Skip to main content

Posts

Khabar dinu..... (खबर दिनु......) || Kumari Yonghang || Ft. Laxmi Yongha...

Recent posts

गीत

८ वर्ष अगाडि यस्तो गीत पनि लेखिएछ ।  कति नै पो बाँच्दो रैछ चोखो माया छातीभित्र बाँच्नेहरु बाँचेका छन् मात्र झुटको ताँतीभित्र । मन छ भनेर नै माया उतै छाडेको थिए माया ठूलो भनेर नै जीवनसित गाभेको थिए लाखौ विन्ती गरेकै हो पुगिनछु भाँतीभित्र बाँच्नेहरु बाँचेका छन् मात्र झुटको ताँतीभित्र । हृदयमा खाटा बोकी भन्दैछु म कहिले नरुनु तिमीजस्तो म भईन तिमी कहिले म नहुनु यस्तो पनि हुँदो रहेछ हाम्रो एउटै जातिभित्र बाँच्नेहरु बाँचेका छन् मात्र झुटको ताँतीभित्र । -मलेसिया WEDNESDAY, DECEMBER 24, 2008

भाग्यको नियति र साहित्यमा नियति

देवेन्द्र सुर्केली मलेसियाको साहित्यमा अझै नेपालको जनजीवनको बारेमा कलम चलेको छैन । उही दुःख उही पीडा । मलेसियाबाट हामीले यो साहित्य ल्याएका छौ भन्नेहरुले 'त्यहीको परिवेशमा भिजेर श्रमिक जीवनको साँघुरो कुराहरुलाई उक्काएर लैजानसके राम्रो हुन्छु भन्ने तर्कना दिन्छन् दिलिप सगर । यो महिना मलेसियाका चर्चित साहित्यकारको नाममा सूचिकृत भएका दिलिप सगर राईले 'नियति' नामक लघुकथा संग्रह लिएर आएका छन् । नयन साहित्य समाज जोहोरका अध्यक्ष समेत रहेका उनलाई समाजद्वारा प्रकाशन हुनलागेको संयुक्त लघुकथा संग्रहलाई थाँति राखेर आफ्नो संग्रह ल्याएको आरोप पनि नलागेको होइन । तर मलेसिया जानुभन्दा अगाडि करिब १० वर्ष पुरानो संग्रहलाई नै ल्याएको मात्र भनेर स्पष्टीकरण दिन पनि हत्तु भइरहेका छन् । उनी आफ्नो पुरानो संग्रह ल्याउन त्यसै हतारिएका होइनन् विरामीबाट भर्खर तङ्ग्रिएका सगर भन्छन् -'यसपाला मैले ठूलो खड्गो काटँे । विश्वास गरेर संस्थाको लघुकथा संग्रह निकाल्ने रकम समाजका सहसचिव मित्रप्रसाद बाँसकोटालाई छोडेको थिएँ त्यो साथीसँग सम्पर्कविच्छेद भयो । त्यसैले संस्थाको लघुकथा संग्रह थाँति छ । विराम

महेश्वरको नेपाल भ्रमण

देवेन्द्र सुर्केली   जीवनमा पहिलोपल्ट महेश्वर विक नेपाल आइपुगे । मलेसियामा स्पष्ट नेपाली बोल्न सक्ने तथा नेपालीहरूसँग राम्ररी घुलमिल भएका महेश्वरले नेपालमा आफ्नो बुबाको जन्मघर त पुग्न सकेनन् । तर नेपालमा छँदा आपूmहरू उपाध्याय रहेको पछि बुबाको विवाहपछि विश्वकर्मा बनेको भन्नेचाहीँ बुझेर गए । कुरा ६२ वर्ष अगाडिको कुरा हो । कास्कीको कास्कीकोट पोखराका पशुपति उपाध्याय १५ वर्षका हुँदा मुग्लानिएर मलेसिया पुगे । जुनबेला दोश्रो विश्वयुद्ध चलिरहेको थियो । पहिलो विश्वयुद्धमा मलेसिया अड्किएका बाग्लुङका मोतीलाल विकको परिवारले मलेसियामै जन्मिएकी छोरी पोबे (Pobeh) बिकसँग विवाह गराइदियो । उनको सासुको जन्म पनि उतै नै भएको थियो । जसरी मोतीलाल बिक मलेसिया पुगेपछि त्यहाका नेपालीले ज्वाई बनायो, त्यसरी नै मोतिलालले पनि नेपालबाट पुगेका पशुपतिलाई ज्वाइँ बनाए । विश्ययुद्धताका धेरै नेपालीहरू ब्रिटिस सेनामा भर्ति भएका थिए । वीर गोर्खालीको उद्गार त्यतिखेरै देखि भिरेका हुन् । भारतमा रहेको ब्रिटिस सेना वर्माहुँदै थाइल्याण्ड र मलेसिया पुगेको देखिन्छ । उनै पशुपति र पोबेको कोखबाट १९५६ डिसेम्बरमा जोहोरबारुको

मलेसियाका नेपाली साहित्यकाहरुले 'कसरी पढ्छन् नयाँ पुस्तक'

देवेन्द्र सुर्केली मलेसियाका आशालाग्दा नेपाली साहित्यकार भीम स्नेही नेपालबाट कोही रोजगारीको लागि मलेसिया आउँदैछन् भन्ने थाहा पाए भने हरतरहबाट पुस्तक मगाउने गर्दछन् । मलेसियामा प्रकाशित हुने नेपाली पत्रिका तथा अनलाइनहरुमार्फत नयाँ पुस्तक प्रकाशित भएको कुरा थाहा पाउँदछन् । नयाँ पुस्तकको सूचि बनाएर बस्छन् अनि कोही मलेसिया आउने थाहा पायो कि उक्त पुस्तकहरु ल्याइदिन आग्रह गर्दछन् । उनीजस्तै पुस्तक मगाएर पढ्नेहरुमा जीवन देवान गाउँले जीतमान राई सविन दिलदुःखी जन्तरे श्रीजनश्री मौलश्री लिम्बू दीपदर्शन आदि छन् । उनीहरुले पुस्तकको लागि आपुनो कमाईबाट छुट्याएर नेपाल पठाउने गरेका छन् । काठमाडौंमा सबै पुस्तक पाउन सकिने भएकोले काठमाडौंमा रहेका आफन्त या साथीभाईको मद्दत उनीहरुले लिने गरेका छन् । मलेसियाबाट नेपाली साहित्यका भण्डारमा हालसम्म १६ वटा उपन्यास ११ वटा गजल संग्रह ५ वटा कविता संग्रह २ वटा गीत संग्रह आइसकेका छन् । त्यसैगरी कथा लघुकथा नाटक संस्मरण संग्रह पनि १/१ वटा प्रकाशन भएका छन् । यो मोटामोटी अध्ययन मात्र हो । यतिमात्र नभएर मगर गुरुङ तामाङ याख्खालगायत जातीय संस्था र खोटाङ ताप्लेजुङ इलाम

मलेसियाका लिम्बू सर्जकसमेत समेटिएको पुस्तक

देवेन्द्र सुर्केली नेपालको साहित्यबजारमा 'किरात लिम्बुवान र लिम्बूहरु' नामक लिम्बू जाति लिम्बू जातिबाट चर्चित व्यक्तित्व उच्च ओहोदामा पुग्नेहरु साहित्यकार कलाकार आदिको परिचय बोक्ने पुस्तक प्रकाशनमा आएको छ । यस पुस्तकले लिम्बू जातिलाई नजिकबाट बुझ्न र बुझाउन सजिलो पार्नेछ भन्ने कुरामा दुईमत छैन । पुस्तकलाई सेर्मा साम्जीरी सेमी २०३३ ले तयार पारेका हुन् । माङ्जाबुङ पान्थरका सेर्माले यस संकलनभन्दा अगाडि किरात शक्इत्छी वर्णमाला २०५२ सालमा प्रकाशन गरेका थिए । यस वर्णमालाको पाँचौ संस्करणसमेत प्रकाशित भइसकेको छ । त्यसैगरी सुम्सुम साम्मीला सुङ कविता संग्रह २०५९ यक्केन ओधक्तीङबा आनीगे हुप्पान व्याकरण २०६३ सुम्जीरी फुङ कविता संग्रह २०६५ सहलेखन र किरात लिम्बुवान र लिम्बूहरुको भाग १ २०६५ को प्रकाशन गरिसक्नुभएको छ । लिम्बू जातिहरु नेपालको पूर्वी भागमा रहेका छन् । जसलाई हालको पुनस्रंरचित नेपालको लिम्बुवान हुनुपर्ने गतिलो आधारको रुपमा पनि खडा गरेका छन् । नेपालबाहेक भारत -सिक्किम असम पश्चिम वंगाल मिजोरोम भुटान वर्मा थाइल्याण्डमा स्थायी रुपमा बसोबास गरेका छन् भने हाल हङकङ अष्ट्रेलिया युके र अ

केही छेस्काहरु

१ जीवनको न मुल्य पाउँछु न मान्यता न नाता भेट्छु न सम्बन्ध खाली हिजोअस्तिदेखि एउटा रोएको गीत लेख्न गइरहेको छु किन हो कुन्नी म आफै पनि धरधरी रुन थालीसकेको छु । २ ऋण मैले तिर्नु छ तिर्दिनँ भन्दा पनि तिनैै्रपर्छ म के गरौ साथीलौ के गरौ… जसरी हजुर मलाई समात्न आइरहनुभएको छ त्यसैगरी मैले पनि मेरा ऋण खानेहरुलाई दिनदिनै समात्न गइरहेको छु । ३ जीवन यसरी पनि बाँच्दो रहेछ देश मेरो ठान्छु देशमा भएको बाटो पुल घर…। मेरो जस्तै लाग्छ मेरै तापनि किन म लुकी लुकी झोडीहरुबाट गन्तव्यमा गइरहेछु ।

देवेन्द्र सुर्केलीसँगको कुराकानी

कोशी अञ्चल तेह्रथुम जिल्ला ओयाकजुङमा वि.सं. २०३८ साल फागुन महिनामा साहित्यकार देवेन्द्र सुर्केलीले यस धरतीमा पहिलो पटक आँखा खोल्नु भएको हो । विभिन्न पत्रपत्रिकाको सम्पादन साथै विभिन्न संघसंस्थमा आवद्ध रहेर क्रियासील भैरहनु भएको छ । खासगरि हाल मलेसीयामा विश्वविद्यालयको शिक्षा आर्जन गर्न जानु भएको हो । र त्यहाँ रहेर पनि साहित्य लेखनमा उनको हात निरन्तर चलिरहेको छ । त्यसैको कदर स्वरुप उनलेअन्तर्राष्ट्रिय पुरस्कार समेत पाउँन सफल हुनु भयो। उनै प्रखर साहित्यकार देवेन्द्र सुर्केलीसँग लिम्बुवान ब्लगका ब्लगर टंक सम्वाहाम्फेले कुराकानी गरेको अंश पाठकहरुको लागि प्रस्तुत गरिएको छ । http://limbuwan1.blogspot.com/2009/09/blog-post_05.html