Skip to main content

बल्ल बन्यो लक्ष्य


नेपाल हाउस कोतारायाको जालान सिलाङमा खोलिएपछि नेपाली रेष्टुरेन्ट तथा पसलहरुको ओइरो लाग्यो उही जालान सिलाङमा । पहिले पहिले बंगालीहरुको भीड लाग्ने उक्त ठाउँमा पछि नेपालीहरुले भराए । अझै पनि उक्त ठाउँमा नेपालीहरुको ठूलो हटियाजस्तै लाग्छ -प्रत्येक आइतबार ।
पछि नेपाल हाउसले सिर्जना गरेको सानो बजारलाई जालान सिलाङले धानेन । पुदुराया चाइना टाउन सेन्ट्रल मार्केट र मस्जिद जमेकभित्रको चारकिल्ला नेपाली बजारको रुपमा खिचियो । उही जालान सिलाङको भीडभित्र खुम्चिएको नेपाली बजारको चर्चित रेमिट्यान्स आइएमई जालान मेडान पासारमा सरेपछि नेपाली बजार विस्तारै उतैतिर मोडिन पुग्यो । प्रारम्भमा साइनो रेष्टुरेष्ट र चौतारी रेष्टुरेन्टले धानेको उक्त जालानमा विस्तारै हाम्रो रेष्टुरेन्ट तथा हिमाल रेमिट अनि प्रभु रेमिटको अभ्युदय हुँदै गयो ।
समय बग्दै बग्दै जानेरहेछ । जहाँ रहेपनि नेपालीहरुले आफ्नो रितिथिति नबिस्रने परम्परा भएर नै होला जालान सिलाङमै रहेको हाम्रो रेष्टुरेन्ट उक्त ठाउँमा पनि शाखा खोल्न पुग्यो । नेपाली रेष्टुरेन्टमा पाइने खुराकहरुभन्दा अलि बढि थपेर ।
एकतामा नेपालमा धेरैभन्दा धेरै चलेको दोहोरी रेष्टुरेन्ट तथा अहिले क्यासेट तथा भिसिडिमा गुाजने दोहोरीमा नेपालीहरु रमाउन खुब चाहान्छन् । प्रत्येक रेष्टुरेन्ट तथा पसलहरुमा उक्त गीतहरु गुिाजएको पाइन्छ । त्यही कुरालाई मध्यनजर गरेर हाम्रो रेष्टुरेन्टले खानापिनाको साथमा दोहोरी थपरेर रेष्टुरेन्टलाई आकर्षक बनायो र अहिले सकेसम्म प्रत्येक नेपालीहरुलाई आफ्नो थकान मेटाउनमा लागिपरेको छ ।
हुनपनि प्रत्येक आइतबार उक्त रेष्टुरेन्टमा भीडभाड लागिरहन्छ । कुनै आकर्षक विज्ञापनविनाको त्यत्रो तामझाम देख्दा नेपालीहरु दोहोरी रेष्टुरेन्टमा मनोराजन लिन उत्सुक रहेछन् भन्ने भान हुनजान्छ ।
त्यसमा पनि बेला बेलामा कसिलो स्वर बोकेर सम्पूर्ण जोकोहीलाई दर्शक तथा ग्राहकलाई प्रभाव पार्न सक्ने युवा आपुूप्रति ध्यान खिचाउँछन् ।
युवा छन् प्रतिभाशाली छन् । आफ्नो कलाप्रति ग्राहकप्रति समर्पित पनि छन् । स्टेजबाट तल झरेर आपुूभन्दा मान्नुपर्ने व्यक्तिको आदारमा तल्लिन रहने युक्त युवाप्रति यस पंक्तिकारको ध्यान मज्जैले खिचियो ।
र नजिक भएको मौका छोपेर सोधिहाल्यो -भाइको नाम
उनले हलुका हाँसेर भने -सन्तोष लामा ।
घर -काभ्रे -३ ।
धुलिखेलदेखि कति टाढा -छिमेकी नगरपालिका हो धुलिखेल । काभ्रे गाविस वरिपरि धुलिखेलको साथै बडाल गाउँ पात्लेखोला डाँडागाउँ छ ।
यतिले मात्र सकिएन उनको परिचय खोतलखातल नै पारियो । कान्छा लामा र माइली लामाको कोखबाट वि।सं।२०४२ साउनमा जन्मिएका सन्तोष लामा भर्खर २२ वर्षमात्र पुग्दैछन् । तर उनको उनको उमेर र उनको जीवनसंघर्षलाई दुईतिर राखेर जोख्दा संघर्षले नै जित्ने रहेछ ।
अहिले उनको पढाईलाई पूरा गर्ने उमेर अनि भविश्य कतातिर मोड्ने भनेर सोच्ने उमेरमै किन यस्तो उत्तर सहजै छ नेपालको परिस्थिति । कम विकास अशिक्षा गरिबी यस्तै यस्तै ।
यतातिर नजाउँ ।
उनले गाउँकै सिाजवनी हाइयर सेकेण्डरी स्कुलमा शुरु गरी एसएलसीसम्म टेक्न पाए । अध्ययनलाई त्यहाँभन्दा माथि उठाउन पाएनन् । त्यो बीचमा उनी सिर्जनशील भएर आफ्नो परिचय दिन चाही भ्याईसकेका थिए ।
सर्वप्रथम २०५६ सालमा आफ्नै स्कूलको स्वर्णजयन्तीमा गीत गाएर आफ्ना साथी तथा गुरु गुरुआमाको प्यारो बनेको थिए । अनि आकर्षक शरीरका धनी भएका कारण उनमा फुर्तीपना पनि थियो । त्यसैले जुनसुकै खेलमा पनि अग्रसर थिए । स्कुलमा राम्रो फुटवल तथा भलिवल खेल्ने गर्थे । यति हुँदा हुँदै पनि उनमा गाउँने राम्रो गायक बन्ने इच्छाले जितेछ । यसमा विशेषगरी आपुूलाई पढाउने माजु मिसको हात छ भन्नुहुन्छ । उहाँको धेरै नै हौसला मिलेको रहेछ ।
अहिलेको नेपाल परिवर्तनको संघारमा छ । गाउँगाउँबाट युवा शक्ति जुर्मराएर उठेको छ । भित्ते पत्रिका क्लब गैरसरकारी संस्था यसका सहायकहरु हुन् । उनको गाउँमा पनि त्यो कुरा पुग्यो । उनी लगायत उनका साथीहरुको माझबाट नवज्योती युवा क्लवको स्थापना भयो । उक्त क्लबले गाउँस्तरी खेलको आयोजना गर्ने देउसी खेल्ने सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने गाउँविकासको कार्यमा हात हाल्ने इत्यादी गर्न थाल्यो ।
युवाकालमै हासखेल हुन्छ । र भेटघाट हुन्छ आफ्नै दौतरीहरुसँग । उनले पनि स्कुलपढ्ताकै लक्ष्मी लामासँग प्रेम गर्न भ्याए र उक्त प्रेमलाई वि।सं। २०६९ सालमा मुर्त रुप दिनसमेत भ्याए । हाल उनीहरुको एउटा छोरा पनि छ -साजन ।
छिटो पो गरियो कि विवाह भनेर पनि भन्छन् । तर घरमा छोरीचेली र घरायसी काम गर्ने मान्छेको अभाव भएको कारण उक्त विवाह गर्न पुगेको भनेर फुर्को जोड्छन् । हुनपनि कुनै युवायुवतीले बहाना बनाएर विवाह गरेका हुन्छन् । ुके तपाईको श्रीमतीले छोरीको अभाव पूरा गरिन् के श्रीमतीले घरायसी काममा त्यत्रो फड्का नै मारिन् ु प्रश्नमा उनी फिस्स हाँस्छन् र मनबाटै भन्छन् -हाम्रो प्रेमले थाम्नै सकेन र छिट्टै एकार्कामा लिन हुन पुग्यौ ।
क्लवमा लगानी गरेको परिश्रम र प्रेमबाट उब्जिएको जीवनको संघर्षले उनलाई विस्तारै जीवन सिकाउँदै लग्यो । पढ्दै गरेको जोडीले विवाहवन्धनमा बाधिएपछि फेरि पढ्ने कुरा पनि आएन । विवाहपछि स्कुल जान लाज मान्ने नेपालीहरुको परम्परा उस्तै । त्यसैले उनको सपनाहरु निश्चित भएन । जताबाट ठूलो हावा आउँछ उतैतिर बहन थाले ।
उसैबेला धुलिखेल बजारमा लामा फास्टफुडमा पनि कुक गर्न भ्याए । गाउँमा चल्ने मेलापातहरुमा पर्म गर्न पनि भ्याए । अनि सहरतिर झरेर केही गर्नु पर्छ होला भनेर सोच्न पनि भ्याए । काठमाडौ झरेर भायाङ दोहोरी रेष्टुरेन्टमा तीन महिना गाउन पनि भ्याए । यतिकुरा भ्याउनुमात्र के थियो उनको आफ्नै मामाले प्रोसेस गरेका रहेछन् -विदेश जाने । तसर्थ सबै कुरालाई थाँती राखेर उनी मलेसिया आइपुगे सन् २००५ मा ।
क्वालालम्पूरको पिजेस्थीत माइस्टील कम्पनीमा कार्यरत सन्तोष कम्पनीसँग सन्तुष्ट छन् । मलेसियाबाट हप्तैपिच्छे प्रकाशित हुने समाचारहरुमा प्रकाशित हुने लुटिएको कुटिएको तलब नदिएको कम पाएको निकालिएको जस्तो समाचार बनेको छैन उनको कम्पनी । ठूलो कम्पनी हो । ६० जनाजति नेपालीहरु छन् । प्रत्येक मेसमा विदेशीहरुसँग छासमिस तरिकाले राखिएको छ तसर्थ सबैसँग घुलमिल हुने भाषा सिक्ने अवसरहरु प्रसस्त पाएका छन् उनले ।
कोतारायाको नेपाली बजार आइरहने पूर्वपश्चिमका नेपालीहरुसँग संगत बढाउने उनको कार्य जारी भयो पछिल्लो चरणमा । उक्त चरणले उनको भविष्यको निश्चित खाका कोरियो किनभने हाम्रो रेष्टुरेन्टकी साचालिका शान्ति थापाले उनलाई आफ्नो रेष्टुरेन्टमा गाउनको निम्ति अनुरोध गरे ।
प्रत्येक आइतबार गाउनको अलावा नेपाल तमू समाजको च्यू ल्होछार कार्यक्रममा गाउन पनि भ्याए । त्यो नै उनको मलेसियाको प्रथम स्टेज गायनयात्रा बन्यो । लगत्तै प्रवासी तामाङ एकता समाजले आयोजना गरेको ल्होछार कार्यक्रम र रावाङमा आयोजना भएको सांस्कृतिक कार्यक्रममा आफ्नो कलालाई निखार्ने मौका पाए ।
उनी कम्पनीका राम्रो मेकानिक । तर उनको लक्ष्य छ राम्रो गायक बन्ने । कारण एउटै हो -यदि नेपालमा यस्ता कम्पनीहरु छैनन् । यदि अहिलेको परिवर्तनकारी नेपालले भोली त्यस्ता कम्पनीहरुको खोल्यो र सबै आफ्ना देशका युवाहरु जो विदेशमा राम्रो राम्रो मेसिन चलाउन सक्छन् लाई बोलायो भने गायन कि काम रोज्ने भन्ने प्रश्न राख्दा उनी भन्छन् -म काम गर्न जान्छु साँझविहान कुनैबेला आफ्नो रुचिलाई पनि अगाडि बढाउँछु । किनभने एकोहोरो काम र एउटा सिर्जनालाई अगाडि बढाएर लान सकिन्छ ।
तसर्थ उनी आफ्नो सपनामा अडिग मान्छे । अडिग हुनकै निमित्त उनले आफ्नो पहिलो एल्बम मलेसियामै संगीत रेकर्ड तथा मलेसियाकै सर्जकहरुले रचना गरेको गीतहरुको संगालो ल्याउन लागेका छन् -विवशता ।
जसलाई तारा ढुंगेल र शीव विकले संगीत गरेका छन् भने सरोज लामा समीर लामा बुद्धिबहादुर तामाङ र ज्ञानेन्द्र नेम्बाङको रचना रहेको छ । संगीतको राग सिकेको छ कि छैन उनी केही ट्वाल्ल पर्छन् र भन्छन् -सिकेको छैन अहिलेसम्म । तर पनि गर्न सक्छु भन्ने आँट भने छ ।
संगीत सिक्नको निमित्त पनि एउटा उमेर चाहिन्छ । निश्चित उमेरभित्र नसिके कला भएर पनि निखारता ल्याउन सकिदैन भनेर संगीतज्ञहरुले बताएका छन् । तर उनी सचेत छन् । उनी सारेगमापधनिसा अलाप्दैनन् । तर पनि आधुनिक गीतहरुलाई साँझबिहान गाएर रियाज गरिरहेका रहेछन् । यो पनि एउटा साधना हो । सिकाई हो ।
अनि तिनै सिकेको कुरालाई प्रत्येक आइतबार हाम्रो रेष्टुरेन्टको डबलीबाट हुँकार छाड्छन् -गायनको माध्यमबाट । उनलाई साध दिन्छन् -एचएससी व्याण्डका सुवोध मल्ला प्रकाश कमला शकुन्तलाहरुले । उनी पुनः मच्चि मच्चि राजेश पायल राई तथा अन्य आधुनिक गायकका गीतहरु गाइरहन्छन् ।

Comments

Popular posts from this blog

मलेसियाका नेपाली साहित्यकाहरुले 'कसरी पढ्छन् नयाँ पुस्तक'

देवेन्द्र सुर्केली मलेसियाका आशालाग्दा नेपाली साहित्यकार भीम स्नेही नेपालबाट कोही रोजगारीको लागि मलेसिया आउँदैछन् भन्ने थाहा पाए भने हरतरहबाट पुस्तक मगाउने गर्दछन् । मलेसियामा प्रकाशित हुने नेपाली पत्रिका तथा अनलाइनहरुमार्फत नयाँ पुस्तक प्रकाशित भएको कुरा थाहा पाउँदछन् । नयाँ पुस्तकको सूचि बनाएर बस्छन् अनि कोही मलेसिया आउने थाहा पायो कि उक्त पुस्तकहरु ल्याइदिन आग्रह गर्दछन् । उनीजस्तै पुस्तक मगाएर पढ्नेहरुमा जीवन देवान गाउँले जीतमान राई सविन दिलदुःखी जन्तरे श्रीजनश्री मौलश्री लिम्बू दीपदर्शन आदि छन् । उनीहरुले पुस्तकको लागि आपुनो कमाईबाट छुट्याएर नेपाल पठाउने गरेका छन् । काठमाडौंमा सबै पुस्तक पाउन सकिने भएकोले काठमाडौंमा रहेका आफन्त या साथीभाईको मद्दत उनीहरुले लिने गरेका छन् । मलेसियाबाट नेपाली साहित्यका भण्डारमा हालसम्म १६ वटा उपन्यास ११ वटा गजल संग्रह ५ वटा कविता संग्रह २ वटा गीत संग्रह आइसकेका छन् । त्यसैगरी कथा लघुकथा नाटक संस्मरण संग्रह पनि १/१ वटा प्रकाशन भएका छन् । यो मोटामोटी अध्ययन मात्र हो । यतिमात्र नभएर मगर गुरुङ तामाङ याख्खालगायत जातीय संस्था र खोटाङ ताप्लेजुङ इलाम ...

Khabar dinu..... (खबर दिनु......) || Kumari Yonghang || Ft. Laxmi Yongha...

Chating with Mery

mery says: yes chatting with my boy friend......... kanchha says: ok, go ahead with yr love mery says: ok thank you mery says: hai............ kanchha says: yes mery says: r u still busy mery says: what r u doing? kanchha says: not quite busy kanchha says: I am chatting with my friend, she in Philippine mery says: oh////////// kanchha says: r u talking with yr bf? mery says: yes la kanchha says: ok, dont cry lah, i hope always happy u mery says: Thank you my friend kanchha says: Welcome mery says: I am crying now kanchha says: Why?? mery says: Fighting with him la kanchha says: ohh, don't fight mery says: hai I want sign out now take care bye see u next week kanchha says: Ok bye bye