Skip to main content

संगतगुनाको फल

जब जाँडरक्सी अम्मल छोड भन्दा युवाहरु भन्छन् -ुबाउबाजेले खाइल्याएको कसरी छोड्न सकिन्छ ु ठीकै छ बाउबाजेको मानिल्याएको र खाइल्याएको हो भने । तर बाउबाजेले बजाई ल्याएको बाजचाही किन अलपत्र किन मादल खैजडीको ठाउँमा ड्रम र गीतारहरु ।
रात निकै छिप्पिसकेको थियो । मलेसियाको शान्त रात्रीको समयमा क्रमश च्याटिङ गर्ने क्रममा रुबेन पुनले अनायस यी शब्द फुत्काए । खाँदा खाँदै गाँस हातैमा अड्किने र बग्दाबग्दैको खोला अचानक रोकिएजस्तै किवोर्डमा पुगेको औंलाहरु एकछिन रोकिए । सुस्तरी सुस्तरी उक्त भनाईलाई माथिबाट पढँे तलबाट पढेँ । चारैतिरबाट पढेँ । अकाट्य वाणी झै लाग्ने यि शब्दभित्रका रुबेन पुन यतै कतै रोइरहेजस्तो लाग्यो ।
उनीसँगको वार्ता त्यतिले पुगेन । र फेरि फेरि पनि हुन थाल्यो च्याटिङ । त्यसमा उनी साहित्य र संगीत भनेपछि हुरुक्कै हुने । त्यो सम्बन्धी चर्चा चलायो कि कान ठाडा ठाडा पारेर उत्सुकता जनाइहाल्थे । उनको यथार्थता बुझेर नै हाम्रो च्याटिङहरुमा उनै गीत संगीत र साहित्यको कुरा हुन्थ्यो । हुँदा हुँदा कुराकानीको लामै फेहरिस्त बनिसकेछ । च्याटिङ गरेको कुरालाई सेभ गरेर अध्ययन गर्दा पत्ता लाग्यो ।
अनि कुराकानीकै क्रममा रुबेनलाई एउटा अनुरोध पत्र पठाएँ तपाईको जीवनकहानी अभिव्यक्तिमा राख्नुपर्छ है ।
उनी डराए किनभने उनी एउटा राम्रो पाठक । उनी बारम्बार भन्दै रहे म पाठक हुँ पढ्दैछु । मलाई पढ्नेबेला भएको छैन ।
व्यक्तिलाई पढ्नको लागि भोटो फटाउनु भन्ने छैन । कुनै गतिलो फड्को मार्नु भन्ने छैन । संघर्षका कथाहरु हुन यहाँ लेखिने । चाहे उसले सफलता पाओस् या असफलता । आखिर उनले माने पनि नमाने पनि उनका जीवनका महत्वपूर्ण घटनाहरु च्याटिङका पानाहरुमा सुरक्षित भइसकेको थिए । अन्तमा उनी हारे आफूलाई झुकाए र भने - सर केही केही मिलाएर लेखिदिनुहोला ।
भनौ न उनी अभिव्यक्तिको कठाघरामा उभिए र भन्ने थाले -मेरो जन्म पहाडी जिल्ला बाग्लुङको तंग्राम ९ फापरखेतमा बुबा कर्णबहादुर पुन र आमा मनकुमारी पुनको कोखबाट २० असार २०३ वि।स। मा भएको हो । मेरो दुई भाई र दुई बहिनी छन् । मेरो परिवार धेरै दुःखदायी भएर बितेको छ । पढाई श्री भूमि प्रावि फापरखेतबाट शुरु गरी श्री जनप्रेम मावि अमरभूमि भुसकोटबाट निमावी र अमर उच्च मावि विहु देउरालीबाट माविस्तरको अध्ययन पूरा गरेको हुँ ।
कुराकानीमा यी तथ्यहरु नगण्य रुपमा आउँछन् । बढि कुराकानी त एकैचोटी लक्ष्यतिर अग्रसर हुँदाको क्षण र विस्रनै नसकिने घटनाबाट शुरु हुने गर्छ । मैले उनीसँग च्याटमा नसमेटिएको कुरालाई टिपोट गरिहेको थियो । तसर्थ उनी पनि एकोहोरो आफ्नो कुरा राख्नमै तल्लिन हुँदै गए ।
ुवास्तवमा साहित्य र संगीतको कुरा नेपालमा त्यस्तो केही सोचेको थिइन । तर अरुको फुटकार सिर्जनाहरु पढ्ने गर्थे । विषेशगरी युवामाचमा त्यो पनि कहिलेकाँही सदरमुकाम जाँदा पुस्तकहरु किनेर ल्याउने गर्दा दोहोर् याई तेहर् याई पढ्ने गर्थे कथा कविता र जानकारीमुलक लेख साथै राजनीतिक गतिविधिसमेत नछुटाई पढ्ने बानी थियो । त्यही बानीको कारण नै म यसरी हाजिर हुनुपरेको होला ।
हरेक नेपालीहरुको आ-आफ्नै कथाहरु हुन्छन् । तपाईले लेखिरहनुभएको छ विभिन्न व्यक्तिका कथाहरु । कोही प्रतिभाले गर्दा अगाडि आएका छन् कोही लगनशीलताले गर्दा । मेरा पनि केही तीता घटनाहरु छन् । केही मिठा पनि छन् । म चाही सिर्जनशील पनि हुन सकेको छूइन र लगनशील पनि ।
भन्नुहोला मेरो सिर्जना र लगनशीलता नै काफी हो । तर होइन जति मानिसहरु लक्ष्यमा पुग्न कोशिष गर्छन् संघर्ष गर्छन् । मैले त्यति गर्न कसैगरी सकेको छैन । उठ्छु नित्यकर्म गर्छु डिउटी गर्छु पत्रपत्रिका पढ्छु अनि केही सिर्जनशील बन्न खोज्छु । गर्नैपर्छ भनेर रात विताएको छैन ।
अँ म जन्मेको आठमहिनामा म पूरै जले अरे । जसले गर्दा मेरो शरीर अङ्गभङ्गजस्तै छ । तर मलेसियामा रहेको तमाम मेरा साथी शुभचिन्तकहरुले मलाई सग्लो देखेका छन् । यो कपडाले मेरो वास्तविक तस्वीरलाई छेकेको छ । त्यतिमात्र नै भनुँ अहिलेलाई किनभने अब मैले केही ठाउँ पाएको छु मेरो वास्तविक कथाहरुलाई विभिन्न साचारमाध्यमबाट अवश्य ल्याउनेछु ।
हाम्रो जीवनशैली पनि आफ्नै प्रकारको छ । सकेसम्म पढन् र केही बनुन् भन्ने त अविभावकको इच्छा हुन्छ नै । तर पढ्नै सकिएन भने परदेशतिर लाग्नु वरालिनु पनि नैसर्गिक अधिकारजस्तै बनेको छ -युवाकालमा । फलामे गेटको रुपमा उभिएको एसएलसीमा वास्तविक ताल्चा लागेपछि उनले पनि आफ्नै पारामा रल्लिन शुरु गरेछन् ।
उनी भन्दै जान्छन् -त्यो समयसम्म कुनै कृयाकलाप गरिएन । १७ वर्षको उमेरसम्म स्कुलमै हल्लियो अनि विस्तारै कमाउनु पो पर्छ भन्ने मनमा आयो र इण्डियातिर हान्निएँ । पाजाब भन्ने प्रान्तमा पुगेर ३ वर्षसम्म नोकरी गरियो । आइसी ६०० देखि २००० सम्म तलब खाने पनि भइयो । तर जति कमाए पनि म अम्मलमा भुलिसकेको थिए । तसर्थ सम्पूर्ण कमाई अम्मलीमै सकियो ।
आपुूलाई थाहा हुन्छ खान हुन्न भन्ने । तर पनि खाइ नै हालिने यो रक्सीको जातै यस्तो । निर्दोष रक्सीमाथि दोष थुपार्ने मान्छेको नियती हुन्छ । उनले पनि रक्सीलाई दोष दिदै पिइरहे त्यो समयमा । पिउँदा पिउँदैको क्षणमा जब उनलाई भावनाले जित्दै लग्यो सिर्जनाहरु सिर्जित हुँदै गए विस्तारै आफूले आफैलाई जित्दै लान थाले ।
भावनामा डुब्ने मान्छे प्रेमिल त बन्ने भए । उनले प्रेम पनि गरे । विवाहसम्म पुगेको थियो उक्त प्रेम तर अहिले कस्तो छ भन्न उनले हिच्किचाए । यो त मलाई मात्र सुटुक्कै भन्ने रे ।
भविश्य निर्धारण भएको थिएन के गर्ने कसो गर्ने भनेर । अहिले प्रत्येक नेपालीहरुको एटा घरबाट सकेसम्म सक्नेजति सबै नत्र एक दुईजना विदेशमै छन् । रुबेनले पनि १७ वर्षको उमेरमै परदेश टेकेर अनुभवी भई सकेका थिए । तसर्थ सोचे -परदेशी जीवनमै यापन गर्ने भए किन विदेश नजाने त
तसर्थ २००२ मा मलेसिया आईपुगे हिनगेट -एम एसडीएन विएचडीमा ।
पहिलो कुरो त विदेशमा कमाउँला । घर बनाउँला । सुखसयको जिन्दगी जिउँला भन्ने नै सोचिएको हुन्छ । तर रातभरी देखिएको सपना बिहान भालेको डाकमा समाप्त हुन्छ भनेर पत्रकार अनुशील श्रेष्ठले धेरै अघि नै एउटा कवितामार्फत बोलेका थिए । उनको पनि त्यस्तै भयो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट देखेको सपना क्लालालम्पूर अन्तर्राष्टिय विमानस्थलमा तुहियो ।
मगरात क्षेत्रको एउटा मगर गाउँमा मगर परिवेशमा हुर्कदै आएको एउटा ठिटो लागि विदेशमा सम्पूर्ण मुलुकवासी नै साथी संगी हुन पुगे । त्यही साथीहरुको लर्कोमा पूर्वतिरबाट आएको युवा सुमन राईसँग घनिष्टता बढाए ।
शुरुमा सुमनलाई एउटा कम्पनीमा सँगै काम गर्ने साथीको रुपमा हेरेका थिए उनले । तर सुमन आफैमा एउटा संघर्षशील युवा थिए । राम्रा प्रतिभा थिए । उनै सुमनको साथले उनको भावुकपना हलुका हुन थाल्यो । उनी पनि सिर्जनामा तल्लिन हुन थाले । अध्ययनशील हुन थाले ।
आपुूलाई लेखे आपुूलाई सिर्जनामा ढाले आपुूलाई संगीतमा ढाले ।
उनी भन्छन् -सुमन त मेरो दाजुजस्तै हो । उनैको कारण सिर्जनामा आए । उनैको कारण मेरो सिर्जनाले ठाउँ पायो । र उनैको कारण मैले केही स्टेजहरुमा मौका पनि पाएको छु ।
खार्न पनि मज्जाले नै खारेकेा मान्नुपर्छ आपुूलाई । विगत एक डेढ वर्ष त भयो मलेसियामा नेपालीहरुले राम्रो स्थान बनाउने रोजगारीको लागि आएपनि आफ्नो लक्ष्य निर्धारण गर्ने शुरुवात भएको । त्यहीमाथि संगत राम्रो भयो भने छिटै माथि पनि आइने रहेछ भन्ने पनि बुझे । मगर समुदायको कुल भएकेा कारण त्यसमा आवद्ध भए । यही वर्ष नै मगर संघले आयोजना गरेको सांस्कृतिक कार्यक्रमको संयोजन गर्न भ्याए । मगर संघबाट प्रकाशित हुने लाङ्घाली आवाजमा महत्वपूर्ण जिम्मेवारी पनि लिन भ्याए । अनि अन्तर्राष्टिय नेपाली साहित्य समाज मलेसिया च्याप्टरको सहसचिवसम्म पुग्न सफल भए । त्यतिमात्र होइन उनीसँग आफ्नै मिठास स्वर पनि छ । उनले नेपाल तमू समाज मलेसियाले आयोजना गरेको कार्यक्रममा गीत गाएर त्यो स्वरलाई सार्वजानिक पनि गरे आफ्नै रचना तथा संगीतमा । र चाडै आउन लागेको सुमन राई मेरो विन्ति एल्बममा रचना एकाकार भएर आउने कुरा पनि खुलासा गरे ।
अहिले उनमा धेरै समस्याहरु चाङका चाङ भएर रहेका छन् । यसको मतलव उनको खुबीलाई जाँच्ने कसीको रुपमा । मलेसियामा विभिन्न संघसंस्थाहरु छन् । प्रत्येक संस्थाको कार्यक्रमहरुको निम्तोलाई स्वीकार्नु पर्छ छलफलमा भाग लिनुपर्छ । अनि आफ्ना विचारहरुलाई पत्रपत्रिकामा सार्वजानिक पनि गर्नुपर्छ । त्यसैले होला राजनैतिक सामाजिक भाषिक र जातीय सवालहरुमा उनको आफ्नो मत जाहेर गर्छन आफ्नै ढंगबाट ।
र भन्छन् -भविश्य के हुन्छ थाहा छैन । तर म साहित्य र संगीतको पारखी हुन चाहन्छु ।

Comments

Popular posts from this blog

मलेसियाका नेपाली साहित्यकाहरुले 'कसरी पढ्छन् नयाँ पुस्तक'

देवेन्द्र सुर्केली मलेसियाका आशालाग्दा नेपाली साहित्यकार भीम स्नेही नेपालबाट कोही रोजगारीको लागि मलेसिया आउँदैछन् भन्ने थाहा पाए भने हरतरहबाट पुस्तक मगाउने गर्दछन् । मलेसियामा प्रकाशित हुने नेपाली पत्रिका तथा अनलाइनहरुमार्फत नयाँ पुस्तक प्रकाशित भएको कुरा थाहा पाउँदछन् । नयाँ पुस्तकको सूचि बनाएर बस्छन् अनि कोही मलेसिया आउने थाहा पायो कि उक्त पुस्तकहरु ल्याइदिन आग्रह गर्दछन् । उनीजस्तै पुस्तक मगाएर पढ्नेहरुमा जीवन देवान गाउँले जीतमान राई सविन दिलदुःखी जन्तरे श्रीजनश्री मौलश्री लिम्बू दीपदर्शन आदि छन् । उनीहरुले पुस्तकको लागि आपुनो कमाईबाट छुट्याएर नेपाल पठाउने गरेका छन् । काठमाडौंमा सबै पुस्तक पाउन सकिने भएकोले काठमाडौंमा रहेका आफन्त या साथीभाईको मद्दत उनीहरुले लिने गरेका छन् । मलेसियाबाट नेपाली साहित्यका भण्डारमा हालसम्म १६ वटा उपन्यास ११ वटा गजल संग्रह ५ वटा कविता संग्रह २ वटा गीत संग्रह आइसकेका छन् । त्यसैगरी कथा लघुकथा नाटक संस्मरण संग्रह पनि १/१ वटा प्रकाशन भएका छन् । यो मोटामोटी अध्ययन मात्र हो । यतिमात्र नभएर मगर गुरुङ तामाङ याख्खालगायत जातीय संस्था र खोटाङ ताप्लेजुङ इलाम ...

Khabar dinu..... (खबर दिनु......) || Kumari Yonghang || Ft. Laxmi Yongha...

गीत

८ वर्ष अगाडि यस्तो गीत पनि लेखिएछ ।  कति नै पो बाँच्दो रैछ चोखो माया छातीभित्र बाँच्नेहरु बाँचेका छन् मात्र झुटको ताँतीभित्र । मन छ भनेर नै माया उतै छाडेको थिए माया ठूलो भनेर नै जीवनसित गाभेको थिए लाखौ विन्ती गरेकै हो पुगिनछु भाँतीभित्र बाँच्नेहरु बाँचेका छन् मात्र झुटको ताँतीभित्र । हृदयमा खाटा बोकी भन्दैछु म कहिले नरुनु तिमीजस्तो म भईन तिमी कहिले म नहुनु यस्तो पनि हुँदो रहेछ हाम्रो एउटै जातिभित्र बाँच्नेहरु बाँचेका छन् मात्र झुटको ताँतीभित्र । -मलेसिया WEDNESDAY, DECEMBER 24, 2008