Skip to main content

नेपाल तमु समाज मलेसिया ले च्यु लोछार मनायो

जनवरी १ तारिखका दिन मलेसियामा रहेका तमुहरुले क्वालालम्पुर, कोताराया कम्प्लेक्सको छैटौ तलामा शुभकामना साँस्कृतिक कार्यक्रमका साथ च्यू ल्होछार सम्पन्न गरेका छन्।
कार्यक्रमको सभापति नेपाल तमु समाज मलेसियाका अध्यक्ष बल लमु हुनुहुन्थ्यो भने प्रमुख अतिथि मलेसियास्थित नेपाल दुतावा हरिकुमार श्रेष्ठले ग्रहण गर्नु भएको थियो। त्यस्तै गरि जनजाति आवाज साप्ताहिक तथा अनलाईन मिडियाबाट रुसाहाङ चेम्जोङ, अनेसास च्याप्टरबाट जीवन देवन गाउँले, देवेन्द्र सुर्केली, नेपाल मगर संघ मलेसियाबाट खुम राना मगर, सुन्दर आले मगर, जन पृष्ठभूमि साप्ताहिकबाट सुनिल चालीसे, नेपाल तामाङ्ग संघ मलेसियाबाट विनु लामा “दुखीया” नेपाल सन्देशबाट बिचारी चाम्लिङ्ग, प्रवासी नेपाली एकता समाजबाट जय पाख्रीन, किरात राई यायोख्खाबाट तेजकुमार राई, तथा मलेसियास्थित व्यावसायीहरु र स्थानीय कलाकारहरु उक्त कार्यक्रममा उपस्थित थिए।
कार्यक्रम प्रमुख अतिथि हरीकुमार श्रेष्ठको हातबाट समुद्घाटन गरिएको थियो, भने कार्यक्रमको स्वागत मन्तव्य छबि तमुबाट राखिएको थियो। कार्यक्रममा अध्यक्ष बल तमुबाट फल्होलाई बिदाई गर्दै च्यूल्होलाई स्वागत गरिएको थियो। कार्यक्रममा विभिन्न जाति बिशेषता सांस्कृतिक गीत, नृत्य, तथा मनोरञ्नात्मक कुराहरुले सम्पन्न गरिएको थियो। तमु सामाजले गुरुङ गीत तथा नृत्य, र्राईहरुको साकेला नृत्य तथा मगरहरुको चुड्का कौडा गाउदै “ढाका टोपी शिरैमा साटौन शिरको रिबन” भन्दै ढाकाटोपी र रिबन समेत साटेका थिए। उक्त कार्यक्रममा सहयोग स्वरुप न्यूजरल्याण्डबाट सूर्यमान तमुले ५०० आर.एम तमु समाज मलेसियालाई हस्तान्तरण गरेका थिए। त्यस्तै गरी कार्यक्रमको अन्तयमा चिठ्ठा कार्यक्रम खोलिएको थियो। प्रथम पुरस्कार २१ इन्चको सामसुङ कलर टि.भि. वेद तमुलाई, दोस्रो हाइफाई भि.सि.डि. प्लेयर रामुलाई र तेस्रो नोकिया मोबाईल फोन मनबहादुर तामाङलाई परेको छ।
कार्यक्रमलाई विसर्जन गर्दै पुनः सम्पूर्ण प्रवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रम सञ्चालिका हेम तमुस्योle शुभकामना व्यक्त गर्नुभएको थियो।

Comments

Popular posts from this blog

मलेसियाका नेपाली साहित्यकाहरुले 'कसरी पढ्छन् नयाँ पुस्तक'

देवेन्द्र सुर्केली मलेसियाका आशालाग्दा नेपाली साहित्यकार भीम स्नेही नेपालबाट कोही रोजगारीको लागि मलेसिया आउँदैछन् भन्ने थाहा पाए भने हरतरहबाट पुस्तक मगाउने गर्दछन् । मलेसियामा प्रकाशित हुने नेपाली पत्रिका तथा अनलाइनहरुमार्फत नयाँ पुस्तक प्रकाशित भएको कुरा थाहा पाउँदछन् । नयाँ पुस्तकको सूचि बनाएर बस्छन् अनि कोही मलेसिया आउने थाहा पायो कि उक्त पुस्तकहरु ल्याइदिन आग्रह गर्दछन् । उनीजस्तै पुस्तक मगाएर पढ्नेहरुमा जीवन देवान गाउँले जीतमान राई सविन दिलदुःखी जन्तरे श्रीजनश्री मौलश्री लिम्बू दीपदर्शन आदि छन् । उनीहरुले पुस्तकको लागि आपुनो कमाईबाट छुट्याएर नेपाल पठाउने गरेका छन् । काठमाडौंमा सबै पुस्तक पाउन सकिने भएकोले काठमाडौंमा रहेका आफन्त या साथीभाईको मद्दत उनीहरुले लिने गरेका छन् । मलेसियाबाट नेपाली साहित्यका भण्डारमा हालसम्म १६ वटा उपन्यास ११ वटा गजल संग्रह ५ वटा कविता संग्रह २ वटा गीत संग्रह आइसकेका छन् । त्यसैगरी कथा लघुकथा नाटक संस्मरण संग्रह पनि १/१ वटा प्रकाशन भएका छन् । यो मोटामोटी अध्ययन मात्र हो । यतिमात्र नभएर मगर गुरुङ तामाङ याख्खालगायत जातीय संस्था र खोटाङ ताप्लेजुङ इलाम ...

Khabar dinu..... (खबर दिनु......) || Kumari Yonghang || Ft. Laxmi Yongha...

हरिकुमार श्रेष्ठको कृति अविरल यात्रा अध्ययन गरेपछि

हरिकुमार श्रेष्ठको कृति अविरल यात्रा अध्ययन गर्न थालेपछि मनमा यस कृतिबारे केही शब्द लेख्न हुटहुटी जाग्यो । तत्काल अनेसासले स्मारिका प्रकाशन गर्ने तयारी गरिहेको बेला र आफ्नो तर्फबाट पनि केही लेख्नैपर्ने अवस्थामा यस कृतिको बारेमा केही लेखौ कि भन्ने आशय प्रकट गरेँ- स्मारिका टिमसँग । कृति समिक्षा वा समालोचनाको खडेरी पनि परेको कारण कुनै आपत्ती त आएन तर मलेसियाका कुटनितिक नियोग सम्हालेर बसेका कैयौ देश विदेशमा समेत साहित्यिक अनुभव बटुलेका हरिकुमार श्रेष्ठको कृतिमाथि हात हाल्नु पनि धेरै अशोभनीय नै रहेको थियो -मेरो लािग । यद्यपि अध्ययन गर्दा भेटेका कुराहरु मेरो कोणको हेराई हुनसक्छन् भन्ने आँटले कलम चलाउने निधो गरेरै छाडे । अविरल यात्रा मुलतः संस्मरण हो । साहित्यको एक पाटो ओगटेको संस्मरणका पनि विभिन्न रुपहरु छन् । यात्रा निवन्ध नियात्रा अनुभव संगालो स्मृति आदिबाट लेखनी शुरु गरिने संस्मरणका पाटोहरु हुन् । कुनै संस्मरण यात्रासँग सम्बन्धित हुन्छन् भने कुनै अनुभव तथा स्मृतिसँग । अविरल यात्रा चाही संस्मरणभित्रका सबै रुपहरु पाइने शसक्त हस्ताक्षर हो भन्दा कुनै अतिसयोक्ति नहोला किनभने यसभित्र परेका संस्...