Skip to main content

जिन्दगी, यात्रा र हिसाब किताब



साहित्य कसरी लेखिन्छ


यो प्रश्नको उत्तर धेरैले धेरै कोणबाट दिन्छन् । कोही सिर्जनशील हुन्छन् -सानैदेखि त्यसकारण सिर्जना फुर्छ कसैको प्रेमवियोगबाट प्रभावित भएर साहित्य कोर्छन् भने कोही साहित्य बुझेपछि साहित्य कोर्छन् । समग्रमा भन्नुपर्दा हासो खुशी सबै साहित्यका श्रोत हुन् । तर महेन्द्र बजगाईको भने साहित्य लेखाईको प्रसँग केही फरक र रोचक रहेको छ ।


त्यसो त मिनी नेपाल रहेको कोतारायास्थित प्रभु रेमिटको भित्री कोठामा दैनिक हिसाब किताबमा व्यस्त रहेका हुन्छन् -महेन्द्र । कसरी साहित्यको कुरा भन्ने प्रश्न टड्कारो रुपमा आउन सक्छ । फेरि उनको सात पेज लामो व्यक्तिगत विवरणले पनि बताउँछ कि उनी कति व्यस्त र साहित्यभन्दा फरक धारका मान्छे हुन् भन्ने । तर पनि उनी राम्रा सर्जक हुन् । यात्रा साहित्यमा विशेष कलम चलाउने महेन्द्र बजगाईको यात्रा पनि अदभुत नै छ । उनी भन्छन् -मैले नेपालको ६२ जिल्ला पूरै घुमेको छु ।


व्यक्तिगत विवरणमा नसमेटिएको कुरा यहाँ उल्लेख गर्नुपर्दा उनको पूर्खा पश्चिम नेपालका हुन् । तर कालान्तरमा उनको स्थाई बसोबास पूर्व भयो । धनकुटाको लुम्फाजुङ डाँडाबजारमा जन्म लिन पुगे -२०२५ सालमा र पुनः चुलाचुली इलाममा बसाई सर्न पुगे । भने व्यक्तिगत विवरणमा समेटिएको कुरा उल्लेख गर्नुपर्दा उनको प्रारम्भिक शिक्षा चुलचुलीको श्री जनता मावि बाह्रकोठेबाट शुरु गरी त्यहाँबाट निमावीस्तरको शिक्षा हासिलपश्चात खसा्रङको एच्ज्क् बाट सन् १९८६ मा म्याटि्रक र १९८८ मा टेन प्लस टु गरे । डिप्लोमा ल्यचतज द्यभलनबि ग्लष्खभचकष्तथ खसा्रङबाट १९९२ मा पूरा गरेपछि स्नातकोत्तर चाहि त्रिभूवन विश्वविद्यालय कीर्तिपूरबाट १९९५ पूरा गरे ।


त्यो समय गुजार्नको निम्ति डिल्लिबजारस्थीत पिपलबोट छेउमा फे_िन्स पसल चलाए भक्तपुर काठमाडौका केही बोडिङ स्कुलमा पढाउने काम गरे । जसले पढाई सिध्याउनमा ठूलो मद्दत पुर् यायो ।
पढाई पुरा गरेपश्चात पहिलो नम्बरमा जागिरको कुरा आउँछ ।


हो महेन्द्रले पनि जागिर नै खोजे र पाए । दार्जिलिङमा पढेका विभिन्न विधामा तालिम लिएर पोख्त भएका व्यक्तिलाई सामाजिक कार्यकर्ताको रुपमा धेरै सुहाउँछ ठीक त्यस्तै नै भयो । उनले २०५५ सालतिर राष्ट्रिय योजना आयोगमा जागिर पाए र नेपालको अति दुर्गम अाचल कर्णालीको कालिकोट जिल्लामा कार्यक्षेत्र बनाउन पाए । सुगम जिल्लाहरुमा हाइहाई गर्दै जिएका महेन्द्रलाई उक्त ठाउँले धेरै नै प्रभाव पर् यो -देखिन्छ नि तराईको एउटा जिल्लाको अफिसमा बिहानदेखि कामको लागि मान्छे लाइनमा बसेका हुन्छन् । कैयौं तछाडमछाड ठेलामठेल हुँदा सम्म पनि कसैको काम बन्न समय लागिरहेको हुन्छ व्यस्तताको कारण । तर कालिकोट -धेरै टाढा टाढा सम्मका मानववस्तीबाट सिलासाङ्लो गर्दै बटुल्नुपर्ने अवस्था भएको कारण दिनको एकदुई बजेतिर केही भीड लागेपनि केहीछिनमै साम्य भइहाल्ने गर्दछ । बाँकी समयमा डाँडामा निस्कियो क्षितिज नियाल्यो उराठलाग्दो भीर पाखा र धुलो हेर् यो अनि कता कता मन पोखिएर आउने रहेछ । हो त्यसरी नै उनी पनि साहित्यमा पोखिएछन् ।


दिनमा एकदुई घण्टा मात्र व्यस्त रहनुपर्ने भएकोले धेरै भन्दा धेरै समय खाली हुने नै भयो । मनको व्यथा मात्र कति कोरिरहनु । पूरै समय सिर्जनामा तल्लिन गराउन पनि सकिन्न त्यसकारण शरीरलाई अल्छि बनाइयो होला


उनकेा अब्जेक्सन छ -म पि्रपेयर थिएँ त्यसको लागि । हामीले नयाँ खालको कार्यक्रम तर्जुमा गर् यौ -कर्णाली लोकल डेभलोप्मेन्ट प्रोगाम प्ीम्ए । जसको लागि गाउँ गाउँमा घुम्ने तालिम दिने जनताहरुलाई सवल र सक्षम बनाउने कार्यमा हामी रमाउन थाल्यौ ।


प्रायः जिल्लातिर रहँदा कर्मचारी मिलन केन्द्र नामक संस्था संगठीत भई कार्यक्रम गर्ने गर्दछ । तर उनले त्यो संस्था भेटाएनछन् । तसर्थ उनीजस्ता जागरुक कर्मचारीले अन्य कर्मचारीलाई संगठीत गरी नयाँ कार्यक्रम तर्जुमा गर्नु कुनै गाह्रो भएन । त्यसैगरी स्थानीय स्वायत्त शासन कार्यक्रम अन्र्तगत जिल्लाका सम्पूर्ण गाविसको चिनारीको साथै जिल्लाको गतिविधिलाई समेटेर प्रकाशन गरिएको स्मारिका उनको लागि संस्मरणीय रहेको छ ।


कथाकार परशु प्रधानले आफ्नो पुस्तक रचनागर्भमा उल्लेख गरेका छन -कर्णालीको जिल्लाहरुमा सिडियो बनेर जाँदा बाटोमा रहेका जनतालाई विकास के चाहियो भन्ने प्रश्न राखेका रहेछन् । जनताहरुले विकास होइन हामीले सिस्नु खान पाइएन यो सिस्नु खाइदिने किरा मार्ने औषधी चाहियो ।


यो प्रसँग कोट्याउँदा महेन्द्रको आफ्नै भोगाई रहेछ -गाउँको भ्रमणमा रहँदा गाउँलेहरुले कति सम्मान गर्न खोज्थे तर हामीले बुझ्थ्यौ उनीहरुसँग खाने कुरा केही हुन्नथ्यो । अनि हामीले बोकेका चाउचाउ उनीहरुलाई दिन्थ्यौ । वर्षौवर्षदेखिका विरामी भेटिन्थे । लामो यात्रा गर्ने भएकोले हामीले केही औषधीहरु बोकेका हुन्थ्यौ । त्यो बाड्थ्यौ कुन औषधीले कुन विराम निको पार्छ भन्ने हेक्का नराखी उनीहरुले प्रयोग गर्ने गर्दा हामीलाई कस्तो कस्तो लागेर आउँथ्यो ।


अवस्था गम्भीर नै थियो । उनीहरुले गम्भीरताका साथ जनताहरुलाई जागरुक बनाउने कार्य गरिरहेका नै थिए । तर देशको अवस्थाले नै फड्का मारिरहेको थियो । उनीहरुले लामो समयसम्म जनताको सेवा गर्ने पाएनन् ।


पुनः ल्भध भ्चब नामक संस्थामा काम गर्न पुगे । डा। हर्क गुरुङद्धारा साचालित उक्त संस्थाले नै हो उनलाई देशको ६२ जिल्लामा भ्रमण गराएको । शिक्षा स्वास्थ्य महिला जनजाति प्रमुख हुन्थ्यो विषय । उनको प्रोफाइल हेर्दा थाहा हुन्छ -त्यसकार्यक्रम अन्तर्गत धेरैभन्दा धेरै जिल्लाहरुमा विभिन्न कार्यक्रमको सुपरभाईजर तथा असिस्टेन्ट रिसर्चर भएर गएका छन् ।


उनले एकाउन्टसम्बन्धी प्रशस्त तालिमहरु लिएका थिए । तालिमको यात्रा हङकङहुँदै मलेसियासम्म पुगेको थियो । धेरैभन्दा धेरै सेमिनारहरुमा प्रपोजलदेखि कार्यपत्रसम्म पेश गरेका छन् र त्यसले आपुूलाई सक्षम बनाउनमा सघाउ पुर् यायो भन्छन् उनी । त्यसैले उनलाई कुनै काम छुटेपनि तत्काल अर्को काममा भर्ना हुन समय लागेन । यतिसम्म कि हाइहिमालयन गोर्खा सर्भिस र राज इस्न्टिच्यूटको हिसाब किताबसमेत मिलाईदिन भ्याए ।


पढाई उनको आर्टस् तर सम्पूर्ण जीवन कमर्शसम्बन्धी काममा र प्रोजेक्टको जागिरले मलाई दक्ष बनायो ।


त्यसपछि उनी प्रभु मनी ट्रान्सफरमा छिरे । जो नेपालभित्रकै डोमेस्टिक मनी ट्रान्सफरमा धेरै राम्रो मानिन्छ । विस्तारै यो प्रभू मनि ट्रान्सफरले उनलाई मलेसिया ल्याईपुर् यायो । मलेसियामा प्रभू रेमिटको पब्लिक रिलेशन र एकाउन्टसम्बन्धी विभागमा कार्यरत छन् ।


रेमिटमा आएका कारण कम्पनीमा काम गर्न आउनेहरुको जस्तो जिन्दगी भएन उनको । त्यसकारण त्यतातिर सोधिएन पनि । सिधै सोधियो -अर्थतन्त्र र देशको विकाससम्बन्धी । नेपालको अर्थतन्त्र रेमिट्यान्सले धानेको कुराले स्वीकार गरे उनले । यद्यपि कुनै दिन कुनै पनि विदेशबाट नेपाली कामदारहरुलाई फिर्ता पठायो र विदेशको ढोकै बन्द गर् यो भनेको स्थिति कस्तो आउँला भन्ने प्रश्नमा केही मौन नै रहे ।
रेमिट्यान्स त भित्रिन्छ तर गास बास कपासको निमित्त उक्त पैसा पुन विदेशमै पुग्छ । नेपालमा राम्रो कपडा बन्दैन कुनै पनिआवश्यक सामाग्री बन्दैन । जसलाई पूर्ति गर्न विदेशबाटै मगाउनुपर्छ । हात लाग्यो सुन्य । अनि फेरि विदेश नै जानुपर्ने अवस्था । यो अवस्था कहिलेसम्म


उनले राजनीतिक अस्थिरतालाई देाष दिए । अस्थिर राजनीतिको कारण देशमा कुनै पनि विकास फस्टाउन सक्दैन । कलकारखाना बन्नुभन्दा धेरै विनासतर्फ धकेलिएको छ । तसर्थ देशको पुनसंरचना हुनुपर्छ भन्नेमा जोडसमेत दिए ।


कस्तो खालको पुनसंरचना संघीयता क्षेत्रीयता


उनले पूरै देश घुमेका छन् । तसर्थ देशलाई सुहाँउदो तरिकाले पुनसंरचनाको खाका हुनुपर्छ भन्ने धारणा राखे संघीयता होस् वा क्षेत्रीयता तर ठाउँ परिवेश र भाषाअनुसार शिक्षा त्यही अनुरुपको क्षेत्रको ढाँचा कोर्दा असल हुन्छ ।


कस्तो लागिरहेछ त मलेसियाको बसाई भन्ने प्रश्न पनि राखियो बजगाईलाई । उनले भने- म पब्लिकसँग भिजेको मान्छे नेपालको धेरै भुभाग घुमेको मान्छे । त्यसैकारण यहाँको नेपालीहरुको पि्रय भएको छु । उनीहरुले आफ्नो ठेगाना बताइदिदा त्यहाँको रहनसहनसमेत बताउन सक्छु । जसले गर्दा उनीहरुमा आत्मियता बढ्छ ।


यो लोकपि्रयता यात्राले गराएको हो । धेरै यात्रासंस्मरणहरु विभिन्न पत्रिकाहरुमा प्रकाशित भएका छन् । अब पक्कै पनि एउटा यात्रा संस्मरण निकाल्ने सोच छ कि


उनले भने अहिलेसमय त्यति छैन । तर मैले लेखेका प्रत्येक कुराहरु दुरुस्तै राखेको छु । अवश्य प्रकाशन गर्नेनै छु ।




Comments

Popular posts from this blog

मलेसियाका नेपाली साहित्यकाहरुले 'कसरी पढ्छन् नयाँ पुस्तक'

देवेन्द्र सुर्केली मलेसियाका आशालाग्दा नेपाली साहित्यकार भीम स्नेही नेपालबाट कोही रोजगारीको लागि मलेसिया आउँदैछन् भन्ने थाहा पाए भने हरतरहबाट पुस्तक मगाउने गर्दछन् । मलेसियामा प्रकाशित हुने नेपाली पत्रिका तथा अनलाइनहरुमार्फत नयाँ पुस्तक प्रकाशित भएको कुरा थाहा पाउँदछन् । नयाँ पुस्तकको सूचि बनाएर बस्छन् अनि कोही मलेसिया आउने थाहा पायो कि उक्त पुस्तकहरु ल्याइदिन आग्रह गर्दछन् । उनीजस्तै पुस्तक मगाएर पढ्नेहरुमा जीवन देवान गाउँले जीतमान राई सविन दिलदुःखी जन्तरे श्रीजनश्री मौलश्री लिम्बू दीपदर्शन आदि छन् । उनीहरुले पुस्तकको लागि आपुनो कमाईबाट छुट्याएर नेपाल पठाउने गरेका छन् । काठमाडौंमा सबै पुस्तक पाउन सकिने भएकोले काठमाडौंमा रहेका आफन्त या साथीभाईको मद्दत उनीहरुले लिने गरेका छन् । मलेसियाबाट नेपाली साहित्यका भण्डारमा हालसम्म १६ वटा उपन्यास ११ वटा गजल संग्रह ५ वटा कविता संग्रह २ वटा गीत संग्रह आइसकेका छन् । त्यसैगरी कथा लघुकथा नाटक संस्मरण संग्रह पनि १/१ वटा प्रकाशन भएका छन् । यो मोटामोटी अध्ययन मात्र हो । यतिमात्र नभएर मगर गुरुङ तामाङ याख्खालगायत जातीय संस्था र खोटाङ ताप्लेजुङ इलाम ...

Khabar dinu..... (खबर दिनु......) || Kumari Yonghang || Ft. Laxmi Yongha...

गीत

८ वर्ष अगाडि यस्तो गीत पनि लेखिएछ ।  कति नै पो बाँच्दो रैछ चोखो माया छातीभित्र बाँच्नेहरु बाँचेका छन् मात्र झुटको ताँतीभित्र । मन छ भनेर नै माया उतै छाडेको थिए माया ठूलो भनेर नै जीवनसित गाभेको थिए लाखौ विन्ती गरेकै हो पुगिनछु भाँतीभित्र बाँच्नेहरु बाँचेका छन् मात्र झुटको ताँतीभित्र । हृदयमा खाटा बोकी भन्दैछु म कहिले नरुनु तिमीजस्तो म भईन तिमी कहिले म नहुनु यस्तो पनि हुँदो रहेछ हाम्रो एउटै जातिभित्र बाँच्नेहरु बाँचेका छन् मात्र झुटको ताँतीभित्र । -मलेसिया WEDNESDAY, DECEMBER 24, 2008