Skip to main content

सन्तोष नेपाली तारा

काठमाडौं, नेपाली तारा दोस्रो संस्करणको उपाधि धादिङका सन्तोष लामाले जितेका छन् । नेपाल प्रज्ञाप्रतिष्ठानमा शुक्रबार भएको अन्तिम प्रतिस्पर्धामा झापाका तारालक्सम लिम्बूले उपविजेतामा चित्त बुझाउनुपर्‍यो । मोरङका र्सर्ूयकिरण लामा तेस्रो स्थानमा रहे । \\\'आमाको सपना पूरा गरें,\\\' सन्तोषले उपाधि जितेपछि भने । उनले पुरस्कारस्वरूप २ लाख रुपैया“ र मोटरसाइकल तथा सिंगापुर र मलेसियाको भ्रमण अवसर प्राप्त गरे । रत्नराज्य लक्ष्मी क्याम्पसमा स्नातक तेस्रो वर्षा पढ्दै गरेका २२ वर्षोले एल्बम र म्युजिक भिडियो निर्माणको \\\'कन्ट्रयाक्ट\\\' पनि हात पारे । सन्तोषले पुरस्कार थापिरह“दा उनकी आमा कृष्णमाया दर्शकदर्ीघामा खुसीको आ“सु बगाइरहेकी थिइन् । छोराको जित-हार हर्ेन उनी शुक्रबारै धादिङबाट आएकी थिइन् । हास्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले हजारौं दर्शकमाझ \\\'नेपाली तारा-२\\\' को उद्घोष गर्न लाग्दा सन्तोष र अर्का प्रतिस्पर्धी २५ वषर्ीय तारालक्समका अनुहारमा कौतूहल र उमंग देखिन्थ्यो । फाइनल राउन्ड सुरु हुनुअघि दुवैलाई एउटै प्रश्न सोधिएको थियो- \\\'को बन्छ नेपाली तारा-२ -\\\' \\\'म बन्छु,\\\' दुवैले एउटै जवाफ दिएका थिए । उपविजेता तारा नेपाली तारा-१ को उत्कृष्ट २० मा पुगेपछि बिमारीले बाहिरिएका थिए । दिदी चन्द्रकलाको अभिभावकत्वमा रहेका उनी सुरुंगास्थित कन्काई क्याम्पसमा स्नातक तेस्रो वर्षा अध्ययनरत छन् । आमा खसेपछि बुवाले अर्को बिहे गरी घर छाडेपछि उनलाई दिदीले पाल्दै आएकी हुन् । \\\'जित्छ,\\\' कार्यक्रमअघि भाइले जित्ने/नजित्नेबारे प्रश्नमा चन्द्रकलाले भनेकी थिइन्- \\\'-नजिते पनि) यहा“सम्म आइपुग्नु नै खुसीको कुरा हो ।\\\' ताराले २०५३ देखि झापामा संगीत सिक्न सुरु गरेका हुन् । नेपाल टेलिभिजनबाट ३४ साताअघि सुरु नेपाली तारा-२ मा मुलुकभरका ११ हजार ३ सय ४७ प्रतिस्पर्धीले छनोट चरणमा भाग लिएका थिए । उत्कृष्ट आठ छानिएकामध्ये नेपालगन्जका सुरज थापाले \\\'मेलोडी भ्वाइस\\\' उपाधि पाए । \\\'बेस्ट परफर्मेन्स\\\' पोखराका युवराज तिवारीका भागमा पर्‍यो । झापाका आरजी खरेल \\\'पर्पेmक्ट सुर\\\' भए । सविना घलान \\\'बेस्ट स्पोर्टर्ीीबनिन् भने \\\'क्लोज-अप स्माइल\\\' भइन् श्वेता पुञ्जाली । \\\'जादुगर स्वर\\\' को उपाधि रोजिना गुरुङको हात पर्‍यो । कार्यक्रममा उत्कृष्ट १० सहित नेपाली तारा-१ विजेता दीपक लिम्बू, उपविजेता धर्मेन्द्र सेवान र तेस्रो स्थानमा रहेकी पुष्पा पौडेलले गीति कौशल प्रस्तुत गरेका थिए ।

Comments

Popular posts from this blog

मलेसियाका नेपाली साहित्यकाहरुले 'कसरी पढ्छन् नयाँ पुस्तक'

देवेन्द्र सुर्केली मलेसियाका आशालाग्दा नेपाली साहित्यकार भीम स्नेही नेपालबाट कोही रोजगारीको लागि मलेसिया आउँदैछन् भन्ने थाहा पाए भने हरतरहबाट पुस्तक मगाउने गर्दछन् । मलेसियामा प्रकाशित हुने नेपाली पत्रिका तथा अनलाइनहरुमार्फत नयाँ पुस्तक प्रकाशित भएको कुरा थाहा पाउँदछन् । नयाँ पुस्तकको सूचि बनाएर बस्छन् अनि कोही मलेसिया आउने थाहा पायो कि उक्त पुस्तकहरु ल्याइदिन आग्रह गर्दछन् । उनीजस्तै पुस्तक मगाएर पढ्नेहरुमा जीवन देवान गाउँले जीतमान राई सविन दिलदुःखी जन्तरे श्रीजनश्री मौलश्री लिम्बू दीपदर्शन आदि छन् । उनीहरुले पुस्तकको लागि आपुनो कमाईबाट छुट्याएर नेपाल पठाउने गरेका छन् । काठमाडौंमा सबै पुस्तक पाउन सकिने भएकोले काठमाडौंमा रहेका आफन्त या साथीभाईको मद्दत उनीहरुले लिने गरेका छन् । मलेसियाबाट नेपाली साहित्यका भण्डारमा हालसम्म १६ वटा उपन्यास ११ वटा गजल संग्रह ५ वटा कविता संग्रह २ वटा गीत संग्रह आइसकेका छन् । त्यसैगरी कथा लघुकथा नाटक संस्मरण संग्रह पनि १/१ वटा प्रकाशन भएका छन् । यो मोटामोटी अध्ययन मात्र हो । यतिमात्र नभएर मगर गुरुङ तामाङ याख्खालगायत जातीय संस्था र खोटाङ ताप्लेजुङ इलाम ...

Khabar dinu..... (खबर दिनु......) || Kumari Yonghang || Ft. Laxmi Yongha...

हरिकुमार श्रेष्ठको कृति अविरल यात्रा अध्ययन गरेपछि

हरिकुमार श्रेष्ठको कृति अविरल यात्रा अध्ययन गर्न थालेपछि मनमा यस कृतिबारे केही शब्द लेख्न हुटहुटी जाग्यो । तत्काल अनेसासले स्मारिका प्रकाशन गर्ने तयारी गरिहेको बेला र आफ्नो तर्फबाट पनि केही लेख्नैपर्ने अवस्थामा यस कृतिको बारेमा केही लेखौ कि भन्ने आशय प्रकट गरेँ- स्मारिका टिमसँग । कृति समिक्षा वा समालोचनाको खडेरी पनि परेको कारण कुनै आपत्ती त आएन तर मलेसियाका कुटनितिक नियोग सम्हालेर बसेका कैयौ देश विदेशमा समेत साहित्यिक अनुभव बटुलेका हरिकुमार श्रेष्ठको कृतिमाथि हात हाल्नु पनि धेरै अशोभनीय नै रहेको थियो -मेरो लािग । यद्यपि अध्ययन गर्दा भेटेका कुराहरु मेरो कोणको हेराई हुनसक्छन् भन्ने आँटले कलम चलाउने निधो गरेरै छाडे । अविरल यात्रा मुलतः संस्मरण हो । साहित्यको एक पाटो ओगटेको संस्मरणका पनि विभिन्न रुपहरु छन् । यात्रा निवन्ध नियात्रा अनुभव संगालो स्मृति आदिबाट लेखनी शुरु गरिने संस्मरणका पाटोहरु हुन् । कुनै संस्मरण यात्रासँग सम्बन्धित हुन्छन् भने कुनै अनुभव तथा स्मृतिसँग । अविरल यात्रा चाही संस्मरणभित्रका सबै रुपहरु पाइने शसक्त हस्ताक्षर हो भन्दा कुनै अतिसयोक्ति नहोला किनभने यसभित्र परेका संस्...