Skip to main content

मेरो अन्तर्बार्ता

साहित्य र जीवन एकअर्काका परिपुरक हुन् ।-युबा साहित्यकार देबेन्द्र सुर्केली खापुङ
♣ तपाईलाई चिन्न बाँकी रहेकाहरुमाझ आफूलाई कसरी चिनाउनुहुन्छ ?सर्बप्रथम त मलाई चिन्न सक्ने कुनै पहिचान नै बनाएको छैन मैले । कुनैबेला राजनीति गरेँ त्योबेलाका साथीहरुले मलाई त्यही रुपमा चिन्छन् । पत्रकारिता पनि गरेँ र साहित्य पनि कोरेँ । अहिले मलेसियामा रहेर पनि विभिन्न संघसंस्थामा आवद्ध छु । मलेसियामा पत्रकारिताको साथ बढि चाही ग्राफिक डिजाइनर पेशा अपनाएको छु । अनि यसै वर्षदेखि मलेसियाको एक निजी कम्पनी डिजी मोवाइलमा नेपाली समाचार सम्पादन तथा वाचनसमेत गरिरहेको छु । जुन मोवाइल लाइन १ लाख भन्दा बढि नेपालीहरुले प्रयोग गर्छन् । मलेसियाबाट अपडेट हुने www.malayanepal.com मा दैनिक समाचार अपडेट गर्ने गर्छु । तसर्थ मेरो कुनै स्पष्ट चिनाउने खालको पहिचान छैन । ♣ तपाईको सिर्जनात्मक हिडाई कतातिर जाँदैछ यतिबेला ?मेरो सिर्जनात्मक हिडाइ पनि पहिचानजस्तै अस्पष्ट नै छ । साच्ची मलेसिया भित्रिएपछि सिर्जनातर्फ धेरै कम हिडाई भएको छ मेरो । बिस्तृत हेर्नु होला - http://sahityasagar.blogspot.com/2009/01/blog-post_8555.html माँ

Comments

Popular posts from this blog

मलेसियाका नेपाली साहित्यकाहरुले 'कसरी पढ्छन् नयाँ पुस्तक'

देवेन्द्र सुर्केली मलेसियाका आशालाग्दा नेपाली साहित्यकार भीम स्नेही नेपालबाट कोही रोजगारीको लागि मलेसिया आउँदैछन् भन्ने थाहा पाए भने हरतरहबाट पुस्तक मगाउने गर्दछन् । मलेसियामा प्रकाशित हुने नेपाली पत्रिका तथा अनलाइनहरुमार्फत नयाँ पुस्तक प्रकाशित भएको कुरा थाहा पाउँदछन् । नयाँ पुस्तकको सूचि बनाएर बस्छन् अनि कोही मलेसिया आउने थाहा पायो कि उक्त पुस्तकहरु ल्याइदिन आग्रह गर्दछन् । उनीजस्तै पुस्तक मगाएर पढ्नेहरुमा जीवन देवान गाउँले जीतमान राई सविन दिलदुःखी जन्तरे श्रीजनश्री मौलश्री लिम्बू दीपदर्शन आदि छन् । उनीहरुले पुस्तकको लागि आपुनो कमाईबाट छुट्याएर नेपाल पठाउने गरेका छन् । काठमाडौंमा सबै पुस्तक पाउन सकिने भएकोले काठमाडौंमा रहेका आफन्त या साथीभाईको मद्दत उनीहरुले लिने गरेका छन् । मलेसियाबाट नेपाली साहित्यका भण्डारमा हालसम्म १६ वटा उपन्यास ११ वटा गजल संग्रह ५ वटा कविता संग्रह २ वटा गीत संग्रह आइसकेका छन् । त्यसैगरी कथा लघुकथा नाटक संस्मरण संग्रह पनि १/१ वटा प्रकाशन भएका छन् । यो मोटामोटी अध्ययन मात्र हो । यतिमात्र नभएर मगर गुरुङ तामाङ याख्खालगायत जातीय संस्था र खोटाङ ताप्लेजुङ इलाम ...

Khabar dinu..... (खबर दिनु......) || Kumari Yonghang || Ft. Laxmi Yongha...

गीत

८ वर्ष अगाडि यस्तो गीत पनि लेखिएछ ।  कति नै पो बाँच्दो रैछ चोखो माया छातीभित्र बाँच्नेहरु बाँचेका छन् मात्र झुटको ताँतीभित्र । मन छ भनेर नै माया उतै छाडेको थिए माया ठूलो भनेर नै जीवनसित गाभेको थिए लाखौ विन्ती गरेकै हो पुगिनछु भाँतीभित्र बाँच्नेहरु बाँचेका छन् मात्र झुटको ताँतीभित्र । हृदयमा खाटा बोकी भन्दैछु म कहिले नरुनु तिमीजस्तो म भईन तिमी कहिले म नहुनु यस्तो पनि हुँदो रहेछ हाम्रो एउटै जातिभित्र बाँच्नेहरु बाँचेका छन् मात्र झुटको ताँतीभित्र । -मलेसिया WEDNESDAY, DECEMBER 24, 2008