Skip to main content

भाग्यको नियति र साहित्यमा नियति

देवेन्द्र सुर्केली
मलेसियाको साहित्यमा अझै नेपालको जनजीवनको बारेमा कलम चलेको छैन । उही दुःख उही पीडा । मलेसियाबाट हामीले यो साहित्य ल्याएका छौ भन्नेहरुले 'त्यहीको परिवेशमा भिजेर श्रमिक जीवनको साँघुरो कुराहरुलाई उक्काएर लैजानसके राम्रो हुन्छु भन्ने तर्कना दिन्छन् दिलिप सगर ।
यो महिना मलेसियाका चर्चित साहित्यकारको नाममा सूचिकृत भएका दिलिप सगर राईले 'नियति' नामक लघुकथा संग्रह लिएर आएका छन् । नयन साहित्य समाज जोहोरका अध्यक्ष समेत रहेका उनलाई समाजद्वारा प्रकाशन हुनलागेको संयुक्त लघुकथा संग्रहलाई थाँति राखेर आफ्नो संग्रह ल्याएको आरोप पनि नलागेको होइन । तर मलेसिया जानुभन्दा अगाडि करिब १० वर्ष पुरानो संग्रहलाई नै ल्याएको मात्र भनेर स्पष्टीकरण दिन पनि हत्तु भइरहेका छन् । उनी आफ्नो पुरानो संग्रह ल्याउन त्यसै हतारिएका होइनन् विरामीबाट भर्खर तङ्ग्रिएका सगर भन्छन् -'यसपाला मैले ठूलो खड्गो काटँे । विश्वास गरेर संस्थाको लघुकथा संग्रह निकाल्ने रकम समाजका सहसचिव मित्रप्रसाद बाँसकोटालाई छोडेको थिएँ त्यो साथीसँग सम्पर्कविच्छेद भयो । त्यसैले संस्थाको लघुकथा संग्रह थाँति छ । विरामीबाट बाँच्न सकेँ । बाँच्छुजस्तो लागेको थिएन त्यसैले बाँचेकै उपलक्ष्य नै भनौं पुरानो संग्रहलाई ल्याइहाल्ने इच्छा जाग्यो ।'
सन् २००२ मा उनी मलेसिया भित्रिएका थिए । आखिर विदेशिनु नै पर्ने भएपछि खाडी मुलुकतिर जाने सोँच कहिल्यै बनाएनन् । गाउँमा मलायाको लाहुरे भनेपछि दृष्टि बद्लिन्छ । दृष्टि बद्लाउने मलेसिया कस्तो छ त भन्ने प्रश्नले मनमा बास गर्यो । तसर्थ उनलाई मलेसिया जाने सोचले जित्यो । नेपालमा छँदै साहित्यलाई आफ्नो बनाइसकेका उनले मलेसिया पुगेपछि साहित्य छोड्ने कुरा भएन । झन् मौलाएर गयो । मलेसिया नेपालजस्तै रहेछ उनको दृष्टिमा । विकास मात्र नेपालभन्दा चौबलरुपमा अगाडि बढेको । त्यहाँका बासिन्दा नेपालीहरुको ठूलो जमघट आदिले करिब १० वर्ष बसाईमा कहिल्यै विदेश छु भन्ने अनुभूति भएन । बरु भारतको गोवामा ७ महिना बस्दा विदेश छु जस्तो लागेको सुनाए ।
वि. सं. २०५४ सालमा साथीको लहैलहैमा उनी परदेशीएका थिए - भारतको गोवामा । सामुन्द्रिक तटमा रहेको गोवा भारतको चर्चित पर्यटकीय स्थलमा पर्दछ । देशीविदेशी पर्यटकले भरिभराउ गोवाको विशेषता रात नपर्नुजस्तै हो । कोही दिनमा भ्रमण गरेर मज्जा लिन्थे भने कोही रातमा । त्यहाँ उनले होटल र बगैँचामा काम गर्न पुगे । जुन कामको पारिश्रामिक नै उनको पहिलो कमाई थियो । गोवामा पोर्चुगली सांस्कृतिक कार्यक्रम हेर्न पुगेको क्षण अविस्मरणीय लाग्छन् भने समुन्द्री तटमा संसारका सबै मानिसहरुको भिडलाई नजिकबाट नजरअन्दाज गर्न भ्याएका पनि छन् ।
पूर्व ४ नं. भोजपुर लेखर्क ३ वैराङमा वि. सं. २०२८ सालमा बुबा धनबहादुर राई र आमा विष्णुमाया राईको कोखबाट जन्म लिएका हुन् उनले । वि. सं. २०३५ सालमा उनको परिवार भोजपुरदेखि मोरङको उर्लावारी बसाइँ सरे । सात वर्षे दिलिपले श्री राधिका प्रा. वि. हाल निमावि उर्लाबारी ४ बाट प्रारम्भिक शिक्षा शुरु गरी श्री राधिका मावि उर्लाबारी ३ बाट वि. सं. २०४७ मा एसएलसी उतीर्ण गरेका थिए । भर्खर प्रजातन्त्रको प्रादुर्भाव भएको बेला एसएलसी उतीर्ण हुनु गाउँघरको लागि निकै राम्रो हुन्थ्यो । कुनै न कुनै जागीरतिर लाग्नसक्ने समय थियो । तर उर्लावारीजस्तो ठाउँमा बस्दा पनि धेरै कुराको जानकारी नपाउनु नै उनको लागि दुर्भाग्य बन्यो । कतिपय ठाउँको अवसरहरु थाहा पाउँदा समय गुजि्रसकेको हुन्थ्यो । एकचोटी जानकारी पाएर नै राष्ट्रिय वाणिज्य बैंकको लागि विराटनगर फर्म भर्न त पुगे । तर त्यससमयमा नै बेरोजगारीहरुको ताँतीले गर्दा उनको नाम निस्किने कुनै छेकछन्दै भएन ।
०४७ सालमा एसएलसी गरेता पनि ढिलोगरी दमक बहमुखी क्याम्पसमा उनले अध्ययन गरेका हुन् । अंग्रेजी विषय लिएर पढेका उनले आइएको अध्ययनपश्चात् भने पढ्न पाएनन् । घरगृहस्थी परिवार हेर्नुपर्ने बाध्यता थियो । वि. सं. २०५१ सालमा पवित्रा वान्तवासँग विवाह गरेका दिलिपका दुई छोरीहरु मनिला राई कक्षा ९ मा र मोनिका राई कक्षा ४ मा अध्ययनरत छन् । पढेको कुरालाई खेर फाल्नु भएन भनेर वि. सं. २०५७ सालमा विद्यालक्ष्मी बोडिङ स्कुलमा ६ महिना जति अध्यापन पनि गरे । तर साहित्यमा रस भिजेको सगर अध्यापनमा रमाउन सकेनन् । सबै युवाहरु विदेश जाने विदेश गएर आफ्नो रुचि पुरा गर्ने गीत गाउनेले विदेशबाट फर्किएपछि एल्बम निकालेको रचना गर्नेले उताबाट फर्किएपछि नै पुस्तक प्रकाशन गरेको जस्ता देख्न थालेपछि 'देश पनि हेर्ने मुख पनि फेर्ने' उखानलाई मनन गरे दिलिपले । अनि मलेसिया हुइँकिए ।
दिलिप सगर राई मलेसियाका यस्ता व्यक्ति भए कि जुनसुकै पत्रिका वा साहित्य संगालो आए पनि उनको रचना समावेश नभएको हुन्नथियो । लघुकथा कथा गीत गजल लेख सबै प्रकारका रचनाहरुमाथि उनले कलम चलाउने गर्दथे । संग्रहको हिसाबमा उनले नेपाल छँदै 'त्यही मायालु ठुली' नामक गीतसंग्रह वि. सं. २०५७ मा नेपाल हुँदै प्रकाशन गरेका थिए । शायद मलेसियाका नेपालीहरुमाझ बढीभन्दा बढी पुरस्कार र सम्मान पाउनेमा उनी पर्छन् । नेपाल छँदै जीवन आचार्य स्मृति पुरस्कार झापा (२०५८), काचनजंघा युवा क्लव पुरस्कार मोरङ (२०५८), वाईसन नेपाल पूर्वााचलस्तरीय टपटेन कविता पुरस्कार (२०५८) पुरस्कार पाइसकेका थिए भने मलेसियामा श्रम साप्ताहिक साहित्यलेखन पुरस्कार २०६१, अनेसास वर्ष सम्मान मलेसिया सन् २००८, उदाउँदो तारा साहित्य समाज सम्मान सन् २०१०, हाम्रो आवाज साप्ताहिक सम्मान सन् २००७ जस्ता दर्जनाँै पुरस्कार र प्रवासी तमु समाज पेनाङ मलेसियाबाट सन् २००८ मा अभिनन्दन पनि पाइसकेका छन् ।
यसबीचमा प्रवासमा साहित्यसेवा गरिरहँदै पनि उर्लाबारी गजल माच सम्मान २०६४ सम्मानित गरेको थियो । संस्थागत हिसाबले उनी नेपाली साहित्य समाज मोरङ २०५५ का संस्थापक सदस्य त्रिवेणी प्रतिभा कुाज झापा मोरङ २०५७ का विशिष्ट सदस्य रहिसकेका थिए । मलेसियामा अनेसासका सल्लाहकार प्रवासी नयन साहित्य समाजका अध्यक्ष र विश्व नेपाली साहित्य महासंघ मलेसियाका उपाध्यक्ष बनेका थिए । नेपाल फर्किएपछि उर्लाबारी गजल माचका सल्लाहकार २०६४ रहेर साहित्य सेवा गरिरहेका छन् । मलेसियामा उनले पिएसबी टेक्नोलोजी एसडीएन विएचडी सुंगाईबुलोहमा कम्प्यूटर अपरेटरमा काम गरेको ६ वर्षसम्म काम गरे । नेपाल फर्किएपछि फेरि पनि सेक्युरिटी गार्डको लागि मलेसिया पुगे । अझै लामो समयसम्म मलेसियामै रहन्छु भन्ने उनको सपनालाई विरामी ज्यानले चकनाचुर पारिदियो । घरमा श्रीमती पनि विरामी नै भएकोले उनी झनै दोहोरो मारमा छन् । र तत्कालको लागि मलेसिया जाने काममा पूर्णविराम लगाएका छन् । १० वर्ष मलेसियाको बसाईमा पहिलो ६ वर्ष सिर्जनशील भएर बित्यो भने पछिल्लो ४ वर्ष भने जिम्मेवारीमा बितेको छ ।
कामको सिलसिलामा जोहोर उनको कार्यक्षेत्र परेपछि जोहोरका साहित्यिक मनहरुले उनलाई प्रवासी नयन साहित्य समाजको अध्यक्षको जिम्मेवारी सुम्पिए । विश्वमा रहेका नेपाली साहित्यकारहरुलाई समेट्ने हिसाबले संगठित भएको विश्व नेपाली साहित्य महासंघको मलेसिया उपाध्यक्षको जिम्मेवारी सम्हाले । त्यतिमात्र नभएर मलेसियाबाट नै प्रतिपादन भएको 'केस्रा विधा' प्रवक्ताको जिम्मेवारीबाट पनि उम्किन पाएनन् । मलेसियाको साहित्यबारे उनको बेग्लै समिक्षा रहेको छ । अन्य देशमा नेपालमा बरिष्ठ साहित्यकारहरु पुग्ने गरेका छन् । सानो कृतिको विमोचनदेखि लिएर बहससम्मको कार्यक्रममा नेपालका साहित्यकारहरु पुगेका छन् । तर मलेसियामा भने ४० वटा जति कृति प्रकाशन भएता पनि कुनै पनि वरिष्ठ साहित्यकारहरुको आगमन भएको छैन । प्रवासी साहित्यमा नाम कमाएका विश्वासदीप तिगेलाको बेलाबेलामा उपस्थिति भएर मलेसियामा साहित्यमा थप आयाम दिन कोशिश दिएका छन् भने अनाममण्डलीले गजलकार देवी नेपाललाई निम्ता गरेर नेपालका वरिष्ठ व्यक्ति मलेसिया पुगेको भन्ने एउटा इतिहास बन्न सकेको छ । मलेसियाको साहित्य स्वःस्फुर्तरुपमा अगाडि बढेको उनको कथन छ ।
पुष्पा राई सवाल नन्दकुमार सुब्बा जीवन देवान गणेश खड्का पदम चिन्तित मनि राई गोठालेलगायतको सकि्रयतामा प्रकाशित मलेसियाको प्रथम साहित्यिक मितेरी साहित्य संगालो प्रकाशनले मलेसियाको नेपाली साहित्याकाश शुरु भएको मान्नुपर्छ भन्छन् दिलिप । योभन्दा अगाडि मलेसियामा नेपाली पत्रपत्रिकाको प्रकाशनले पनि थोरै सिर्जनशीलहरुलाई टेवा पुगेको थियो । सर्जकहरु मीनप्रसाद उप्रेती, डा. कविताराम श्रेष्ठलगायतकाहरुले सिर्जना पुस्तकालय उद्घाटनको अवसरमा श्रम साप्तहिक र अन्य साहित्यकारहरुसँगको भेटघाट भएपछि मलेसियामा नेपाली साहित्यको अध्याय शुरु भएको मान्छन् । त्यसपछि लगातार पत्रिकासँग सम्बद्ध भएको र त्यो सम्बन्ध सबै पत्रिकासँग विस्तार भएको कुरा सुनाउँछन् । मलेसियाको साहित्यमा अझै नेपालको जनजीवनको बारेमा कलम चलेको छैन । उही दुःख उही पीडा । मलेसियाबाट हामीले यो साहित्य ल्याएका छौ भन्नेहरुले 'त्यहीको परिवेशमा भिजेर श्रमिक जीवनको साँघुरो कुराहरुलाई उक्काएर लैजानसके राम्रो हुन्छु भन्ने तर्कना दिन्छन् दिलिप सगर । अझ हौसलास्वरुप मलेसियाबाटै केस्रा विधाको प्रतिपादन भएको छ । जुनसुकै वस्तुको एउटा सानो भागमा पनि त्यो वस्तुको गुण पाइन्छ । त्यो वस्तु नै केस्रा हो भन्ने परिभाषाबाट अगाडि आएको केस्रा लेखनमा हालः धेरैले कलम चलाउन थालेका छन् । यो मलेसिया बसाइँको महत्वपूर्ण उपलब्धि मान्छन् । जब फेसबुकमा प्रवेश भए साहित्य लेख्नेहरुले आफ्नो रचना लेख्नेबित्तिकै प्रकाशित गराउने क्रममा मलेसियाबाट लेखिएका साहित्यलाई्र त्यति महत्व नदिएको महसुस गरेकोले मलेसियाबाट केही गर्न सक्छन् भन्ने अभिप्रायले गर्दा केस्रा विधाको जन्म भएको सुनाउँछन् दिलिप । खैर ! अब फेरि मलेसिया गइन्छ गइन्न तापनि मलेसियाको कामहरु धेरै बाँकी छन् । संयुक्त लघुकथा सङ्ग्रहको तयारी गर्नुछ आफ्नो कृतिको बजार व्यवस्थापन गर्नुछ । तसर्थ मलेसिया गए पनि नगएपनि मलेसियासँग कदाचित टाढा नरहेको सन्देश पनि दिन चाहन्छन् दिलिप । अन्तमा मलेसियाका पाठक तथा साहित्य चिन्तकहरुमा आउन लागेको नेपाली हिन्दूहरुको महान् चाड बडादशैं तथा शुभदीपावलीको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना पनि दिन चाहन्छन् ।००

Comments

Popular posts from this blog

मलेसियाका नेपाली साहित्यकाहरुले 'कसरी पढ्छन् नयाँ पुस्तक'

देवेन्द्र सुर्केली मलेसियाका आशालाग्दा नेपाली साहित्यकार भीम स्नेही नेपालबाट कोही रोजगारीको लागि मलेसिया आउँदैछन् भन्ने थाहा पाए भने हरतरहबाट पुस्तक मगाउने गर्दछन् । मलेसियामा प्रकाशित हुने नेपाली पत्रिका तथा अनलाइनहरुमार्फत नयाँ पुस्तक प्रकाशित भएको कुरा थाहा पाउँदछन् । नयाँ पुस्तकको सूचि बनाएर बस्छन् अनि कोही मलेसिया आउने थाहा पायो कि उक्त पुस्तकहरु ल्याइदिन आग्रह गर्दछन् । उनीजस्तै पुस्तक मगाएर पढ्नेहरुमा जीवन देवान गाउँले जीतमान राई सविन दिलदुःखी जन्तरे श्रीजनश्री मौलश्री लिम्बू दीपदर्शन आदि छन् । उनीहरुले पुस्तकको लागि आपुनो कमाईबाट छुट्याएर नेपाल पठाउने गरेका छन् । काठमाडौंमा सबै पुस्तक पाउन सकिने भएकोले काठमाडौंमा रहेका आफन्त या साथीभाईको मद्दत उनीहरुले लिने गरेका छन् । मलेसियाबाट नेपाली साहित्यका भण्डारमा हालसम्म १६ वटा उपन्यास ११ वटा गजल संग्रह ५ वटा कविता संग्रह २ वटा गीत संग्रह आइसकेका छन् । त्यसैगरी कथा लघुकथा नाटक संस्मरण संग्रह पनि १/१ वटा प्रकाशन भएका छन् । यो मोटामोटी अध्ययन मात्र हो । यतिमात्र नभएर मगर गुरुङ तामाङ याख्खालगायत जातीय संस्था र खोटाङ ताप्लेजुङ इलाम ...

Khabar dinu..... (खबर दिनु......) || Kumari Yonghang || Ft. Laxmi Yongha...

Chating with Mery

mery says: yes chatting with my boy friend......... kanchha says: ok, go ahead with yr love mery says: ok thank you mery says: hai............ kanchha says: yes mery says: r u still busy mery says: what r u doing? kanchha says: not quite busy kanchha says: I am chatting with my friend, she in Philippine mery says: oh////////// kanchha says: r u talking with yr bf? mery says: yes la kanchha says: ok, dont cry lah, i hope always happy u mery says: Thank you my friend kanchha says: Welcome mery says: I am crying now kanchha says: Why?? mery says: Fighting with him la kanchha says: ohh, don't fight mery says: hai I want sign out now take care bye see u next week kanchha says: Ok bye bye