Skip to main content

Posts

भाग्यको नियति र साहित्यमा नियति

देवेन्द्र सुर्केली मलेसियाको साहित्यमा अझै नेपालको जनजीवनको बारेमा कलम चलेको छैन । उही दुःख उही पीडा । मलेसियाबाट हामीले यो साहित्य ल्याएका छौ भन्नेहरुले 'त्यहीको परिवेशमा भिजेर श्रमिक जीवनको साँघुरो कुराहरुलाई उक्काएर लैजानसके राम्रो हुन्छु भन्ने तर्कना दिन्छन् दिलिप सगर । यो महिना मलेसियाका चर्चित साहित्यकारको नाममा सूचिकृत भएका दिलिप सगर राईले 'नियति' नामक लघुकथा संग्रह लिएर आएका छन् । नयन साहित्य समाज जोहोरका अध्यक्ष समेत रहेका उनलाई समाजद्वारा प्रकाशन हुनलागेको संयुक्त लघुकथा संग्रहलाई थाँति राखेर आफ्नो संग्रह ल्याएको आरोप पनि नलागेको होइन । तर मलेसिया जानुभन्दा अगाडि करिब १० वर्ष पुरानो संग्रहलाई नै ल्याएको मात्र भनेर स्पष्टीकरण दिन पनि हत्तु भइरहेका छन् । उनी आफ्नो पुरानो संग्रह ल्याउन त्यसै हतारिएका होइनन् विरामीबाट भर्खर तङ्ग्रिएका सगर भन्छन् -'यसपाला मैले ठूलो खड्गो काटँे । विश्वास गरेर संस्थाको लघुकथा संग्रह निकाल्ने रकम समाजका सहसचिव मित्रप्रसाद बाँसकोटालाई छोडेको थिएँ त्यो साथीसँग सम्पर्कविच्छेद भयो । त्यसैले संस्थाको लघुकथा संग्रह थाँति छ । विराम...

महेश्वरको नेपाल भ्रमण

देवेन्द्र सुर्केली   जीवनमा पहिलोपल्ट महेश्वर विक नेपाल आइपुगे । मलेसियामा स्पष्ट नेपाली बोल्न सक्ने तथा नेपालीहरूसँग राम्ररी घुलमिल भएका महेश्वरले नेपालमा आफ्नो बुबाको जन्मघर त पुग्न सकेनन् । तर नेपालमा छँदा आपूmहरू उपाध्याय रहेको पछि बुबाको विवाहपछि विश्वकर्मा बनेको भन्नेचाहीँ बुझेर गए । कुरा ६२ वर्ष अगाडिको कुरा हो । कास्कीको कास्कीकोट पोखराका पशुपति उपाध्याय १५ वर्षका हुँदा मुग्लानिएर मलेसिया पुगे । जुनबेला दोश्रो विश्वयुद्ध चलिरहेको थियो । पहिलो विश्वयुद्धमा मलेसिया अड्किएका बाग्लुङका मोतीलाल विकको परिवारले मलेसियामै जन्मिएकी छोरी पोबे (Pobeh) बिकसँग विवाह गराइदियो । उनको सासुको जन्म पनि उतै नै भएको थियो । जसरी मोतीलाल बिक मलेसिया पुगेपछि त्यहाका नेपालीले ज्वाई बनायो, त्यसरी नै मोतिलालले पनि नेपालबाट पुगेका पशुपतिलाई ज्वाइँ बनाए । विश्ययुद्धताका धेरै नेपालीहरू ब्रिटिस सेनामा भर्ति भएका थिए । वीर गोर्खालीको उद्गार त्यतिखेरै देखि भिरेका हुन् । भारतमा रहेको ब्रिटिस सेना वर्माहुँदै थाइल्याण्ड र मलेसिया पुगेको देखिन्छ । उनै पशुपति र पोबेको कोखबाट १९५६ डिसेम्बरमा जोहोरबा...

मलेसियाका नेपाली साहित्यकाहरुले 'कसरी पढ्छन् नयाँ पुस्तक'

देवेन्द्र सुर्केली मलेसियाका आशालाग्दा नेपाली साहित्यकार भीम स्नेही नेपालबाट कोही रोजगारीको लागि मलेसिया आउँदैछन् भन्ने थाहा पाए भने हरतरहबाट पुस्तक मगाउने गर्दछन् । मलेसियामा प्रकाशित हुने नेपाली पत्रिका तथा अनलाइनहरुमार्फत नयाँ पुस्तक प्रकाशित भएको कुरा थाहा पाउँदछन् । नयाँ पुस्तकको सूचि बनाएर बस्छन् अनि कोही मलेसिया आउने थाहा पायो कि उक्त पुस्तकहरु ल्याइदिन आग्रह गर्दछन् । उनीजस्तै पुस्तक मगाएर पढ्नेहरुमा जीवन देवान गाउँले जीतमान राई सविन दिलदुःखी जन्तरे श्रीजनश्री मौलश्री लिम्बू दीपदर्शन आदि छन् । उनीहरुले पुस्तकको लागि आपुनो कमाईबाट छुट्याएर नेपाल पठाउने गरेका छन् । काठमाडौंमा सबै पुस्तक पाउन सकिने भएकोले काठमाडौंमा रहेका आफन्त या साथीभाईको मद्दत उनीहरुले लिने गरेका छन् । मलेसियाबाट नेपाली साहित्यका भण्डारमा हालसम्म १६ वटा उपन्यास ११ वटा गजल संग्रह ५ वटा कविता संग्रह २ वटा गीत संग्रह आइसकेका छन् । त्यसैगरी कथा लघुकथा नाटक संस्मरण संग्रह पनि १/१ वटा प्रकाशन भएका छन् । यो मोटामोटी अध्ययन मात्र हो । यतिमात्र नभएर मगर गुरुङ तामाङ याख्खालगायत जातीय संस्था र खोटाङ ताप्लेजुङ इलाम ...

मलेसियाका लिम्बू सर्जकसमेत समेटिएको पुस्तक

देवेन्द्र सुर्केली नेपालको साहित्यबजारमा 'किरात लिम्बुवान र लिम्बूहरु' नामक लिम्बू जाति लिम्बू जातिबाट चर्चित व्यक्तित्व उच्च ओहोदामा पुग्नेहरु साहित्यकार कलाकार आदिको परिचय बोक्ने पुस्तक प्रकाशनमा आएको छ । यस पुस्तकले लिम्बू जातिलाई नजिकबाट बुझ्न र बुझाउन सजिलो पार्नेछ भन्ने कुरामा दुईमत छैन । पुस्तकलाई सेर्मा साम्जीरी सेमी २०३३ ले तयार पारेका हुन् । माङ्जाबुङ पान्थरका सेर्माले यस संकलनभन्दा अगाडि किरात शक्इत्छी वर्णमाला २०५२ सालमा प्रकाशन गरेका थिए । यस वर्णमालाको पाँचौ संस्करणसमेत प्रकाशित भइसकेको छ । त्यसैगरी सुम्सुम साम्मीला सुङ कविता संग्रह २०५९ यक्केन ओधक्तीङबा आनीगे हुप्पान व्याकरण २०६३ सुम्जीरी फुङ कविता संग्रह २०६५ सहलेखन र किरात लिम्बुवान र लिम्बूहरुको भाग १ २०६५ को प्रकाशन गरिसक्नुभएको छ । लिम्बू जातिहरु नेपालको पूर्वी भागमा रहेका छन् । जसलाई हालको पुनस्रंरचित नेपालको लिम्बुवान हुनुपर्ने गतिलो आधारको रुपमा पनि खडा गरेका छन् । नेपालबाहेक भारत -सिक्किम असम पश्चिम वंगाल मिजोरोम भुटान वर्मा थाइल्याण्डमा स्थायी रुपमा बसोबास गरेका छन् भने हाल हङकङ अष्ट्रेलिया युके र अ...

केही छेस्काहरु

१ जीवनको न मुल्य पाउँछु न मान्यता न नाता भेट्छु न सम्बन्ध खाली हिजोअस्तिदेखि एउटा रोएको गीत लेख्न गइरहेको छु किन हो कुन्नी म आफै पनि धरधरी रुन थालीसकेको छु । २ ऋण मैले तिर्नु छ तिर्दिनँ भन्दा पनि तिनैै्रपर्छ म के गरौ साथीलौ के गरौ… जसरी हजुर मलाई समात्न आइरहनुभएको छ त्यसैगरी मैले पनि मेरा ऋण खानेहरुलाई दिनदिनै समात्न गइरहेको छु । ३ जीवन यसरी पनि बाँच्दो रहेछ देश मेरो ठान्छु देशमा भएको बाटो पुल घर…। मेरो जस्तै लाग्छ मेरै तापनि किन म लुकी लुकी झोडीहरुबाट गन्तव्यमा गइरहेछु ।

देवेन्द्र सुर्केलीसँगको कुराकानी

कोशी अञ्चल तेह्रथुम जिल्ला ओयाकजुङमा वि.सं. २०३८ साल फागुन महिनामा साहित्यकार देवेन्द्र सुर्केलीले यस धरतीमा पहिलो पटक आँखा खोल्नु भएको हो । विभिन्न पत्रपत्रिकाको सम्पादन साथै विभिन्न संघसंस्थमा आवद्ध रहेर क्रियासील भैरहनु भएको छ । खासगरि हाल मलेसीयामा विश्वविद्यालयको शिक्षा आर्जन गर्न जानु भएको हो । र त्यहाँ रहेर पनि साहित्य लेखनमा उनको हात निरन्तर चलिरहेको छ । त्यसैको कदर स्वरुप उनलेअन्तर्राष्ट्रिय पुरस्कार समेत पाउँन सफल हुनु भयो। उनै प्रखर साहित्यकार देवेन्द्र सुर्केलीसँग लिम्बुवान ब्लगका ब्लगर टंक सम्वाहाम्फेले कुराकानी गरेको अंश पाठकहरुको लागि प्रस्तुत गरिएको छ । http://limbuwan1.blogspot.com/2009/09/blog-post_05.html

युवराज जी धेरै धेरै धन्यवाद है !

मेरो अन्तर्बार्ता

साहित्य र जीवन एकअर्काका परिपुरक हुन् ।-युबा साहित्यकार देबेन्द्र सुर्केली खापुङ ♣ तपाईलाई चिन्न बाँकी रहेकाहरुमाझ आफूलाई कसरी चिनाउनुहुन्छ ?सर्बप्रथम त मलाई चिन्न सक्ने कुनै पहिचान नै बनाएको छैन मैले । कुनैबेला राजनीति गरेँ त्योबेलाका साथीहरुले मलाई त्यही रुपमा चिन्छन् । पत्रकारिता पनि गरेँ र साहित्य पनि कोरेँ । अहिले मलेसियामा रहेर पनि विभिन्न संघसंस्थामा आवद्ध छु । मलेसियामा पत्रकारिताको साथ बढि चाही ग्राफिक डिजाइनर पेशा अपनाएको छु । अनि यसै वर्षदेखि मलेसियाको एक निजी कम्पनी डिजी मोवाइलमा नेपाली समाचार सम्पादन तथा वाचनसमेत गरिरहेको छु । जुन मोवाइल लाइन १ लाख भन्दा बढि नेपालीहरुले प्रयोग गर्छन् । मलेसियाबाट अपडेट हुने www.malayanepal.com मा दैनिक समाचार अपडेट गर्ने गर्छु । तसर्थ मेरो कुनै स्पष्ट चिनाउने खालको पहिचान छैन । ♣ तपाईको सिर्जनात्मक हिडाई कतातिर जाँदैछ यतिबेला ?मेरो सिर्जनात्मक हिडाइ पनि पहिचानजस्तै अस्पष्ट नै छ । साच्ची मलेसिया भित्रिएपछि सिर्जनातर्फ धेरै कम हिडाई भएको छ मेरो । बिस्तृत हेर्नु होला - http://sahityasagar.blogspot.com/2009/01/blog-post_8555.html माँ

धन्यवाद

डी आर निश्चल जी धेरै धेरै धन्यवाद छ है www.sahityasagar.blogspot.कॉम माँ प्रकाशित

ग़ज़ल

देबेन्द्र सुर्केली आफैमा उभिएर जिउनुछ अर्वौ अर्व कान्छी जाबो मेरो सिन्दुर लाएर किन गर्व कान्छी । म त भाग्य होइन तिम्रो न भविष्य तौलने मान्छेमाथि विश्वास राख्दै किन बर्ब कान्छी । हुनसक्छ म पनि तिमीजस्तै पागल बनुला नै तर यत्रो सामू फैलाउने किन पर्व कान्छी । सिन्दुर लायौ माइती छाड्यौ मलाई पायौ माया हाम्रो सदा रहोस् किन लर्ब कान्छी । लर्ब - लर्बराउने अर्थमा बर्ब - बर्बराउने अर्थमा । desunone@yahoo.com

हरिकुमार श्रेष्ठको कृति अविरल यात्रा अध्ययन गरेपछि

हरिकुमार श्रेष्ठको कृति अविरल यात्रा अध्ययन गर्न थालेपछि मनमा यस कृतिबारे केही शब्द लेख्न हुटहुटी जाग्यो । तत्काल अनेसासले स्मारिका प्रकाशन गर्ने तयारी गरिहेको बेला र आफ्नो तर्फबाट पनि केही लेख्नैपर्ने अवस्थामा यस कृतिको बारेमा केही लेखौ कि भन्ने आशय प्रकट गरेँ- स्मारिका टिमसँग । कृति समिक्षा वा समालोचनाको खडेरी पनि परेको कारण कुनै आपत्ती त आएन तर मलेसियाका कुटनितिक नियोग सम्हालेर बसेका कैयौ देश विदेशमा समेत साहित्यिक अनुभव बटुलेका हरिकुमार श्रेष्ठको कृतिमाथि हात हाल्नु पनि धेरै अशोभनीय नै रहेको थियो -मेरो लािग । यद्यपि अध्ययन गर्दा भेटेका कुराहरु मेरो कोणको हेराई हुनसक्छन् भन्ने आँटले कलम चलाउने निधो गरेरै छाडे । अविरल यात्रा मुलतः संस्मरण हो । साहित्यको एक पाटो ओगटेको संस्मरणका पनि विभिन्न रुपहरु छन् । यात्रा निवन्ध नियात्रा अनुभव संगालो स्मृति आदिबाट लेखनी शुरु गरिने संस्मरणका पाटोहरु हुन् । कुनै संस्मरण यात्रासँग सम्बन्धित हुन्छन् भने कुनै अनुभव तथा स्मृतिसँग । अविरल यात्रा चाही संस्मरणभित्रका सबै रुपहरु पाइने शसक्त हस्ताक्षर हो भन्दा कुनै अतिसयोक्ति नहोला किनभने यसभित्र परेका संस्...

कति नै पो बाँच्दो रैछ

कति नै पो बाँच्दो रैछ चोखो माया छातीभित्र बाँच्नेहरु बाँचेका छन् मात्र झुटको ताँतीभित्र । मन छ भनेर नै माया उतै छाडेको थेु माया ठूलो भनेर नै जीवनसित गाभेको थेु लाखौ विन्ती गरेकै हो पुगिनछु भाँतीभित्र बाँच्नेहरु बाँचेका छन् मात्र झुटको ताँतीभित्र । हृदयमा खाटा बोकी भन्दैछु म कहिले नरुनु तिमीजस्तो म भईन तिमी कहिले म नहुनु यस्तो पनि हुँदो रहेछ हाम्रो एउटै जातिभित्र बाँच्नेहरु बाँचेका छन् मात्र झुटको ताँतीभित्र । देवेन्द्र सुर्केली

अभिव्यक्ति

आपुू भलो त जगतै भलो भर्खरै हो जगत वेघा पनि मलेसियाको नेपाली समुदायमा केही सकि्रय भएर लागे । व्यवसायी बने । सकि्रयताकै कारण उहाँलाई केही कार्यक्रममा डाकिए जब बोल्नको लागि माचमा बोलाइयो तब मात्र थाहा पाए कि बोल्न कति गाह्रो हुनेरहेछ । बोल्न त एउटा फर्मालिटि हो । फर्मालिटी पुर् याएर बोल्न धेरै गाह्रो हुन्छ । सुकन्या वाइवाले उहाँको श्रीमान निर्मल लामाको स्मृतिग्रन्थमा लेखेकी छिन् -श्रीमानको शोकसभामा मलाई पनि बोल्न लगाइयो बाबा ! मैले कहिले पनि माचमा उक्लेर बोलेकी थिइन । कसरी बोलौ भन्ने भईरहेको थियो । नबोलौ कि भन्दै थिएँ तर पनि बोल्नैपर्ने भयो । जब म माचमा उक्लेर बोल्न थाले मलाई आफै थाहा भएन कि कति धेरै बोले पीडा पोखाउन भाषणवाज नै हुननपर्ने रहेछ । एउटै हो सुकन्या वाइवा र जगत वेघाको व्यथा पनि । किनभने कार्यक्रमको लागि जगत वेघाले उपयुक्त शब्द जुटाउन सकेनन् । त्यसकारण आपुूलाई असफल सावित गर्दै माच छोडे । तर मनभरी व्यथा बोकेका जगतलाई आपुू बोल्न नसकेको पत्याउन सकेनन् । त्यही रात एउटा लेखसमेत लेखे । अनि आपुूमा रहेको जीवनका महत्वपूर्ण घटनालाई कृतिको रुपमा ल्याउने प्रतिवद्धता नै गरे । हुनपनि परदेशी ज...

संगतगुनाको फल

जब जाँडरक्सी अम्मल छोड भन्दा युवाहरु भन्छन् -ुबाउबाजेले खाइल्याएको कसरी छोड्न सकिन्छ ु ठीकै छ बाउबाजेको मानिल्याएको र खाइल्याएको हो भने । तर बाउबाजेले बजाई ल्याएको बाजचाही किन अलपत्र किन मादल खैजडीको ठाउँमा ड्रम र गीतारहरु । रात निकै छिप्पिसकेको थियो । मलेसियाको शान्त रात्रीको समयमा क्रमश च्याटिङ गर्ने क्रममा रुबेन पुनले अनायस यी शब्द फुत्काए । खाँदा खाँदै गाँस हातैमा अड्किने र बग्दाबग्दैको खोला अचानक रोकिएजस्तै किवोर्डमा पुगेको औंलाहरु एकछिन रोकिए । सुस्तरी सुस्तरी उक्त भनाईलाई माथिबाट पढँे तलबाट पढेँ । चारैतिरबाट पढेँ । अकाट्य वाणी झै लाग्ने यि शब्दभित्रका रुबेन पुन यतै कतै रोइरहेजस्तो लाग्यो । उनीसँगको वार्ता त्यतिले पुगेन । र फेरि फेरि पनि हुन थाल्यो च्याटिङ । त्यसमा उनी साहित्य र संगीत भनेपछि हुरुक्कै हुने । त्यो सम्बन्धी चर्चा चलायो कि कान ठाडा ठाडा पारेर उत्सुकता जनाइहाल्थे । उनको यथार्थता बुझेर नै हाम्रो च्याटिङहरुमा उनै गीत संगीत र साहित्यको कुरा हुन्थ्यो । हुँदा हुँदा कुराकानीको लामै फेहरिस्त बनिसकेछ । च्याटिङ गरेको कुरालाई सेभ गरेर अध्ययन गर्दा पत्ता लाग्यो । अनि कुराकानीकै...

बल्ल बन्यो लक्ष्य

नेपाल हाउस कोतारायाको जालान सिलाङमा खोलिएपछि नेपाली रेष्टुरेन्ट तथा पसलहरुको ओइरो लाग्यो उही जालान सिलाङमा । पहिले पहिले बंगालीहरुको भीड लाग्ने उक्त ठाउँमा पछि नेपालीहरुले भराए । अझै पनि उक्त ठाउँमा नेपालीहरुको ठूलो हटियाजस्तै लाग्छ -प्रत्येक आइतबार । पछि नेपाल हाउसले सिर्जना गरेको सानो बजारलाई जालान सिलाङले धानेन । पुदुराया चाइना टाउन सेन्ट्रल मार्केट र मस्जिद जमेकभित्रको चारकिल्ला नेपाली बजारको रुपमा खिचियो । उही जालान सिलाङको भीडभित्र खुम्चिएको नेपाली बजारको चर्चित रेमिट्यान्स आइएमई जालान मेडान पासारमा सरेपछि नेपाली बजार विस्तारै उतैतिर मोडिन पुग्यो । प्रारम्भमा साइनो रेष्टुरेष्ट र चौतारी रेष्टुरेन्टले धानेको उक्त जालानमा विस्तारै हाम्रो रेष्टुरेन्ट तथा हिमाल रेमिट अनि प्रभु रेमिटको अभ्युदय हुँदै गयो । समय बग्दै बग्दै जानेरहेछ । जहाँ रहेपनि नेपालीहरुले आफ्नो रितिथिति नबिस्रने परम्परा भएर नै होला जालान सिलाङमै रहेको हाम्रो रेष्टुरेन्ट उक्त ठाउँमा पनि शाखा खोल्न पुग्यो । नेपाली रेष्टुरेन्टमा पाइने खुराकहरुभन्दा अलि बढि थपेर । एकतामा नेपालमा धेरैभन्दा धेरै चलेको दोहोरी रेष्टुरेन्ट तथा ...

सधेप्रवासको निम्ती

राजा महेन्द्रको पालाको कुरा । जुन समयमा मनाङ्गेहरुलाई विदेश जाने सुविधा पाएका थिए । त्यसैले विभिन्न मुलुकहरुमा मनाङ्गेहरुले हैसियत बढाएर बसेका छन् । यो त्यहीबेलाको देन हो । तिनै मनाङ्गेहरुमध्ये मलेसियाको लागि भागमा परेका छन् कर्मा गुरुङ । जसको इतिहास पच्चिस वर्ष लामो छ । विदेशमोह नेपालीको सानैदेखि हुनेरहेछ अर्थात बनाइदोरहेछ । कर्मा गुरुङको आत्मकथा सुनेपछि यो लेख्न बाध्य बनायो । १९६२ साल मनाङमा बुबा फचो गुरुङ र आमा फुलाक्मा पाल्मा गुरुङको कोखबाट जन्म लिनुभएका कर्माले ७ वर्षसम्म गाउँमै हुर्के । त्यसपछि नवगिरी -तिव्वतीयन स्कुल मा पठन पाठन शुरु गरेर ७ कक्षासम्म मात्रै के पढेका थिए राजा महेन्द्रले मनाङेलाई लाइसेन्स दिन थालिहाले । उनको उमेर १२ वर्षमात्र पुगेको थियो । तै पनि उनले उमेर बढाए १८ वर्षको बनाएर पासपोर्ट बनाए । त्यो समय विक्रम सम्बत २०२४ साल हुनुपर्छ । उनी थाइल्याण्ड आएर १ महिना १० दिन बस्न भ्याए । त्यसपछि नेपाल फर्केका उनलाई पढ्न मन लागेन । भनुँ न एककिसिमको बानी लाग्यो बाहिरफेर हिड्ने । उनको मन विस्तारै व्यापारतिर खिचियो । उनी भन्छन् -त्यही समयदेखि नेपालमा विदेशबाट आएका कपडाहरु लगा...

जिन्दगी, यात्रा र हिसाब किताब

साहित्य कसरी लेखिन्छ यो प्रश्नको उत्तर धेरैले धेरै कोणबाट दिन्छन् । कोही सिर्जनशील हुन्छन् -सानैदेखि त्यसकारण सिर्जना फुर्छ कसैको प्रेमवियोगबाट प्रभावित भएर साहित्य कोर्छन् भने कोही साहित्य बुझेपछि साहित्य कोर्छन् । समग्रमा भन्नुपर्दा हासो खुशी सबै साहित्यका श्रोत हुन् । तर महेन्द्र बजगाईको भने साहित्य लेखाईको प्रसँग केही फरक र रोचक रहेको छ । त्यसो त मिनी नेपाल रहेको कोतारायास्थित प्रभु रेमिटको भित्री कोठामा दैनिक हिसाब किताबमा व्यस्त रहेका हुन्छन् -महेन्द्र । कसरी साहित्यको कुरा भन्ने प्रश्न टड्कारो रुपमा आउन सक्छ । फेरि उनको सात पेज लामो व्यक्तिगत विवरणले पनि बताउँछ कि उनी कति व्यस्त र साहित्यभन्दा फरक धारका मान्छे हुन् भन्ने । तर पनि उनी राम्रा सर्जक हुन् । यात्रा साहित्यमा विशेष कलम चलाउने महेन्द्र बजगाईको यात्रा पनि अदभुत नै छ । उनी भन्छन् -मैले नेपालको ६२ जिल्ला पूरै घुमेको छु । व्यक्तिगत विवरणमा नसमेटिएको कुरा यहाँ उल्लेख गर्नुपर्दा उनको पूर्खा पश्चिम नेपालका हुन् । तर कालान्तरमा उनको स्थाई बसोबास पूर्व भयो । धनकुटाको लुम्फाजुङ डाँडाबजारमा जन्म लिन पुगे -२०२५ सालमा र पुनः चुलाचु...

म मलेसियाको माया लिएर फर्कदैछु

पूख्यौली कहाँ हो भन्ने प्रश्नमा धरान भनिन् जमुना राईले । तर वान्तवा राईहरुको पुख्यौली धरान हुन सक्दैन । धरान १०० वर्ष अगाडि मात्र बनेको बस्ती हो । त्यसैले धरानका सबै मानिसहरु बेग्लै ठाउँबाट आएर बसेका हुन् । जमुनाको परिवारमा निकै लामै बसाईसराई हुन पुगेको रहेछ भन्ने अनुमान भयो । किनभने उनी धरानसमेत पुगेकी रहेनछिन् । शायद धनकुटा भोजपुर संखुवासभा कतैबाट रामबहादुर राई जीवन चलाउनको निम्ति धरान झरे । धरान एउटा ठूलो व्यापारिक केन्द्र हो । जहाँबाट पूर्वी पहाडी जिल्लाको निम्ति सम्पूर्ण सामानहरु र बसहरु लाग्ने गर्दछ । सुगम जिल्ला भएको र त्यहाँबाट केही अवसरहरु पाइने भएकोले नै होला रामबहादुर राई बसको पछाडि लागे । र बसबाट उनको जीवनमा धेरै परिवर्तन ल्याइदियो । विस्तारै काठमाडौमा नै बसाई सर्न पुगे । हो त्यही काठमाडौको बानेश्वरमा जमुना राईको जन्म हुन पुग्यो २०४४ सालमा । उनीभन्दा पहिले दाजु ठाकुर राईको जन्म भईसकेको थियो । र उनीपछि बहिनी यमुना राई । आमा चुनमाया राई मगर को साथमा ५ जनाको परिवार थियो उनको । उनले बानेश्वरकै रत्नराज्य माविमा अध्ययन गर्न थालिन् । त्यहीबाटै एसएलसीसम्मको अध्ययन सिध्याईन् । त्यसप...

साहित्यिक आइडल

आफ्नै धनमा हामी आफ्नै उमेर बेच्न आएका छौ हाँसो के हो थाहा छैन आँशुमात्र पाएका छौ । मलेसियाबाट प्रकाशित हुने पत्रिकाका हरेक अंकहरुमा भरसक श्रीजन श्री छुट्दैनन् । पत्रिकाका कार्यलयहरुमा उनको रचना अझै थाकको थाक रहेको छ भनेर पत्रिकासँग सम्बन्धित व्यक्तिहरुले बताएका छन् । हरेक हप्ताको आइतबार उनी कोताराया आउनुपर् यो भने उनीसँग एकभारी सिर्जना नै हुने गर्छ । अनि प्रत्येक पत्रिकालाई भागवण्डा लगाएर बाड्छन् -ति सिर्जनाहरु । मानौ उनी सिर्जनाका फ्याक्ट्री हुन् । उनका सिर्जनाहरु खेर गएनन् । उनको संघर्षको वावजुद नै हालै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मलेसिया शाखाले आयोजना गरेको मलेसियाव्यापी वृहद कविता प्रतियोगीतामा उनी प्रथम हुन पुगे । र यो वर्षको लागि मलेसियाको नेपाली समुदायमा उनी साहित्यिक आइडल बन्न पुगे । साहित्यसँग भावना लुकेको हुन्छ संवेदना लुकेको हुन्छ । साहित्य पढाउँदा र पढ्दा पढिने कुरा हुन् । तर साहित्यको साथमा गरिबी अभाव लुकेको छ भनेर चाही साहित्कारको जीवनी पढ्दा मात्र थाहा हुन्छ । भलै श्रीजनश्रीको जीवनीसँग नमिलोस् । २०३७ असार ७ आमा नन्दादेवी पाल र बाबा मानबहादुर पालको कोखबाट धाप ७ नि...