Skip to main content

हरिकुमार श्रेष्ठको कृति अविरल यात्रा अध्ययन गरेपछि


हरिकुमार श्रेष्ठको कृति अविरल यात्रा अध्ययन गर्न थालेपछि मनमा यस कृतिबारे केही शब्द लेख्न हुटहुटी जाग्यो । तत्काल अनेसासले स्मारिका प्रकाशन गर्ने तयारी गरिहेको बेला र आफ्नो तर्फबाट पनि केही लेख्नैपर्ने अवस्थामा यस कृतिको बारेमा केही लेखौ कि भन्ने आशय प्रकट गरेँ- स्मारिका टिमसँग । कृति समिक्षा वा समालोचनाको खडेरी पनि परेको कारण कुनै आपत्ती त आएन तर मलेसियाका कुटनितिक नियोग सम्हालेर बसेका कैयौ देश विदेशमा समेत साहित्यिक अनुभव बटुलेका हरिकुमार श्रेष्ठको कृतिमाथि हात हाल्नु पनि धेरै अशोभनीय नै रहेको थियो -मेरो लािग । यद्यपि अध्ययन गर्दा भेटेका कुराहरु मेरो कोणको हेराई हुनसक्छन् भन्ने आँटले कलम चलाउने निधो गरेरै छाडे ।
अविरल यात्रा मुलतः संस्मरण हो । साहित्यको एक पाटो ओगटेको संस्मरणका पनि विभिन्न रुपहरु छन् । यात्रा निवन्ध नियात्रा अनुभव संगालो स्मृति आदिबाट लेखनी शुरु गरिने संस्मरणका पाटोहरु हुन् । कुनै संस्मरण यात्रासँग सम्बन्धित हुन्छन् भने कुनै अनुभव तथा स्मृतिसँग । अविरल यात्रा चाही संस्मरणभित्रका सबै रुपहरु पाइने शसक्त हस्ताक्षर हो भन्दा कुनै अतिसयोक्ति नहोला किनभने यसभित्र परेका संस्मरणमा यात्रा छ मनोवाद छ साथै भावनासँग बोलेको निबन्ध पनि छ ।
अविरल यात्रा जिन्दगीभरि गरिने यात्राको रुपमा प्रतिकको रुपमा लिन सकिन्छ । माथि नै भनियो लेखक कुटनितिक नियोगका कर्मचारी । विभिन्न देशहरुमा नियोग सम्हाल्न पुगेका उनी कैयौ देशहरुमा चहार्न पुग्दा उठेका तर्कना र नेपाल र अन्य देशलाई दाँजेर हेरिएको दृष्टिकोण नै अविरल यात्राका मुख्य विषय हुन् । न कि कुनै पैदलयात्रा वा विभिन्न देशमा घुम्न गएको Journey यात्राविवरण होइन ।
संस्मरण विधामा दुई कुरा पाइन्छ । एक लेखकले आपुूसँग भएको कुरा इमान्दारितासँग राख्नु । दुई कतिपय कुरा छिपाएर मेरो कुरा सही भन्ने ढिट कस्नु । नेपालमा पाइएका केही संस्मरणका पुस्तकहरुले कतिपय इतिहास लुकाएको र कतिपयले इतिहास बनाउन मद्दत दिएको कुराहरु छिपेको छैन । तर अविरल यात्रामा दोश्रो कुराको लेस छैन । जसका उदाहरणहरु प्रसस्त छन् -पुस्तकभित्र ।
पुस्तकबाट पाएको कुरालाई मैले यसरी मुख्य विषयबस्तु बनाएको छु ।
१। अविरल यात्रामा व्यक्तिको चित्रण र उबाट देश र जीवनले सिक्न सकिने कुरा
२। विभिन्न देशको नियम कानुनबारे आफ्नो हेराईसहित जानकारी
३। विदेशमा रहँदा देशप्रतिको मोह र देशविकासको चिन्ता
४। आफ्नै बानी Habit लाई जस्ताको तस्तै राख्न सक्षम
५। परिवारप्रतिको उत्तरदायित्व ।
जम्मा २१ वटा संस्मरण निबन्धमा मैले पाएको कुरा यति हुन् । यि भन्दा धेरै नै रहेका छन् उठान गर्नुपर्ने विषयहरु । तथापी हतार र छोटो समयमा देखेको कुरा समावेश गरेको हुँ ।
उनी कुटनितिक नियोगका कर्मचारी । त्यसैले विभिन्न देशमा कर्मचारीको रुपमा पुग्ने काम नै भयो । कुटनितिक क्षेत्रमा लागेपछि व्यक्तिसँगको चासो उसको कुटनैतिक प्रसँग कोट्याउनुपर्ने हुन्छ । त्यसैको प्रतिफल राजघाटमा राजिव लेखिनु पुग्यो । जो युवाकालमा िसंगो भारतका प्रधानमन्त्री हुन पुगेका थिए । तर राजिवको जनतासँगको ज्यादै घुलमिलका कारण युवाकालमै ज्यान गुमाउनु पर् यो । गुमाएको क्षणलाई राजघाटमा राजिवमा चित्रण गरेका छन् । त्यस्तै अविरल यात्राभित्रको अलविदा हमाल सर र कस्तो संयोग कस्तो वियोग चुडाबहादुर हमाल र कुमार ज्ञवालीको व्यक्ति चित्रण प्रस्तुत गरिएको निवन्धहरु हुन् ।
संस्मरणले दिने अर्को कुरा भनेको जुन देशमा÷ठाउँमा पुग्यो त्यही ठाउँको सटिक ढंगले जानकारी दिनु पनि हो । लेखकले एकठाउँमा लेखेका छन् - ुउनलाई पनि आफ्नो देश मंगोलिया भुपरिवेष्ठित हुनुको पीडा थियो ।ु नेपालजस्तै भुपरिवेष्ठित देशहरु विश्वमा अरु पनि छन् । उनीहरुलाई धेरै कुराको सम्झौता गर्नुपर्ने हुन्छ । हामीलाई मंगोलियाको बारेमा यो जानकारी भयो । त्यस्तै अन्य कुरा सेन्ट पिटस्रवर्गको पुनः न्वारान साइवेरिया र लारिसाबाट पनि मृत सागर कि अमृत सागर चाल पाएको मालजस्ता निवन्धबाट हामीले धेरै कुरा जान्न सक्छौ ।
लेखकले जीवनमा पहिलो चोटी गल्फ खेल्न पुग्छन् । विश्वको सबैभन्दा महँगो खेल तथा भीआईपीहरुले खेलिने खेल मानिन्छ । उनी पनि देशको प्रतिनिधित्व गर्ने भएको भीआइपीमै परे । उनले भनेका छन् -ुमैले बल गरेर हान्दा कति पनि टाढा नपुग्ने र विस्तारै हान्दा फेरि टाढा पुग्ने भएकोले मेसो नै पाइन । यसै भएन उसै भएन गोर्खालीकटले हानेको त ठाउँमै पुगेछ । प्रथम पुरस्कार नै जितियो ।ु भनेर आफ्नो देश र गोर्खालीप्रतिको बख्यान गरेका छन् । लेखक जहाँ जहाँ पुग्छन् त्यहाँ त्यहाँ नेपालसँग दाँजेको चित्रण पनि व्याख्या गर्न लायकको छ । जसले गर्दा विदेशबारे बुझ्न सजिलो पर्ने नै भयो । देशको बारेमा कति चिन्ता रहेछ भन्ने ुविदेशी छापामा स्वदेश चित्रणु हेर्दा थाहा हुन्छ । कतिपय देशमा लुटिनु परेको क्षण कतिपय देशमा अत्यन्तै माया र सहयोग पाएको क्षणहरु निर्धक्कसाथ ओकलेका छन् । आफ्नो कुरा दुरुस्त उतार्नु पनि संग्रहको अर्को सफलता हो । एउटा उद्धरणलाई यहाँ प्रस्तुत गर्दा काफी हुन्छ जस्तै -ुअग्ला अग्ला जर्मन केटीहरुले तिघ्रा देखाएर प्रदर्शन गर्ने एक्रोवेटिक कार्यक्रम भनेर उनले लोभ्याइदिएकाले हाम्रो थकाईसकाई कहाँ हरायो हरायो । छिटो छिटो तयार भएर त्यतिखेर केन्द्रमा पशिक्षण लिईरहेका विभिन्न मुलुकका प्रशिक्षार्थीहरुसँगै हामी पनि पूर्वि वर्लिनको लागि बसमा कोचिन पुग्यौ ।ु
विज्ञापनको दुनियाँ सुखद अनुभूति आदि निवन्धहरु बढि आत्मपरक रहेका छन् । त्यसमा संस्मरणभन्दा विचार बढि रहेको छ । पुस्तककै नाममा आधारित अविरल यात्राचाही मलेसियाको आएको वर्णन हो । उहिले नेपालमा मलाया भनिने मलायाको लाहुरे भएर आउने ठाउँमा उनी कुटनीतिक नियोग नै सम्हाल्न आइपुगे ।
समग्रमा यस कृतिलाई भन्नुपर्दा लेखकको सम्पूर्ण व्यक्तिविवरणकेा चित्रण हो भनेर पनि बुझ्न सकिन्छ । आमा खोजीरहेछु विशेष अन्तरङ्ग संस्मरण ले त्यो पुष्टि गराउँछ । आमा कति धन्य हुन्छिन् आमाको रुप कस्तो हुन्छ परिवारले आमालाई कस्तो माया गर्छन् भन्ने सम्पूर्ण छोराहरुको भाषा पनि बोलिदिएका छन् । माङ आमा शब्दले जनजातीय भाषाको प्रतितिधित्व समेत गरेका छन् । मा आमा आम्मा मम्मा माई आदि शब्द नेपालमा आमालाई पुकारिने शब्दहरु हुन् । किरात सम्प्रदायमा माङको अर्थ भग्वान हुन्छ । आमालाई भगवानको रुपमा हेरिने भएकोले त्यो शब्द परिपुरक छ । त्यसैगरी काली श्रीमतीलाई माया गरेर बोलाउने नाम को भूमिकालाई पनि लेखकले भुलेका छैनन् । कतिपय आपुूले नसोचेको कुराहरुमा श्रीमतीले व्यवस्थापन गरिदिएकोमा नारीको लक्षिणतामाथिको गुणगान गाएका पनि छन् ।
कतिपय शब्दहरु विदेशी भाषाका प्रयोग गरिएका पनि छन् । कतिपयलाई तत्काल अथ्र्याइएका छन् तर कतिपय भने अथ्र्याउन भ्याइएको छैन । कतिपय शब्दहरुलाई फुटनोटको आवश्यकता छ । यो चाही पुस्तक प्रकाशनको बेला नसोचिएका विषयहरु हुन् । यद्यपि यि दुईचारबाहेक पुस्तकले बोक्नुपर्ने गहनताभन्दा बढि नै जानकारीमुलक रहेको छ ।

Comments

Anonymous said…
Anesasko smarika padhne aas thiyo tara padhna paiyeko chaina, tara tapaiko blogsma padhna payeko ma thanks dina chahanchhu
Anonymous said…
tapaiko lekh padhe.

Popular posts from this blog

मलेसियाका नेपाली साहित्यकाहरुले 'कसरी पढ्छन् नयाँ पुस्तक'

देवेन्द्र सुर्केली मलेसियाका आशालाग्दा नेपाली साहित्यकार भीम स्नेही नेपालबाट कोही रोजगारीको लागि मलेसिया आउँदैछन् भन्ने थाहा पाए भने हरतरहबाट पुस्तक मगाउने गर्दछन् । मलेसियामा प्रकाशित हुने नेपाली पत्रिका तथा अनलाइनहरुमार्फत नयाँ पुस्तक प्रकाशित भएको कुरा थाहा पाउँदछन् । नयाँ पुस्तकको सूचि बनाएर बस्छन् अनि कोही मलेसिया आउने थाहा पायो कि उक्त पुस्तकहरु ल्याइदिन आग्रह गर्दछन् । उनीजस्तै पुस्तक मगाएर पढ्नेहरुमा जीवन देवान गाउँले जीतमान राई सविन दिलदुःखी जन्तरे श्रीजनश्री मौलश्री लिम्बू दीपदर्शन आदि छन् । उनीहरुले पुस्तकको लागि आपुनो कमाईबाट छुट्याएर नेपाल पठाउने गरेका छन् । काठमाडौंमा सबै पुस्तक पाउन सकिने भएकोले काठमाडौंमा रहेका आफन्त या साथीभाईको मद्दत उनीहरुले लिने गरेका छन् । मलेसियाबाट नेपाली साहित्यका भण्डारमा हालसम्म १६ वटा उपन्यास ११ वटा गजल संग्रह ५ वटा कविता संग्रह २ वटा गीत संग्रह आइसकेका छन् । त्यसैगरी कथा लघुकथा नाटक संस्मरण संग्रह पनि १/१ वटा प्रकाशन भएका छन् । यो मोटामोटी अध्ययन मात्र हो । यतिमात्र नभएर मगर गुरुङ तामाङ याख्खालगायत जातीय संस्था र खोटाङ ताप्लेजुङ इलाम ...

Pakistan's Bhutto assassinated at rally

By SADAQAT JAN and ZARAR KHAN, Associated Press Writers 8 minutes ago RAWALPINDI, Pakistan - Pakistan opposition leader Benazir Bhutto was assassinated Thursday in a suicide attack that also killed at least 20 others at a campaign rally, aides said. ADVERTISEMENT The death of the 54-year-old charismatic former prime minister threw the campaign for the Jan. 8 parliamentary elections into chaos and created fears of mass protests and violence across the nuclear-armed nation, an important U.S. ally in the war on terrorism. The attacker struck just minutes after Bhutto addressed thousands of supporters in the garrison city of Rawalpindi, 8 miles south of Islamabad. She was shot in the neck and chest by the attacker, who then blew himself up, said Rehman Malik, Bhutto's security adviser. At least 20 others were killed in the attack. Bhutto was rushed to the hospital and taken into emergency surgery. "At 6:16 p.m., she expired," said Wasif Ali Khan, a member of Bhutto's part...

भाग्यको नियति र साहित्यमा नियति

देवेन्द्र सुर्केली मलेसियाको साहित्यमा अझै नेपालको जनजीवनको बारेमा कलम चलेको छैन । उही दुःख उही पीडा । मलेसियाबाट हामीले यो साहित्य ल्याएका छौ भन्नेहरुले 'त्यहीको परिवेशमा भिजेर श्रमिक जीवनको साँघुरो कुराहरुलाई उक्काएर लैजानसके राम्रो हुन्छु भन्ने तर्कना दिन्छन् दिलिप सगर । यो महिना मलेसियाका चर्चित साहित्यकारको नाममा सूचिकृत भएका दिलिप सगर राईले 'नियति' नामक लघुकथा संग्रह लिएर आएका छन् । नयन साहित्य समाज जोहोरका अध्यक्ष समेत रहेका उनलाई समाजद्वारा प्रकाशन हुनलागेको संयुक्त लघुकथा संग्रहलाई थाँति राखेर आफ्नो संग्रह ल्याएको आरोप पनि नलागेको होइन । तर मलेसिया जानुभन्दा अगाडि करिब १० वर्ष पुरानो संग्रहलाई नै ल्याएको मात्र भनेर स्पष्टीकरण दिन पनि हत्तु भइरहेका छन् । उनी आफ्नो पुरानो संग्रह ल्याउन त्यसै हतारिएका होइनन् विरामीबाट भर्खर तङ्ग्रिएका सगर भन्छन् -'यसपाला मैले ठूलो खड्गो काटँे । विश्वास गरेर संस्थाको लघुकथा संग्रह निकाल्ने रकम समाजका सहसचिव मित्रप्रसाद बाँसकोटालाई छोडेको थिएँ त्यो साथीसँग सम्पर्कविच्छेद भयो । त्यसैले संस्थाको लघुकथा संग्रह थाँति छ । विराम...