Skip to main content

Posts

Showing posts from March 1, 2008

म मलेसियाको माया लिएर फर्कदैछु

पूख्यौली कहाँ हो भन्ने प्रश्नमा धरान भनिन् जमुना राईले । तर वान्तवा राईहरुको पुख्यौली धरान हुन सक्दैन । धरान १०० वर्ष अगाडि मात्र बनेको बस्ती हो । त्यसैले धरानका सबै मानिसहरु बेग्लै ठाउँबाट आएर बसेका हुन् । जमुनाको परिवारमा निकै लामै बसाईसराई हुन पुगेको रहेछ भन्ने अनुमान भयो । किनभने उनी धरानसमेत पुगेकी रहेनछिन् । शायद धनकुटा भोजपुर संखुवासभा कतैबाट रामबहादुर राई जीवन चलाउनको निम्ति धरान झरे । धरान एउटा ठूलो व्यापारिक केन्द्र हो । जहाँबाट पूर्वी पहाडी जिल्लाको निम्ति सम्पूर्ण सामानहरु र बसहरु लाग्ने गर्दछ । सुगम जिल्ला भएको र त्यहाँबाट केही अवसरहरु पाइने भएकोले नै होला रामबहादुर राई बसको पछाडि लागे । र बसबाट उनको जीवनमा धेरै परिवर्तन ल्याइदियो । विस्तारै काठमाडौमा नै बसाई सर्न पुगे । हो त्यही काठमाडौको बानेश्वरमा जमुना राईको जन्म हुन पुग्यो २०४४ सालमा । उनीभन्दा पहिले दाजु ठाकुर राईको जन्म भईसकेको थियो । र उनीपछि बहिनी यमुना राई । आमा चुनमाया राई मगर को साथमा ५ जनाको परिवार थियो उनको । उनले बानेश्वरकै रत्नराज्य माविमा अध्ययन गर्न थालिन् । त्यहीबाटै एसएलसीसम्मको अध्ययन सिध्याईन् । त्यसप

साहित्यिक आइडल

आफ्नै धनमा हामी आफ्नै उमेर बेच्न आएका छौ हाँसो के हो थाहा छैन आँशुमात्र पाएका छौ । मलेसियाबाट प्रकाशित हुने पत्रिकाका हरेक अंकहरुमा भरसक श्रीजन श्री छुट्दैनन् । पत्रिकाका कार्यलयहरुमा उनको रचना अझै थाकको थाक रहेको छ भनेर पत्रिकासँग सम्बन्धित व्यक्तिहरुले बताएका छन् । हरेक हप्ताको आइतबार उनी कोताराया आउनुपर् यो भने उनीसँग एकभारी सिर्जना नै हुने गर्छ । अनि प्रत्येक पत्रिकालाई भागवण्डा लगाएर बाड्छन् -ति सिर्जनाहरु । मानौ उनी सिर्जनाका फ्याक्ट्री हुन् । उनका सिर्जनाहरु खेर गएनन् । उनको संघर्षको वावजुद नै हालै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मलेसिया शाखाले आयोजना गरेको मलेसियाव्यापी वृहद कविता प्रतियोगीतामा उनी प्रथम हुन पुगे । र यो वर्षको लागि मलेसियाको नेपाली समुदायमा उनी साहित्यिक आइडल बन्न पुगे । साहित्यसँग भावना लुकेको हुन्छ संवेदना लुकेको हुन्छ । साहित्य पढाउँदा र पढ्दा पढिने कुरा हुन् । तर साहित्यको साथमा गरिबी अभाव लुकेको छ भनेर चाही साहित्कारको जीवनी पढ्दा मात्र थाहा हुन्छ । भलै श्रीजनश्रीको जीवनीसँग नमिलोस् । २०३७ असार ७ आमा नन्दादेवी पाल र बाबा मानबहादुर पालको कोखबाट धाप ७ नि