Skip to main content

महेश्वरको नेपाल भ्रमण

देवेन्द्र सुर्केली

 

जीवनमा पहिलोपल्ट महेश्वर विक नेपाल आइपुगे । मलेसियामा स्पष्ट नेपाली बोल्न सक्ने तथा नेपालीहरूसँग राम्ररी घुलमिल भएका महेश्वरले नेपालमा आफ्नो बुबाको जन्मघर त पुग्न सकेनन् । तर नेपालमा छँदा आपूmहरू उपाध्याय रहेको पछि बुबाको विवाहपछि विश्वकर्मा बनेको भन्नेचाहीँ बुझेर गए ।
कुरा ६२ वर्ष अगाडिको कुरा हो । कास्कीको कास्कीकोट पोखराका पशुपति उपाध्याय १५ वर्षका हुँदा मुग्लानिएर मलेसिया पुगे । जुनबेला दोश्रो विश्वयुद्ध चलिरहेको थियो । पहिलो विश्वयुद्धमा मलेसिया अड्किएका बाग्लुङका मोतीलाल विकको परिवारले मलेसियामै जन्मिएकी छोरी पोबे (Pobeh) बिकसँग विवाह गराइदियो । उनको सासुको जन्म पनि उतै नै भएको थियो । जसरी मोतीलाल बिक मलेसिया पुगेपछि त्यहाका नेपालीले ज्वाई बनायो, त्यसरी नै मोतिलालले पनि नेपालबाट पुगेका पशुपतिलाई ज्वाइँ बनाए ।
विश्ययुद्धताका धेरै नेपालीहरू ब्रिटिस सेनामा भर्ति भएका थिए । वीर गोर्खालीको उद्गार त्यतिखेरै देखि भिरेका हुन् । भारतमा रहेको ब्रिटिस सेना वर्माहुँदै थाइल्याण्ड र मलेसिया पुगेको देखिन्छ । उनै पशुपति र पोबेको कोखबाट १९५६ डिसेम्बरमा जोहोरबारुको सेगामतमा महेश्वर विकको जन्म भयो । जसले नेपालीहरूबीच स्पष्ट नेपाली बोल्ने मलेसियन नेपालीको रुपमा चिनाउन सफल भएका हुन् । जोहोरमा रहेका बुबा र पाहाङको क्वालालिविस भन्ने ठाउँमा जन्मिएकी आमासँग विवाह हुनु त्यो बेला पनि नेपालीहरूबीच नातागोता खोजिन्थ्यो भन्ने बुझिन्छ ।
महेश्वरले सेगामतकै प्राइमरी इङ्लिस स्कुलबाट प्रारम्भिक शिक्षा लिई उनकै अनुसार लगातार १३ वर्षसम्म पढे । जसलाई १३ कक्षासम्म नै लेख्दा फरक नपर्ने बताए । उन्नाइस वर्षको उमेरमा (सन् १९७५) जागीर खोज्न क्वालालम्पुर भित्रिएपछि उनी फेरि जोहोर फर्केर गएनन् । क्वालालम्पुरमा भर्खरै खुलेको युनाईटेड एसियन बैंकमा जागिर पाए । त्यो बैंक पछि धेरैवटा बैंकहरूसँग मिलेर सीआईएमबी बैंक बनेको छ । काउण्टर क्यासियरको रुपमा जागिरे भएका महेश्वरले करिब ७ वर्षसम्म मात्र काम गरे । त्यसपछि भने लगातार रुपमा ट्याक्सी चालकको रुपमा कार्यरत छन् । त्यसपछि उनले पनि नेपाली परिवारकै छोरी कालीमाया गुरुङसँग विवाह गरे । परिवारमा सबैले नेपाली भाषा बोल्ने भएको कारण उनको परिवारमा रहेका दुई जना बहिनी, एक भाई सबै स्पष्ट नेपाली वक्ता नै थिए । भाई बितिसेकेका छन भने एक बहिनी सिंगापुरका तुलबहादुर थापासँग विवाह गरेर उतै बसेको छन् । अर्को बहिनी धनवीर राईसँग क्वालालम्पूरमै घरजम गरेर बसेका छन् ।
१९८० मा विश्वका सबै मुलका मानिसहरू (जो मलेसियामा बस्छन्)ले मलेसियन नागरिकता पाएका हुन् । तर महेश्वरकोको भनाईअनुसार उनीहरूले १९५४ मा त्यहँको नागरिकता (सिटिजनसीप) पाएको बताएका छन् । लगभग १५ सय परिवार नेपाली रहेको उनको अनुमान छ । उनको छोराछोरी ३ जना रहेका छन् । छोराहरू सुरेन्द्रबहादुर र छोरा तिलकबहादुर अनि छोरी गायत्रीमाया उनका सन्तान हुन् । जेठा छोरा आमासँग मिलेर क्लिनिङ र धोवीको पसल सञ्चालन गरिरहेका छन् । छोरी कतार एयरवेजमा काम गर्छिन । भने कान्छो छोरा युपिएम युनिभर्सिटीमा अध्ययनरत रहेका छन् । उनको सेलाङ्गरको सेरडाङ भन्ने जिल्लाको श्री काम्बाङगेन आफ्नो निजी अपार्टमेन्ट रहेको छ । रावाङमा आफ्नै जमिन छ । जुन ३० वर्ष अगाडि खोलिएको गोर्खा एशोसिएसनको पहलमा मलेसियन सरकारले दिएको जग्गा हो । जसलाई गोर्खा काम्पोङ भनिन्छ । गोर्खा एशोसिएसनमा जे जति गोर्खाली आवद्ध रहे, ति सबैको जग्गा रहेको छ ।
भर्खरै मात्र अपार्टको ऋण तिरिसके उनले । आफ्नो जग्गा रहेकोले जहिले बनाएपनि हुने भएकोले गर्दा सजिलोको लागि अपार्टमेन्टमै बस्दै आएका हुन् ।
यसरी सन् १९४० तिर पुगेको उनको बुबा पशुपतिको जन्मथलो हेर्न महेश्वरले सन् २०१२ मा सके । यसमा पनि उनी अधुरो बनेर गएँ । बुबाको जन्म गाउँ त्यहि हो भन्नेसम्म अनुमान लगाए तर जन्मघर कुन थियो, बुबाले कसरी आफ्नो शैशवकाल र किशोर अवस्था गुजारे भन्ने कुरा पत्ता लगाउन सकेनन् । बुबाले बताउनु भएको गाउँ अहिले पुरै फेरिएको छ । नयाँ बासिन्दा छन् । त्यहिँको बासिन्दाहरूले बताएअनुसार त्यो गाउँ पहिले उपाध्याय बाहुनहरूको थियो । नेपाल आउन उहिलेदेखिको सोचाई भएपनि यो वर्षमात्र संयोग जुरेको हो । ६ जनाको टोली दुई बहिनी, एक जना ज्वाई तुलबहादुर थापा, सोल्टिनी खिमा थापा र श्रीमती कालीमाया गुरुङ भ्रमण टोलीमा थिए । नेपाल धेरै नै राम्रो लागेको उनले बताए । धेरै लामो समयसम्म त उनीहरू बस्न पाएनन् । छोटो बसाईका अवधिमा कास्कीकोट, पोखरा, फेवाताल, मनकामना उनीहरूको भ्रमणस्थानमा परेका छन् । राम्रो भनेर सुन्दै आएको, यसपाल देख्न पाएकोमा उनी निकै मख्ख पनि थिए ।०००

Comments

Popular posts from this blog

मलेसियाका नेपाली साहित्यकाहरुले 'कसरी पढ्छन् नयाँ पुस्तक'

देवेन्द्र सुर्केली मलेसियाका आशालाग्दा नेपाली साहित्यकार भीम स्नेही नेपालबाट कोही रोजगारीको लागि मलेसिया आउँदैछन् भन्ने थाहा पाए भने हरतरहबाट पुस्तक मगाउने गर्दछन् । मलेसियामा प्रकाशित हुने नेपाली पत्रिका तथा अनलाइनहरुमार्फत नयाँ पुस्तक प्रकाशित भएको कुरा थाहा पाउँदछन् । नयाँ पुस्तकको सूचि बनाएर बस्छन् अनि कोही मलेसिया आउने थाहा पायो कि उक्त पुस्तकहरु ल्याइदिन आग्रह गर्दछन् । उनीजस्तै पुस्तक मगाएर पढ्नेहरुमा जीवन देवान गाउँले जीतमान राई सविन दिलदुःखी जन्तरे श्रीजनश्री मौलश्री लिम्बू दीपदर्शन आदि छन् । उनीहरुले पुस्तकको लागि आपुनो कमाईबाट छुट्याएर नेपाल पठाउने गरेका छन् । काठमाडौंमा सबै पुस्तक पाउन सकिने भएकोले काठमाडौंमा रहेका आफन्त या साथीभाईको मद्दत उनीहरुले लिने गरेका छन् । मलेसियाबाट नेपाली साहित्यका भण्डारमा हालसम्म १६ वटा उपन्यास ११ वटा गजल संग्रह ५ वटा कविता संग्रह २ वटा गीत संग्रह आइसकेका छन् । त्यसैगरी कथा लघुकथा नाटक संस्मरण संग्रह पनि १/१ वटा प्रकाशन भएका छन् । यो मोटामोटी अध्ययन मात्र हो । यतिमात्र नभएर मगर गुरुङ तामाङ याख्खालगायत जातीय संस्था र खोटाङ ताप्लेजुङ इलाम ...

Khabar dinu..... (खबर दिनु......) || Kumari Yonghang || Ft. Laxmi Yongha...

Chating with Mery

mery says: yes chatting with my boy friend......... kanchha says: ok, go ahead with yr love mery says: ok thank you mery says: hai............ kanchha says: yes mery says: r u still busy mery says: what r u doing? kanchha says: not quite busy kanchha says: I am chatting with my friend, she in Philippine mery says: oh////////// kanchha says: r u talking with yr bf? mery says: yes la kanchha says: ok, dont cry lah, i hope always happy u mery says: Thank you my friend kanchha says: Welcome mery says: I am crying now kanchha says: Why?? mery says: Fighting with him la kanchha says: ohh, don't fight mery says: hai I want sign out now take care bye see u next week kanchha says: Ok bye bye