Skip to main content

म मलेसियाको माया लिएर फर्कदैछु


पूख्यौली कहाँ हो भन्ने प्रश्नमा धरान भनिन् जमुना राईले । तर वान्तवा राईहरुको पुख्यौली धरान हुन सक्दैन । धरान १०० वर्ष अगाडि मात्र बनेको बस्ती हो । त्यसैले धरानका सबै मानिसहरु बेग्लै ठाउँबाट आएर बसेका हुन् । जमुनाको परिवारमा निकै लामै बसाईसराई हुन पुगेको रहेछ भन्ने अनुमान भयो । किनभने उनी धरानसमेत पुगेकी रहेनछिन् ।

शायद धनकुटा भोजपुर संखुवासभा कतैबाट रामबहादुर राई जीवन चलाउनको निम्ति धरान झरे । धरान एउटा ठूलो व्यापारिक केन्द्र हो । जहाँबाट पूर्वी पहाडी जिल्लाको निम्ति सम्पूर्ण सामानहरु र बसहरु लाग्ने गर्दछ । सुगम जिल्ला भएको र त्यहाँबाट केही अवसरहरु पाइने भएकोले नै होला रामबहादुर राई बसको पछाडि लागे । र बसबाट उनको जीवनमा धेरै परिवर्तन ल्याइदियो । विस्तारै काठमाडौमा नै बसाई सर्न पुगे ।

हो त्यही काठमाडौको बानेश्वरमा जमुना राईको जन्म हुन पुग्यो २०४४ सालमा । उनीभन्दा पहिले दाजु ठाकुर राईको जन्म भईसकेको थियो । र उनीपछि बहिनी यमुना राई । आमा चुनमाया राई मगर को साथमा ५ जनाको परिवार थियो उनको । उनले बानेश्वरकै रत्नराज्य माविमा अध्ययन गर्न थालिन् । त्यहीबाटै एसएलसीसम्मको अध्ययन सिध्याईन् ।

त्यसपछि उनलाई पढ्न मन लागेन । किन पढ्न मन लागेन भन्ने कुराको उत्तर त्यहीबेला फुरेन । तर अहिले उनले बुझन् थालेकी छिन कि -नेपालको शिक्षापद्दति ठीक थिएन । व्यवाहारिक शिक्षा थिएन । जतिसुकै पढेपनि कुनै सीप नसिकीकन जिविकोपार्जन गर्न कठीन हुन्छ । त्यसैले पनि केही गर्न पर्छ भनेर पढाईको बिचबिचमा व्यूटिपार्लरसम्बन्धी सीप सिकिसकेको कुरा बताइन् ।

समयले फड्को मारिसकेको थियो उनको बुबा पनि कोरियामा रोजगाररत छन् । उनीहरुले स्थाई रुपमा नेपालटारमा बसोबास गर्न थालिसकेका थिए । माध्यमिक शिक्षा मात्र पार गरेकी जमुना भर्खर १८ वर्ष मात्र पुग्दै थिइन् तर साथीहरु सबै विदेश जाने सल्लाह गरेकोले उनमा पनि विदेशमोह जाग्यो । र धोविघाटस्थित पिज्म ओभरसिजबाट मलेसियाको लागि करिब १४ जना युवतीहरु छानिए ।

त्यसरी आजभन्दा अढाईवर्ष अगाडी एसएफ म्यानुफ्याक्चस्रमा कामको निमित्त आइपुगिन जमुना । १४ जना नेपाली महिला रहेको र ३८ जना नेपाली पुरुष रहेको कम्पनीमा अन्य देशका धेरै महिला तथा पुरुषहरु रहेका छन् । अन्य देशका महिलाहरुलाई कुनै पनि पुरुषहरुले त्यति वास्ता गरेको पाइँदैन । तर नेपाली पुरुषहरुले एउटी महिलाप्रतिको दृष्टिकोण र धारणा बेग्लै रहेको कुराले दुखित बनाएको क्षण रहेछ उनमा ।

उनको ग्रुपका साथीहरुबाट नेपाल तमू समाजसँग निकट हुने मौका जुरायो । मलेसियाको लागि महिला कलाकारहरुको खाँचो भइरहेको बेला उनीहरुबाट त्यो कुराको पूर्ति होला कि भन्ने प्रस्ताव आयो । सिके पछि के हुँदैन र ! उनीहरुले कम्पनीको केही समय उबारेर नाच्न सिके अनि तयार भए नेपाल तमू समाजद्धारा आयोजित फो ल्होछार कार्यक्रममा । उक्त कार्यक्रम एउटा कोशेढुंगो सावित भयो किनभने त्यस कार्यक्रमबाट धेरैले आफ्ना प्रतिभाहरु पस्कन पाए र त्यही पस्केका प्रतिभाहरुले मलेसियामा नयाँ र नौलो कार्यक्रमहरु दिन सक्षम पनि भए -धेरै कलाकारहरुले ।

त्यहीबेलादेखि नै जमुना राई भनेर मलेसियाको नेपाली बजारमा एउटा नाम आयो -नृत्याङ्गानाको रुपमा । स्कुलको प्यारेन्टस् डेहरुमा बाहेक अन्य कतै नृत्यको कार्यक्रममा भाग लिएकी थिइनन् -जमुनाले । नृत्यको कुनै प्रारम्भिक ज्ञानहरुसमेत लिएकी छैनन् । धेरै प्रभाव त चलचित्रहरुबाट हुने गर्छ । चलचित्र हेरेपछि त्यहाँ भएका हाउभाउबाट नृत्य गर्ने सक्ने खुबी पलाउँछ तर नृत्यको शास्त्रीय ढाँचाहरुको ज्ञान भने हुँदैन । त्यस्तै हो जमुनाको लागि पनि । राई भएको कारण केही साकेलाका सिलीहरुमा ताल मिलाएको अनुभव छ । अनि लोकदोहोरी घन्केको बेला अनायस अंगहरु चलेको अनुभूति छ । तर पनि पछिल्लो चरणहरुमा जमुनाले शसक्त नृत्य प्रस्तुत गरेर सबैलाई माथ ख्वाईन् । यसको श्रेय आफ्नो आत्मविश्वास र नृत्यकार उत्तम लामाको ठूलो सहयोग छ भनेर नाम तोक्न चुकाउँदिनन् ।

मलेसिया आएर नै यो प्रगति हुन सकेको हो । मलेसियामा हुने विभिन्न सांस्कृतिक कार्यक्रमहरुमा नृत्य गर्दा गर्दै नयाँ लहर चल्यो -युगल नृत्यको । हो त्यही युगल नृत्यको पाटोमा उनले उत्तम लामाको जोडी तहल्का मच्चाउन सफल छिन् । केही समयअगाडि द पृष्ठभूमि पत्रिकाकै पानामा युगल कलाकारको चर्चा भएको थियो । जोहोरका धिरज आले-ममता विक केएलका रविन्द्र गुरुङ-रेखा राई केएलकै केश गुरुङ-हेमा गुरुङको लहरमा उनीहरुले आफ्नो नाम लेखाएका थिए ।

यो जोडी कहिलेसम्म रहला त भन्ने प्रश्न राख्दा जमुनाले सटिक उत्तर दिइन् -मेरो लक्ष्य भनेको व्यूटीपार्लर खेाल्नु थियो । मलेसियाबाट नृत्यङ्गानासमेत बनेकी छु । नेपालमा आफ्नो सोचाईलाई अगाडि बढाउनका साथै मौका पाएसम्म नृत्यलाई पनि साथ दिनेछु । हेरौ उत्तम लामा दाईहरुसँग नेपालमा फेरि पनि संयोग जुटेछ भने पुनः जोडीको रुपमा नाच्नेछु । यथार्थमा हाम्रो सम्बन्ध भने दाजुबहिनीको छ ।

विवाह अनिवार्य हो भन्ने विचार छ जमुनाको । तर कहिले गर्ने भन्ने यकिन छैन । जीवनसाथी छानियो कि भन्दा अहिलेसम्म छैन भन्ने जवाफ दिइन् । दाजु पिपल्स क्याम्पसमा अध्ययनरत छ भने बहिनी मनमैजु क्याम्पसमा । बुबा कोरियामा कार्यरत रहेका छन् । बाबुछोरीको कमाईले कुनै नयाँ योजना गर्दैहुनुहुन्छ कि भन्ने प्रश्न राख्दा भनिन् -त्यस्तो छैन । शायद म छोरा भएको भए हुन्थ्यो कि मैले जति कमाए त्यो मेरो पेवाजस्तै हुनेछ ।

मलेसियाको बसाईलाई छोटो टिप्पणी गर्दै भनिन् -मैले लत्गभग तीनवर्षको अवधीमा आपुूलाई एउटी सक्षम महिलाको रुपमा पाएकी छु । मैले धेरै सिकेको छु । तर त्यो सबै खेर जाँदैछ । किनभने नेपालमा त्यस्ता फ्याक्ट्रीहरु छैनन् । तसर्थ मैले कमाएको केही पैसाले नयाँ योजना बनाउनुबाहेक विकल्प छैनन् । नेपाल गएपछि पुनः शुन्यबाट नै शुरु गर्नुपर्छ ।

चाचले उमेर अहिलेको उनको उमेर भनेको क्याम्पसमा साथीभाईहरुसँग होहल्ला गर्दै पढ्नुपर्ने उमेर तर परिस्थितिले उनलाई भविष्यको लामो यात्राबारे सोच्न बाध्य बनाएको छ सिकाएको छ । व्यवहारिक बनेकी छिन् त्यसैले त छुट्ने बेलामा भनिन् -परदेशमा पनि मैले परिवार पाएको छु । बल तमू नेपाल तमू समाज मलेसियाका अध्यक्ष जस्तो अविभावक पाएको छु । उत्तम लामाजस्तो गुरुहरु पाएको छु । अनि तपाईहरुको माया पाएको छु । यो नै मेरो अविश्मरणीय क्षण हो । म तपाईहरुलाई कहिलै भुल्ने छैन ।

प्रस्तुति ः देवेन्द्र सुर्केली





Comments

Popular posts from this blog

मलेसियाका नेपाली साहित्यकाहरुले 'कसरी पढ्छन् नयाँ पुस्तक'

देवेन्द्र सुर्केली मलेसियाका आशालाग्दा नेपाली साहित्यकार भीम स्नेही नेपालबाट कोही रोजगारीको लागि मलेसिया आउँदैछन् भन्ने थाहा पाए भने हरतरहबाट पुस्तक मगाउने गर्दछन् । मलेसियामा प्रकाशित हुने नेपाली पत्रिका तथा अनलाइनहरुमार्फत नयाँ पुस्तक प्रकाशित भएको कुरा थाहा पाउँदछन् । नयाँ पुस्तकको सूचि बनाएर बस्छन् अनि कोही मलेसिया आउने थाहा पायो कि उक्त पुस्तकहरु ल्याइदिन आग्रह गर्दछन् । उनीजस्तै पुस्तक मगाएर पढ्नेहरुमा जीवन देवान गाउँले जीतमान राई सविन दिलदुःखी जन्तरे श्रीजनश्री मौलश्री लिम्बू दीपदर्शन आदि छन् । उनीहरुले पुस्तकको लागि आपुनो कमाईबाट छुट्याएर नेपाल पठाउने गरेका छन् । काठमाडौंमा सबै पुस्तक पाउन सकिने भएकोले काठमाडौंमा रहेका आफन्त या साथीभाईको मद्दत उनीहरुले लिने गरेका छन् । मलेसियाबाट नेपाली साहित्यका भण्डारमा हालसम्म १६ वटा उपन्यास ११ वटा गजल संग्रह ५ वटा कविता संग्रह २ वटा गीत संग्रह आइसकेका छन् । त्यसैगरी कथा लघुकथा नाटक संस्मरण संग्रह पनि १/१ वटा प्रकाशन भएका छन् । यो मोटामोटी अध्ययन मात्र हो । यतिमात्र नभएर मगर गुरुङ तामाङ याख्खालगायत जातीय संस्था र खोटाङ ताप्लेजुङ इलाम ...

Khabar dinu..... (खबर दिनु......) || Kumari Yonghang || Ft. Laxmi Yongha...

गीत

८ वर्ष अगाडि यस्तो गीत पनि लेखिएछ ।  कति नै पो बाँच्दो रैछ चोखो माया छातीभित्र बाँच्नेहरु बाँचेका छन् मात्र झुटको ताँतीभित्र । मन छ भनेर नै माया उतै छाडेको थिए माया ठूलो भनेर नै जीवनसित गाभेको थिए लाखौ विन्ती गरेकै हो पुगिनछु भाँतीभित्र बाँच्नेहरु बाँचेका छन् मात्र झुटको ताँतीभित्र । हृदयमा खाटा बोकी भन्दैछु म कहिले नरुनु तिमीजस्तो म भईन तिमी कहिले म नहुनु यस्तो पनि हुँदो रहेछ हाम्रो एउटै जातिभित्र बाँच्नेहरु बाँचेका छन् मात्र झुटको ताँतीभित्र । -मलेसिया WEDNESDAY, DECEMBER 24, 2008