Skip to main content

मलेसियाका नेपाली साहित्यकाहरुले 'कसरी पढ्छन् नयाँ पुस्तक'

देवेन्द्र सुर्केली
मलेसियाका आशालाग्दा नेपाली साहित्यकार भीम स्नेही नेपालबाट कोही रोजगारीको लागि मलेसिया आउँदैछन् भन्ने थाहा पाए भने हरतरहबाट पुस्तक मगाउने गर्दछन् । मलेसियामा प्रकाशित हुने नेपाली पत्रिका तथा अनलाइनहरुमार्फत नयाँ पुस्तक प्रकाशित भएको कुरा थाहा पाउँदछन् । नयाँ पुस्तकको सूचि बनाएर बस्छन् अनि कोही मलेसिया आउने थाहा पायो कि उक्त पुस्तकहरु ल्याइदिन आग्रह गर्दछन् । उनीजस्तै पुस्तक मगाएर पढ्नेहरुमा जीवन देवान गाउँले जीतमान राई सविन दिलदुःखी जन्तरे श्रीजनश्री मौलश्री लिम्बू दीपदर्शन आदि छन् । उनीहरुले पुस्तकको लागि आपुनो कमाईबाट छुट्याएर नेपाल पठाउने गरेका छन् । काठमाडौंमा सबै पुस्तक पाउन सकिने भएकोले काठमाडौंमा रहेका आफन्त या साथीभाईको मद्दत उनीहरुले लिने गरेका छन् ।
मलेसियाबाट नेपाली साहित्यका भण्डारमा हालसम्म १६ वटा उपन्यास ११ वटा गजल संग्रह ५ वटा कविता संग्रह २ वटा गीत संग्रह आइसकेका छन् । त्यसैगरी कथा लघुकथा नाटक संस्मरण संग्रह पनि १/१ वटा प्रकाशन भएका छन् । यो मोटामोटी अध्ययन मात्र हो । यतिमात्र नभएर मगर गुरुङ तामाङ याख्खालगायत जातीय संस्था र खोटाङ ताप्लेजुङ इलाम कास्की आदि जिल्ला सम्पर्क माचहरुबाट पनि स्मारिका प्रकाशित भएका छन् । साहित्यिक संस्थाहरु अनेसास प्रवासी नयन साहित्य समाज नेपाल साहित्य समाज उदाउँदो तारा साहित्य समाज अनाममण्डली आदि साहित्यिक संस्थाहरुले साहित्य संगालो प्रकाशन नगर्ने कुरो भएन । पुस्तकारमा प्रकाशित हुने सबै खुराकहरु साहित्य नै रहेका छन् अलि अलि संस्थाका गतिविधिबाहेक । अनुमानित ४ लाख नेपाली रहेको मलेसियामा नेपाली साहित्यको विकास भएको मान्नुपर्छ । कुनैबेला लेखिएका सामाग्री नेपाल पठाएर प्रकाशित गर्दा हराउने नासिने भएकोले प्रकाशन गर्न हच्किन्थे लेखकहरु । पछिल्लो समयमा नेपाली लिपि टाइप गरी डिजाइन गर्न सक्नेहरु मलेसिया पुगेपछि प्रकाशन गर्नेहरुको संख्या बढेको हो । कुनै बेला महिनैपिच्छे कृति विमोचन सम्म पनि भएका छन् ।
साहित्य सिर्जना गर्नको लागि सहायक पुस्तक पढ्नुपर्छ । तर सबै सहायक पुस्तक मलेसिया आइपुग्दैन । पुस्तकप्रेमीहरुको संख्या बढेकोले मनकामना सपिङ सेन्टरका हाकिम श्रेष्ठ हरेक नयाँ नयाँ पुस्तकहरु राख्ने कोशिषमा छन् । तर नयाँ र चर्चा कमाउन सफल पुस्तकको सूचि तयार गर्न नसकेको स्वीकार्छन् । बजारमा पठनीय नयाँ पुस्तक आएको कुरा पसलेलाई जानकारी गराउन नसक्नु पनि अर्को कारक हो भन्छन् जीवन देवान गाउँले । विश्व नेपाली साहित्य महासंघ मलेसिया अध्यक्षसमेत रहेका गाउँले मलेसिया बसाइँको लामो समयसम्म साहित्यमा बिताएका छन् । 'बजारमा आएको पुस्तक खरिद गर्नु र पसलेलाई पुस्तक मगाउनु फरकफरक बाटो हुन्छ प्रवासमा ।' गाउँले थप्छन् । किनभने पसले आफैले ल्याएको कुरामा पसले जवाफदेही हुनुपर्छ भने मगाएकोमा मगाउने ।
आफूलाई चाहेको पुस्तक यहाँ उपलब्ध नहुँदा नेपालबाट मगाउने र इन्टरनेटमा साहित्य रचना पढेर साहित्यको तुष्टि लिने गर्दछन् साहित्यकार मौलश्री लिम्बू । उनको स्वरमा हो मा हो मिलाउँछन् उदाउँदो तारा साहित्य समाज पेनाङका अध्यक्ष दीप दर्शन पनि ।
मलेसियामा आइपुगेको पुस्तक एकअर्कामा बाँडेर पढ्नु पनि अर्को विशेषता हो । नयाँ आएको पुस्तक पेनाङबाट जोहोर केएलबाट इपोलगायत सबैतिर छरिएर पढिने गरेका छन् । तर कतिपयले पुस्तक गायव पारिदिने पनि गरेका छन् । पुस्तक गायब भइदिँदा निकै चित्त दुखेको जीतमान राई सविनले उल्लेख गरेका छन् ।
चर्चा पाएर पनि पुस्तक पढ्न नपाउँदा खिन्न भएको छ जीवन देवान गाउँलेलाई । पछिल्लोपटक प्रवासमा लेखिएर चर्चा कमाएको पुस्तक 'एब्स्ट्रयाक बैंककु'पढ्न नपाउँदा निकै हुटहुटी भएको हो । यद्यपि आवश्यकताभन्दा बढि चर्चा भएछ भन्ने अनुभूति भने गर्न नसकेको कुरा औंल्याउँदै भीम स्नेही ठट्याउलो पारामा भन्छन् -दिमाग बाक्लो भएर ।
पछिल्लो पटक नेपाल प्रज्ञा प्रतिष्ठानले प्रवासमा लेखिएको साहित्यलाई अध्ययन गर्ने योजना अगाडि सारेको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज विश्व नेपाली साहित्य महासंघ लगायतको गतिविधि बढेकोले पनि प्रतिष्ठानको लागि सहायक बन्न सफल भएको हो । नेपाली साहित्यको विकासचरण नै प्रवासको भूमिबाट भएकोले प्रवासी नेपाली साहित्यबाट नेपालमा अहम भूमिका खेल्न सक्नेछ । हङकङ अमेरिकालगायतका देशहरुबाट आएको साहित्यलाई कतिपय समिक्षकहरुले डलरे साहित्यको उपाधि पनि दिएका छन् । तर खाडी मुलुक र मलेसियाजस्ता देशहरुमा उब्जिएको साहित्य पसिनासँगै उब्जिएको साहित्य हुन् भन्दा अत्योक्ति नहोला । साहित्यको बजार बुझेर अहिले साहित्यको लागि आएका राम्रा-राम्रा प्रकाशनसंस्थाहरुले मलेसियालगायतका देशहरुमा पनि स्टलको व्यवस्था गर्न सके पाठकहरुको हुटहुटी केही मत्थर हुन्थ्यो कि
जीवन देवान गाउँले
पढ्नै पर्ने वा पढ्नलायक पुस्तक खरिद गर्ने सुविधाको विकास अझै भएको छैन मलेसियामा । जसले गर्दा नेपालबाटै मगाउनुनको विकल्प छैन । त्यही विकल्प अनुशरन गर्ने मध्यको एक म पनि हुँ । त्यसको अलवा साथीभाईसँग भएको पुस्तक मागेर काम चलाउँछु । पढ्नै पर्ने पुस्तकमात्र होइन पुस्तकार नभई सकेको सिर्जना पनि थाहा पाउने सजिलो माध्यम भएको छ फेसबुक । र म पनि धेरै जानकारी फेसबुकबाटै लिन्छु । त्यसको अलावा नेपालमा हुनु भएका साचारकर्मीहरुबाट पनि जानकारी लिन्छु । चर्चा चलेका तर अहिलेसम्म पढ्न नपाएको पुस्तक अब्स्ट्रयाक बैंकक हो । उपन्यास लेखनमा नुतन प्रयोग छ भनेर साथीहरुले चर्चा गर्दिएपछि पढ्ने हुटुहुटी चुलिएको छ ।
भीम स्नेही
मैले चाही अग्रज दाइहरुबाट राम्रा पुस्तकहरु पढेको छु । अहिलेसम्म सुकरातको पाइला राधा अन्तर्मनको यात्रा पल्पसा क्याफे आमा लोलिता दशगजामा उभिएर राइफलको नालबाट जीवन नियाल्दा श्रष्टा र समय विशे नगर्चीको बयान भुमध्यरेखा एक हातको ताली वादी विज्ञप्ती जीवन काँडा कि फूल रेगिस्तान डायरी भोली बास्ने बिहान गौथलीको गुँड उत्तरआधुनिक ऐना आदि अध्यय गरिसके पनि खासै लेखन र विचारमा केही परिवर्तन भएको छैन । बाक्लो दिमाग भएकोले ।
जीतमान राई 'सविन'
नेपालमा नया आएका पुस्तकहरु यहा बजारमा बिरलै आइपुग्छन् । त्यसैले यहाको बजारमा म खासै नेपाली राम्रा पुस्तकहरु खोज्दिनँ । मैले धेरै पुस्तकहरु नेपालबाटै मगाएर पढ्ने गरेको छु । पछिल्लो पल्ट ´मक घिमिरेको जीवन काडा की फूल पढेको छु । अहिले केही हप्ताभित्रै ५ वटा पुस्तक गणेश रसिकको दशगजामा उभिएर, नयनराज पाण्डेको लु, कृष्ण अबिरलको जयमाया, बुद्धि सागरको कर्णाली ब्लुज र के.पी. ढुंगानाको ओपन सेक्रेट आइपुग्दैछ । मैले यही बिदेश मै मगाएर पढेको महत्वपुर्ण पुस्तकहरु पल्पसा क्याफे सोह्र साँ´हरु जीवन काडा की फूल हेछाकुप्पा रक्तकुण्ड किरात भुमी र किरात जनजीवन किरातलगायत प्रकाश कोबितका धेरै प्रेमिल उपन्यासहरु हुन् । पढ्नै पर्ने नया पुस्तकहरु अनलाईन पत्रिका कै माध्यमबाट थाहा पाइन्छ तर कतिपय पुस्तकहरु थाहा पाएर पनि पढ्न पाइएको छैन । म सानैबाट पुस्तकप्रेमी हु । मन लागेको पुस्तकहरु समयमा पढ्न नपाउदा मनमा अर्कै छटपटी हुन्छ सायद यो पनि एक प्रकारको एडिक्ट नै होला की पढ्न मन लागेको पुस्तक हात पर्दा साह्रै आनन्द हुन्छ । सिनित्त पढिसकेर मात्रै छोडौ जस्तो हुन्छ तर यहा त्यो सम्भव हुन्न । पुस्तकहरु एस्कचेन्ज गरेर पनि पढिन्छ तर धेरै साथीहरुले दुःख गरेर मगाएको पुस्तक फिर्ता नदिदा साह्रै चित्त दुख्छ । एकजना साथीले मेरो सोह्र साँ´हरु भन्ने पुस्तक नै पच बनाएर नेपाल गयो । त्यही भएर पुस्तक अरुलाई पढ्न दिन पनि डर लाग्छ ।
दीलिप राई सगर
विदेशको ठाउँ रहँदाबस्दा मैले खासै सम्झनायोग्य पुस्तक पढेको याद छैन । बरु धेरै साथीभाईको सिर्जनाहरु यहिबाट प्रकाशित विभिन्न साप्ताहिक पत्रकारितामा पढेर फोनबाट एसएमएस गरेर र बोलेर प्रतिकि्रया लिनेदिने काम गरिन्थ्यो । म अहिले नेपालमा छु । ति कुराहरु सम्झदा मज्जा लाग्छ ।
मलेसियाबाट प्रकाशित कृतिहरु
कविता संग्रह अन्नपूर्णका कोशेलीहरु -एकराज घिमिरे, आस्थाका विद्रोहहरु - एकराज घिमिरे, भोगाईका श्रृङ्खलाहरु - युवराज साम्पाङ जेठा, सिम्माको नाममा नयाँ चिठी - इन्द्र नारथुङे, लिम्बुवान माम्मा - राजकुमार तेयुङ तरेवा (लिम्बू भाषामा)
गीत तिम्रै निम्ति - पूर्ण पूर्वेली राई, आँशुले भिजेको चिठी - रुवेन पुन रन,
उपन्यासहरु अन्धो समाज - केशव तिमि_िल्सना 'प्रभात', परदेशीएको पीडा -पदम दुःखी सम्बाहाम्फे, विवशताको पिँजडा - पदम रुसाहाङ चेम्जोङ, मोडपछिका मोडहरु - मनि राई गोठाले, ममताको पच्छ्यौरी - हरि रानाभाट, पर्देशी मायाप्रेम - इतुम लिम्बू गणेश विवश, एक यात्री दुई गोरेटो - रविन थापा मगर, निपोलो सम्मेलन - शंकर सापकोटा, चोट - हिमाल विष्ट, गरिवको विवशता - दिनेश भारती, भाग्यले जुरायो - वीरेन्द्र राई, दुश्मन - चन्द्र ढकाल झापाली, आकाश रोयो - डिआर निश्छल, सरिता - डिल्लीराम भण्डारी, पीरतीको घर - गनिन्द्र विवश सुब्बा,
गजल संग्रह विम्ब - संयुक्त (इन्द्र नारथुङे सं.), मेचीकाली - संयुक्त, सृजनाका स्वरहरु - संयुक्त उदाउँदो तारा साहित्य समाज, माटो हाँस्छ - श्रीजनश्री, माटो भन्नु मुटु रहेछ - श्रीजनश्री, कालो बादलभित्रको चन्द्रमा - दीप दर्शन, संघर्षको अनिदा रातहरु - जहरिसंह तामाङ यात्री, घरदेश र परदेशका अनुभूति - रमेश शुभेच्छु र सोमनाथ सुवेदी, रहरको फूल - रमेश गोठालो, मुटुभित्र देश रुँदा - शिशिर विन्दू, मेरिङ्गेन मिक्वा - राजकुमार तेयुङ तरेवा (लिम्बू भाषा),
Other क्रान्ति नायक (नाटक)अरुण ठूले दोभान, मेरो प्रवासको भोगाई र अनुभवहरु संस्मरण - राजु क्षेत्री 'अपुरो', युद्ध समािध (कथा) -मनि राई गोठाले, नियति लघुकथा - दिलिप राई सगर,

Comments

देबेन्द्र दाइको यो प्रस्तुती राम्रो लाग्यो... सबै जानकारी पाएँ...| साहित्यमा त म पनि अगाडी बढ्दै छु,, भर्खरै मात्र मेरो पहिलो एकल गजल संग्रह 'पर्खाइका बाटाहरु' गजल संग्रह बजारमा ल्याएको छु, र एउटा गजल पनि दीपक लिम्बूको स्वर र राजेश थापाको संगीतमा सांगीतिक गजल प्रस्तुत गर्न सफल भएँ... यी मेरा सबै कार्यहरु सफल पनि मलेशिया बाट नै भएका हुन्| साहित्यको लागि मलेशिया एउटा थलो नै बनि सकेको छ| त्यसैले मैले चिन्ने धेरै साथीहरु पनि साहित्यमैलागी परिहरुनु भएको देख्दा मैले पनि केहि गर्ने पर्छ भनेर अब दोर्सो कृतिको तयारीमा छु| धन्यवाद !
ZANNEN said…
i liked the article very much. Solidarity to the literature lovers in malaysia.
Pancha Vismrit said…
"मलेसियाको नेपाली क्रियाकलापको मोहनी साह्रै लाग्यो । मलेजिन्दगीभर यसै खोजमा लाग्छु होला जस्तै भयो ।"- देबेन्द्र सुर्केली

Popular posts from this blog

Pakistan's Bhutto assassinated at rally

By SADAQAT JAN and ZARAR KHAN, Associated Press Writers 8 minutes ago RAWALPINDI, Pakistan - Pakistan opposition leader Benazir Bhutto was assassinated Thursday in a suicide attack that also killed at least 20 others at a campaign rally, aides said. ADVERTISEMENT The death of the 54-year-old charismatic former prime minister threw the campaign for the Jan. 8 parliamentary elections into chaos and created fears of mass protests and violence across the nuclear-armed nation, an important U.S. ally in the war on terrorism. The attacker struck just minutes after Bhutto addressed thousands of supporters in the garrison city of Rawalpindi, 8 miles south of Islamabad. She was shot in the neck and chest by the attacker, who then blew himself up, said Rehman Malik, Bhutto's security adviser. At least 20 others were killed in the attack. Bhutto was rushed to the hospital and taken into emergency surgery. "At 6:16 p.m., she expired," said Wasif Ali Khan, a member of Bhutto's part...

भाग्यको नियति र साहित्यमा नियति

देवेन्द्र सुर्केली मलेसियाको साहित्यमा अझै नेपालको जनजीवनको बारेमा कलम चलेको छैन । उही दुःख उही पीडा । मलेसियाबाट हामीले यो साहित्य ल्याएका छौ भन्नेहरुले 'त्यहीको परिवेशमा भिजेर श्रमिक जीवनको साँघुरो कुराहरुलाई उक्काएर लैजानसके राम्रो हुन्छु भन्ने तर्कना दिन्छन् दिलिप सगर । यो महिना मलेसियाका चर्चित साहित्यकारको नाममा सूचिकृत भएका दिलिप सगर राईले 'नियति' नामक लघुकथा संग्रह लिएर आएका छन् । नयन साहित्य समाज जोहोरका अध्यक्ष समेत रहेका उनलाई समाजद्वारा प्रकाशन हुनलागेको संयुक्त लघुकथा संग्रहलाई थाँति राखेर आफ्नो संग्रह ल्याएको आरोप पनि नलागेको होइन । तर मलेसिया जानुभन्दा अगाडि करिब १० वर्ष पुरानो संग्रहलाई नै ल्याएको मात्र भनेर स्पष्टीकरण दिन पनि हत्तु भइरहेका छन् । उनी आफ्नो पुरानो संग्रह ल्याउन त्यसै हतारिएका होइनन् विरामीबाट भर्खर तङ्ग्रिएका सगर भन्छन् -'यसपाला मैले ठूलो खड्गो काटँे । विश्वास गरेर संस्थाको लघुकथा संग्रह निकाल्ने रकम समाजका सहसचिव मित्रप्रसाद बाँसकोटालाई छोडेको थिएँ त्यो साथीसँग सम्पर्कविच्छेद भयो । त्यसैले संस्थाको लघुकथा संग्रह थाँति छ । विराम...