पुगे । जोहोबारुस्थीत फ्याक्स मेसिन बनाउने कम्पनीमा । उनलाई यो कम्पनी कारागारजस्तो भएको अनुभव बताउँछन् । किनभने न बाहिर निस्केर गतिविधि गर्न सकिन्थ्यो न भित्र नै ।
तर गर्ने मान्छेलाई कतै केहीले छेक्दैन । १५० जति नेपाली रहेको उक्त कम्पनीमा प्रवासी नेपाली संघ नामक एउटा कोठे संघ तयार गरे । साहित्य त कसैले सुन्दैन थ्ये । तर पनि त्यस संस्थाबाट कोष साचालन भएको थिएछ । जसबाट २ ४ हजार आरएम संकलन पनिभएको रहेछ । मासिक २० लेवी उठाएर तयार गरिएको उक्त कोषबाट श्याम बस्नेत भन्ने व्यक्तिलाई सहयोग गर्न सकेको बताउँछन् ।
कारणवस उक्त कम्पनीबाट उनले हात धुनुपर् यो । हतारको काम छिटो गर्नुपर्ने तर सानो गल्तीले गर्दा कम्पनी बद्नाम पनि हुने रहेछ भन्ने त्यतिखेर उनले बुझे । कारण फ्याक्स मेसिनभित्र अर्कै कम्पनीको सामान परेछ जसको कारण लिडर सप्लायस्र र इन्पुटको मान्छेलाई एकैचोटी निकालिनु परेकेा थियो । उनी लिडर थिए । कम्पनीले यतिसम्म वेवास्ता गर् यो कि आफ्नै खर्चले घर पठाएको थियो । आफ्नो कोषबाट साथीहरुले सहयोग गर्ने बचन दिएतापनि नगएको उनलाई घरको बोझले थिच्ने डर थियो । त्यसैले उनी अवैधानिक तवरले मलेसियामा बस्न बाध्य भए ।
त्यसपछि उनी सेक्युरिटी गार्डमा काम गर्न थाले । उनलाई धेरै लेख्ने ठाउँ नै चाहिन्छ । तसर्थ धेरै राम्रा राम्रा कामहरु पाएता पनि उनी लेख्न कै लागि राम्रा अवसर त्यागिरहेका छन् । त्यसको कारण उनले ५ ६ ठाउँमा काम समेत फेरिसकेका छन् । लेखीरहेको समयमा चेकिङ परेको कारण नोकरी छुटेकेा यथार्थहरु पनि उनीसँग । यिनै क्रममा अनेसास मलेसियाबाट प्रकाशित विम्ब संयुक्त गजल संग्रह र आफ्नो एकल गजल संग्रह माटो हाँस्छ पनि प्रकाशित गराइसकेका छन् । चाडै नै गजल माच मलेसियामा गठन गर्ने तयारीमा रहेका छन् । साहित्यको एक छुट्टै विधाको रुपमा गजल अंकित छ । तर साहित्यकै अन्य विधाहरु कविता कथा मुक्तक उपन्यास संस्मरणहरु रहेका छन् । तर कविता माच कथा माच संस्मरण उपन्यास माच छैनन् । यो गजल विधाको चाही संस्थागत रुपमा अगाडि बढ्नुमा के छ त उनको आफ्नै कथन छ यसमा -गजलले चारवटा विधाको प्रतिनिधित्व गरेको छ । तीन शेरभन्दा बढेन भने रुवाई विधा बन्छ । दुई शेर भन्दा बढेन भने मुक्तक बन्छ । गजललाई गेय विधाको रुपमा पनि लिइन्छ । त्यसैकारण गीत पनि बन्छ । पूर्ण भएपछि गजल त बन्यो नै ।
हेरौ मलेसियाका साहित्यिक आइडल श्रीजनश्री पहिले देवेन्द्र पाल भएर जन्मिएका थिए । त्यसपछि दीप नामले धेरैको मनमुटु छोए । देवेन्द्र दीप र श्रीजनश्री मा के फरक पाउनुभयो त उनी भन्छन् -
दिन उस्त रात उस्तै साल उस्तै उस्तै
हेर्दा फरक तर भित्री चाल उस्तै उस्तै ।

Comments