Skip to main content

मलेसियाका लिम्बू सर्जकसमेत समेटिएको पुस्तक

देवेन्द्र सुर्केली नेपालको साहित्यबजारमा 'किरात लिम्बुवान र लिम्बूहरु' नामक लिम्बू जाति लिम्बू जातिबाट चर्चित व्यक्तित्व उच्च ओहोदामा पुग्नेहरु साहित्यकार कलाकार आदिको परिचय बोक्ने पुस्तक प्रकाशनमा आएको छ । यस पुस्तकले लिम्बू जातिलाई नजिकबाट बुझ्न र बुझाउन सजिलो पार्नेछ भन्ने कुरामा दुईमत छैन । पुस्तकलाई सेर्मा साम्जीरी सेमी २०३३ ले तयार पारेका हुन् । माङ्जाबुङ पान्थरका सेर्माले यस संकलनभन्दा अगाडि किरात शक्इत्छी वर्णमाला २०५२ सालमा प्रकाशन गरेका थिए । यस वर्णमालाको पाँचौ संस्करणसमेत प्रकाशित भइसकेको छ । त्यसैगरी सुम्सुम साम्मीला सुङ कविता संग्रह २०५९ यक्केन ओधक्तीङबा आनीगे हुप्पान व्याकरण २०६३ सुम्जीरी फुङ कविता संग्रह २०६५ सहलेखन र किरात लिम्बुवान र लिम्बूहरुको भाग १ २०६५ को प्रकाशन गरिसक्नुभएको छ । लिम्बू जातिहरु नेपालको पूर्वी भागमा रहेका छन् । जसलाई हालको पुनस्रंरचित नेपालको लिम्बुवान हुनुपर्ने गतिलो आधारको रुपमा पनि खडा गरेका छन् । नेपालबाहेक भारत -सिक्किम असम पश्चिम वंगाल मिजोरोम भुटान वर्मा थाइल्याण्डमा स्थायी रुपमा बसोबास गरेका छन् भने हाल हङकङ अष्ट्रेलिया युके र अमेरिकामा पनि स्थायी रुपमा बसोबास गर्न थालेका छन् । वैदेशिक रोजगारीको लागि नेपाल सरकारले जुनजुन देशसँग सम्झौता गरेको छ ती देशहरुमा समेत लिम्बूहरु पुगेका छन् । जहाँ पुगेर सिर्जनशील बने ति सबै लिम्बू युवाहरुलाई यस पुस्तकले समेट्न सकेको छ । गाविसको अध्यक्ष उपाध्यक्षदेखि क्षेत्रीय सदस्य जिल्ला सभापति उपभासपति मन्त्री राजनैतिक संगठनको पदाधिकारी निजामति कर्मचारी प्रशासनमा रहने व्यक्तिहरुलाई अटाउन सकेको छ । मलेसियाको पाटोबाट हेर्दामात्र पनि यस पुस्तकले मलेसियामा रहने लिम्बू सर्जकलाई न्याय गरेको भेट्न सकिन्छ । मलेसियाका केही सर्जक तथा पत्रकारलाई पनि यस पुस्तकले समेट्न सकेको छ । वैदेशिक रोजगारीमा रहने लिम्बूहरुलाई समेट्न सक्ने भनेको सिर्जनशील गतिविधिमा लाग्ने युवाहरुलाई मात्र हो । ति युवाहरुमध्ये धेरैजसो नेपालमै सिर्जनशील बनेका नेपालमा छँदै पुस्तक प्रकाशन गरेका र पछि मलेसिया पुगेका छन् भने कतिपय मलेसिया पुगेर पुस्तक प्रकाशन गर्ने परेका छन् । पुस्तकभित्र परेका सर्जकहरुमा पदमदुखी सम्बाहाङ्फे, थाकुहाङ मेरिङ सम्बाहाङ्फे, गनिन्द्र विवस सुब्बा, पाच विस्मृत, इतुम लिम्बू गणेश विवस, रुसाहाङ चेम्जोङ, राजकुमार तेयुङ, राजेश आङबुहाङ 'प्रवाह', देवेन्द्र सुर्केली आदिको सामान्य परिचय रहेको छ । मलेसियामा लामो समयमा रहेर साहित्यको लागि लागिपरेका पदमदुःखी सम्बाहाङ्फे २०२८ हुन् । उनको मलेसिया पुगेपछि मात्र कृति प्रकाशन भएको हो । उनका मितेरी साहित्यिक संयुक्त संगालो २०५९ प्रवासको पीडा उपन्यास २०६० विम्ब संयुक्त गजल संग्रह २०६७ मलेसियामा छँदाताका प्रकाशन भएका पुस्तकहरु हुन् । त्यसैगरी मलेसियामा नै रहने थाकुहाङ मेरिङ सम्बाहाङ्फे २०३२ले नेपाल छँदै बल्झिने चोटहरु कविता संग्रह २०५७ निङ्गेङसिगाङ्बा सेप्माङ्हा उपन्यास २०६२ नाम्भेराबा उपन्यास २०६३ मेनु उपन्यास २०६४ प्रकाशन गरेका थिए भने मलेसियाबाट सिर्जनाका स्वरहरु संयुक्त गजल संग्रह २०६७ प्रकाशन गरेका छन् । युवा साहित्यकार गनिन्द्र विवश सुब्बाले मलेसियाबाटै पिरतीको घर उपन्यास २०६६ र सृजनाका स्वरहरु संयुक्त गजल संग्रह २०६७ को प्रकाशन गरेका छन् । करिब ५ वर्ष मलेसिया बसेर हाल साउदी पुगेका पाच विस्मृत २०३८को मलेसिया जानुअघि नेपालमै नदेखिएको आकाश कविता संग्रह २०६० प्रकाशन भएको थियो । मलेसियामा कामदाररत इतुम लिम्बू गणेश विवसको मलेसियाबाटै पर्देशी माया प्रेम उपन्यास २०६६ को प्रकाशन भएको छ । लामो समय मलेसियाको भूमिमा बिताएका पत्रकार रुसाहाङ चेम्जोङ २०३९ को मलेसियाबाटै प्रवासको पिँजडा उपन्यास प्रकाशित भएको छ । प्रथमपटक मलेसियाबाटै लिम्बूभाषाको कविता संग्रह प्रकाशन गर्ने सर्जक राजकुमार तेयुङ हुन् । उनले लिम्बुवान माम्मा नामक कविता संग्रह प्रकाशन गरेका छन् । त्यसैगरी राजेश आङ्बुहाङ ुप्रवाहु २०४२ ले नेपालमा छँदै घायल मुटु नामक गीत संग्रह र मलेसिबाट सृजनाका स्वरहरु संयुक्त गजल संग्रह २०६७ प्रकाशन गराएका छन् । मलेसियाको भूमिमा पत्रकारिता गर्नेहरुमा रुसाहाङ चेम्जोङ र देवेन्द्र सुर्केलीको परिचय यस पुस्तकमा समाविष्ट रहेको छ । साहित्यमात्र होइन संगीतको दुनियाँमा रमाउने दुईजना गायक मोहन मादेन र तुलसी मावुहाङलाई पनि पुस्तकभित्र समेटिएको छ । नेपालछँदै मौनता नामक आधुनिक गीतिएल्बम निकालेका मादेन ५ वर्ष लामो बसेका थिए । तुलसी मावुहाङले मलेसियाको ठाउँको नामलाई गीतको गेडाको रुपमा उनेर ुमुसाङखेलको मायालु नामक लोकदोहोरी गीतिएल्बम बजारमा ल्याएका छन् । यस पुस्तकले जहाँ गएर सिर्जनशील बनेपनि इतिहास बनाउन सकिन्छ भन्ने कुरालाई उजागर गरेको छ । लिम्बुवानको 'इन्साइक्लोपेडिया' समेत भन्न सकिने यस पुस्तकले लिम्बू जातिको ७० प्रतिशत भन्दा बढि जानकारीहरु लिन सकिन्छ भन्ने विश्वास गर्न सकिन्छ । नेपाल पृष्ठभूिम २१ माघ २०६८ शनिबार मा प्रकाशित

Comments

Popular posts from this blog

मलेसियाका नेपाली साहित्यकाहरुले 'कसरी पढ्छन् नयाँ पुस्तक'

देवेन्द्र सुर्केली मलेसियाका आशालाग्दा नेपाली साहित्यकार भीम स्नेही नेपालबाट कोही रोजगारीको लागि मलेसिया आउँदैछन् भन्ने थाहा पाए भने हरतरहबाट पुस्तक मगाउने गर्दछन् । मलेसियामा प्रकाशित हुने नेपाली पत्रिका तथा अनलाइनहरुमार्फत नयाँ पुस्तक प्रकाशित भएको कुरा थाहा पाउँदछन् । नयाँ पुस्तकको सूचि बनाएर बस्छन् अनि कोही मलेसिया आउने थाहा पायो कि उक्त पुस्तकहरु ल्याइदिन आग्रह गर्दछन् । उनीजस्तै पुस्तक मगाएर पढ्नेहरुमा जीवन देवान गाउँले जीतमान राई सविन दिलदुःखी जन्तरे श्रीजनश्री मौलश्री लिम्बू दीपदर्शन आदि छन् । उनीहरुले पुस्तकको लागि आपुनो कमाईबाट छुट्याएर नेपाल पठाउने गरेका छन् । काठमाडौंमा सबै पुस्तक पाउन सकिने भएकोले काठमाडौंमा रहेका आफन्त या साथीभाईको मद्दत उनीहरुले लिने गरेका छन् । मलेसियाबाट नेपाली साहित्यका भण्डारमा हालसम्म १६ वटा उपन्यास ११ वटा गजल संग्रह ५ वटा कविता संग्रह २ वटा गीत संग्रह आइसकेका छन् । त्यसैगरी कथा लघुकथा नाटक संस्मरण संग्रह पनि १/१ वटा प्रकाशन भएका छन् । यो मोटामोटी अध्ययन मात्र हो । यतिमात्र नभएर मगर गुरुङ तामाङ याख्खालगायत जातीय संस्था र खोटाङ ताप्लेजुङ इलाम ...

Khabar dinu..... (खबर दिनु......) || Kumari Yonghang || Ft. Laxmi Yongha...

Chating with Mery

mery says: yes chatting with my boy friend......... kanchha says: ok, go ahead with yr love mery says: ok thank you mery says: hai............ kanchha says: yes mery says: r u still busy mery says: what r u doing? kanchha says: not quite busy kanchha says: I am chatting with my friend, she in Philippine mery says: oh////////// kanchha says: r u talking with yr bf? mery says: yes la kanchha says: ok, dont cry lah, i hope always happy u mery says: Thank you my friend kanchha says: Welcome mery says: I am crying now kanchha says: Why?? mery says: Fighting with him la kanchha says: ohh, don't fight mery says: hai I want sign out now take care bye see u next week kanchha says: Ok bye bye